बासुदेवलाल दास
सहप्राध्यापक, इतिहास विभाग
ठाकुरराम बहुमुखी क्याम्पस, वीरगंज
गताड्ढको बाँकी
यिनीहरू ढोल, ढोलक, खजुरी, तासा, मृद·, पिपही आदि बनाउने र बजाउने गर्दछन् । मिथिलामा ढोलपिपही बाजा लोकप्रिय रहेको छ । शुभविवाहको अवसरमा बाजा बजाउनु आवश्यक ठानिन्छ । यसैले चमार नभएको जन्ती शुद्ध हुँदैन भन्ने भनाइ पाइन्छ । यस्तै गाउँमा कुनै सार्वजनिक सूचना प्रवाह गर्नुपर्दा ढोल बजाएर चमार जातिका व्यक्ति अघिअघि हिंड्ने तथा उसका पछिपछि सूचना गर्नुपर्ने वाक्य उच्च स्वरमा उच्चारण गर्दै भन्ने गरिन्छ, जसलाई डिगडिगिया भनिन्छ । यसका साथै चमार जातिकी महिलाहरू समाजमा प्रसूतिसेवाको कार्यमा संलग्न रहेका हुन्छन् । मिथिलामा यिनीहरूलाई दगरिन भनिन्छ । यस्तै गाउँ क्षेत्रमा पशुहरूको मृत्यु भएमा त्यसलाई फाल्ने कार्य पनि यस जातिका मानिसहरूले गर्दछन् ।
१४) डोम :– यस जातिमा अदलपुरिया, चिरनिया, मरहरिया, भलुवइत, कनुवार, मकरैत, बाइसूवैसवार, लेधवार, मगहिया, कोइलरिया, कुसमा, टकमैत, नगरिया, अमलपुरिया, कल्याणपुरिया, बरबुट्टा आदि प्रकारहरू पाइन्छन् । यिनीहरू मली, मरिक, मलिक आदि उपाधि राखेका हुन्छन् । जातीय पेशाको रूपमा बाँसबाट निर्माण गरिने सामाजिक र सांस्कारिक विधि–व्यवहारका साथै घरेलु उपयोगका वस्तुहरूको निर्माण र आपूर्ति गर्नु यस जातिको कार्य हो । यिनीहरू सुँगुर पाल्ने गर्दछन् । मृतकको अन्त्येष्टिकालमा डोमको हातबाट अग्नि लिएर संस्कार गर्ने गरिन्छ । श्राद्धभोजमा डोमलाई भोजन गराउनु महत्त्वपूर्ण मानिन्छ । समाजमा भोजभतेर हुँदा जूठो उठाउने कार्य डोमले गर्छन् । यस्तै ग्रहण परेको समयमा ग्रहणदान भनेर अन्न, धन, वस्त्र आदि डोमलाई दान दिने गरिन्छ ।
१५) ढाङर :– यस जातिमा कोल, कुटारी, ढाँगी, भुइँया, उराव, गनोरिया, महतवार, गियारी आदि प्रकारहरू एवं महतो, माझी आदि उपाधि पाइन्छन् । यिनीहरू सुँगुर पाल्ने तथा माटो काट्ने कार्यहरू गर्दछन् ।
१६) ततमा :– ततमा शब्द तन्तुवायबाट बनेको भनिन्छ, जसको अर्थ धागो बनाउनु वा वस्त्र बुन्नु हो । यस जातिलाई ततवा र ताँती पनि भनिन्छ । यस जातिका प्रकारहरूमा कनौजिया, सोनपुरिया आदि पाइन्छन् तथा उपाधिमा दास, मण्डल, महतो आदि रहेका छन् । जातीय पेशाको रूपमा वस्त्र–निर्माण भनिए पनि यस जातिका मानिसहरू कृषिकार्यमा संलग्न रहेका पाइन्छन् ।
१७) तमोली :– हेर्नुहोस् : बरइ ।
१८) तेली :– यस जातिका प्रकारहरूमा कनौजिया, ब्याहुत, गोरखपुरिया, राकी, छपरिया, भोजपुरिया, जौनपुरिया, औरहिया, मगहिया, मझरौट वा मथुरिया, जनकपुरिया, उमरहिया वा उमरतेली आदि पाइन्छन् । यस जातिमा साह, चौधरी आदि उपाधि रहेको हुन्छ । यसको जातीय पेशा भनेको तेलको उत्पादन र आपूर्ति गर्नु हो ।
