प्रस, वीरगंज, १८ जेठ/
विश्व धूमपानरहित दिवस आज वीरगंजमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । नेपाल अर्बुद रोग निवारण संस्था पर्साको आयोजनामा घण्टाघरबाट र्याली आयोजना गरेर नारायणी उपक्षेत्रीय अस्पतालमा पुगेर समापन भएको थियो । अर्बुद रोग निवारण संस्थाले आयोजना गरेको र्यालीमा धूमपानविरुद्ध विभिन्न नाराहरू लेखिएको प्लेकार्ड सहभागीले बोकेका थिए भने जनचेतना फैलाउने पम्पलेटहरू वितरण गरिएको थियो ।
र्यालीमा संस्थाका अध्यक्ष ग·ाबहादुर थापा, ग·ाबहादुर कार्की, अर्जुन सिंह ठकुरीलगायत पदाधिकारी, सदस्यहरूको साथै स्वास्थ्यकर्मीहरूको सहभागिता थियो । यसैगरी लायन्स क्लब अफ वीरगंज होराइजन र करेन्ट ल्या·वेज इन्स्टिच्युटको संयुक्त आयोजनामा आज बिहान जनचेतनामूलक प्रभातफेरीको आयोजना गरियो । माईस्थानबाट निस्केको सो र्याली नगर परिक्रमापछि घण्टाघर पुगेर कोणसभामा परिणत भएको थियो । लायन्स क्लब अफ बीरगंज होराइजनका सदस्य सौरज प्रधानको संयोजकत्वमा निस्केको र्यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै सेली र होराइजनका श्याम केसरी, हरि अधिकारी, वसीम हुसैन, प्रवीण जैसवाललगायतले धूमपान सेवन नगर्न अपिल गरेका थिए । सो अवसरमा धूमपानबाट हुने हानि–नोक्सानीबारे जनचेतना फैलाउने प्लेकार्ड, पम्पलेट र फोटाहरूको प्रदर्शनी गरिएको थियो ।