प्रस, निजगढ, १५ वैशाख/
पटक–पटक विद्युत् अवरुद्ध हुने गरेपछि विरोध जनाउँदै निजगढका स्थानीयवासीले शुक्रवार बिहान करिब दुई घण्टा चक्काजाम गरेका छन् । लोडसेडिङ तालिकाअनुसार विद्युत् आउनुपर्ने समयमा पनि विद्युत् नआउने र पटक–पटक अवरुद्ध हुने गरेपछि सोको विरोध जनाउँदै स्थानीयवासीले चक्काजाम गरेका हुन् । विगत ३/४ वर्षदेखि रौतहटको चन्द्रनिगाहपुरबाट ३३ केभीको विद्युत् आपूर्ति निजगढमा हुँदै आएको थियो । सो रूटबाट विद्युत् नदिई यही वैशाख ६ गतेदेखि भारतको रक्सौलबाट वीरगंज, कलैया हुँदै निजगढ, रतनपुरी र भरतगंजसिगौल गाविसमा विद्युत् आपूर्ति भएपछि स्थानीय गाउँलेले विद्युत् अवरुद्ध हुने पीडा खेप्दै आएका छन् । विद्युत्को भोल्टेज अनियमितरूपमा घट्ने र ह्वात्तै बढ्ने क्रमले पंखा, टेलिभिजन, कम्प्युटर, रेफ्रिजेटर, राइसकुकरलगायतका घरायसी प्रयोजनका विद्युतीय सामग्रीहरूसमेत बिग्रिएको स्थानीयवासीको आरोप छ । लोडसेडिङको बेला त विद्युत् अवरुद्ध हुने ठीकै छ तर लोडसेडिङ नभएको बेलामा पनि घण्टामा डेढ दर्जनभन्दा बढी पटक विद्युत् जाने र आउने गर्छ, निजगढका स्थानीयवासी बताउँछन् । समयमैं सम्बन्धित पक्षले समस्याको निराकरण नगरे थप कडा सडक सङ्र्घषमा जाने स्वस्फूर्त सडकमा उत्रिएका स्थानीयवासीले बताएका छन् । चक्काजामका कारण लोकमार्ग अन्तर्गत निजगढ सडकखण्डमा लामो तथा छोटो दूरीका करिब एक सयभन्दा बढी सवारीसाधन रोकिएका थिए ।