१९) थबई :– संस्कृतको स्थावर शब्दबाट, जसको अर्थ पर्वत, पत्थर(ढु·ा) हुन्छ, थबई शब्द बनेको भनिन्छ । यस जातिमा सन्तरास, सनकत, भइँस, मरैया, सानीमरैया, लोहिया, सोदा, उटवार आदि प्रकार पाइन्छन् । यस जातिको पेशा ढु·ा सम्बन्धी कार्य जस्तै जाँतो, सिलौटो आदि उत्पादन र आपूर्ति गर्नु हो ।
२०) थारू :– यस जातिमा कोचिला, केबाइत, मझियौर, मूडा, लम्पोछबा आदि प्रकार रहेका छन् । यसका साथै यिनीहरू अनेक थाक (वंश) मा विभाजित हुन्छन् । जस्तै कोंचिलाका रौताभागी, अभिदुवाइत, ओरगायन, खोनमा, चौधरान, फनैत, गैहापल्टु, नागमणि, सतेरीगेनी, निरदाहा, गोधनियाँ आदि थाकहरू रहेका पाइन्छन् । यस जातिमा चौधरी, खाँ, बछार, गच्छदार, पजियार, माझी, विश्वास, सिंह, मण्डर, भगत आदि उपाधिहरू रहेका छन् । यिनीहरूको जातीय पेशा कृषिकार्य र शिकार रहेको भनिन्छ ।
२१) दुसाध :– दुसाध शब्द दु:साध्यबाट बनेको भनिन्छ । यस जातिका मानिसहरू कठिनभन्दा कठिन कार्य गर्न सक्षम हुने भनिन्छ । यस जातिका प्रकारहरूमा कनौजिया, कामद, कुरना, ढार, पैलवार वा पौरवार, मगहिया, सिलवटिया, सूर्याहा आदि रहेका पाइन्छन् । यिनीहरूको उपाधि पासवान, हजरा आदि रहेका हुन्छन् । यस जातिको पेशा कोतवाली, चौकीदारी, पहरादारी, गाउँको सुरक्षा इत्यादि गर्नु भनिन्छ ।
२२) दोनवार :– दोनवारहरू स्वयंलाई मिथिलाका कर्णाटवंशीय प्रख्यात राजा हरिसिंहदेवका वंशज भन्दछन् । अहिलेपनि यस जातिमा हरिसिंहदेवलाई कुलदेवताको रूपमा पूजा गरिरहेको पाइन्छ । यस जातिका रजहन, कछरिया र राई गरी तीन प्रकार पाइए पनि मिथिला क्षेत्रमा रजहन र कछरिया गरी दुई प्रकार रहेका पाइन्छन् । रजहनका राजा, मान्यजन, जबार, गोरबाह, सप्तरिया, बहुदुरिया, पकरिया, सतोरिया, धन्छवार, डिगरिया, धोभघटिया, बुचाई आदि प्रकार रहेका छन् । यस जातिमा कुमर, कुँवर, खाँ, ठाकुर, धामी, राय, सिंह आदि उपाधि हुन्छन् । पहिलेको समयमा शासन–प्रशासनसित संलग्न रहेपनि यो जातिले पछिल्लो समयमा कृषिकार्य अपनाएको पाइन्छ ।
२३) धानुक :– यस जातिका प्रकारहरूमा दूधवार, मगहिया, सिरोहिया, सनकटवा, सिरौट, सिलवट वा सिलवटिया, सूर्याहा, आदि पाइन्छन् । धानुक जातिमा दाहा, मण्डल वा मडर, चौधरी, महतो आदि उपाधि रहेका हुन्छन् । यसको जातीय पेशा कृषिकार्य, पशुपालन र सेवाकार्य रहेको पाइन्छ ।
२४) धोबी :– यस जातिमा कनौजिया, मगहिया, बेलबारा, सूर्याहा आदि प्रकारहरू एवं चौधरी, बैठा, रजक आदि उपाधिहरू हुने गर्दछन् । यस जातिको पेशा लुगा धुने हो । यसका साथै विवाहको अवसरमा सोहाग नामक विधि यसै जातिकी महिलाले सम्पन्न गर्ने गर्दछन् ।
२५) नट :– नट जातिको स्थायी बसोबास रहेको पाइँदैन । घुमन्तेको रूपमा नै यिनीहरू स्थान–स्थानमा भ्रमण गर्दै बसेका हुन्छन् । यस जातिका चमरनट, कडंोरी, तुरकट्टा, जिरहरा, लोथरा, कपरिया, गौलेरी आदि प्रकारहरू हुन्छन् । यस जातको पेशामा हिङ–जन्तर आदि बेच्नु, भीख माग्नु, चटक देखाउनु, बाँदर–भालु नचाउनु, लोकगाथात्मक आख्यानहरूको गायन गर्नु, कुश्ती खेल्नु, ज·ली पशुपक्षीको शिकार गर्नु, भैंसीलाई गर्भाधान गराउनु आदि रहेको पाइन्छ । यस जातिकी महिलाहरू गोदना नामक अ·लेखन कला (त्बतयय)मा कुशल हुन्छन् ।
२६) नूनियाँ :– यस जातिमा अवधिया, कनौजिया, खरवट, राजभर, मगहिया, चनउ, मोरियारी, नूनगढं आदि प्रकार पाइन्छन् । यस जातिमा महतो उपाधि हुने तथा जातीय पेशा भने समाजमा नूनको आपूर्ति गर्ने रहेको भनिन्छ । यसका साथै यस जातिका मानिसहरू कूप, इनार, पोखरी खन्ने तथा कृषि कार्यमा सहयोग गर्ने गरेका पाइन्छन् ।
२७) पासी :– यस जातिमा पासी, चौधरी आदि उपाधि रहने तथा जातीय पेशा खजुर र ताडजस्ता वृक्षमा चढेर ताडंी नामक तरल पदार्थ सञ्चय गरी ल्याउने र त्यसको बिक्री वितरण गर्ने भन्ने पाइन्छ । मीठी र वसन्ती नामक दुई प्रकारको हुने भनिएको ताडंीलाई मादक पदार्थको रूपमा मानिन्छ ।
२८) बनियाँ :– संस्कृतको वणिक् शब्दबाट बनियाँ शब्द बनेको भनिन्छ । यसमा केसरी, कैथबनियाँ, रौनियार, कमलापुरी आदि प्रकार रहेका भनिन्छन् । यस जातिमा साह, गुप्ता आदि उपाधिहरू रहेका पाइन्छन् । समाजका लागि आवश्यक खाद्यान्न, लुगा तथा अनेकानेक वस्तुहरूको आयात–निर्यात र आपूर्ति गर्ने कार्य यस जातिको पेशाभित्र पर्दछ । यसमध्येका कैथबनियाँलाई कैथलवैश्य पनि भनिन्छ, जसमा सिन्दुरियाबनियाँ नामक प्रकार तथा उपाधि भने दास, चौधरी आदि रहेका पाइन्छन् ।
२९) बरइ :– यस जातिका प्रकारहरूमा चौरसिया, जैसवार, सेमरिया, धौरहिया, तमोली, धुरिया, रमोली आदि रहेका पाइन्छन् । यस जातिको पेशा पानको उत्पादन र आपूर्ति गर्नु हो । यस जातिमा चौधरी, भगत, शर्मा, तिवारी, मण्डल, नागवंशी, वर्मा, महतो, मोदी, राउत, साहु आदि उपाधिहरू रहेका हुन्छन् । यसका साथै चौरसिया र जैसवार प्रकारका संज्ञा रहेपनि उपाधिको रूपमा समेत रहेका पाइन्छन् ।
३०) बरही (बढई) :– यस जातिमा ठाकुर, शर्मा, सुतिहार, विश्वकर्मा आदि उपाधि रहेका हुन्छन् । यसको जातीय पेशा काठ सम्बन्धी कार्य अर्थात् काठबाट घरेलु उपयोगका साथै कृषि कार्यमा प्रयुक्त हुने विभिन्न प्रकारका उपकरणहरूको निर्माण र आपूर्ति गर्नु हो । बरही जातिका मानिसहरू गृह–निर्माणकलामा पनि कुशल हुने गर्दछन् । यसका कार्यहरू फलाम सम्बन्धी कार्य गर्ने लोहार जातिका कार्यहरूसित तादात्म्य राखेको
पाइन्छ ।
३१) बीन :– बीन जातिमा जेठौंस, नूनबीन, बाँतर, सोरहिया, नोनफर, गोरहिया आदि प्रकार रहेका पाइन्छन् । यस जातिमा मुखिया उपाधि रहेको हुन्छ । यस जातिको पेशा माछाको उत्पादन, आपूर्ति र बिक्री वितरण गर्नु हो । यसको पेशा मलाह जातिको पेशासित तादात्म्य राखेको तथा यस जातिलाई निषाद अन्तर्गत मानिने गरिएको पनि पाइन्छ ।
३२) बेलदार :– यस जातिमा राउत आदि उपाधि रहेको हुन्छ । यसको जातीय पेशा इनार, पोखरी आदि खन्नेजस्ता माटोसित सम्बन्धित कार्य गर्नु हो भनिन्छ ।