- उमाशड्ढर द्विवेदी
भोजपुरी लोकजीवनमा कन्याको विवाहको अवसरमा पूर्वनिर्धारित तिथिका दिन केटा पक्षको तर्फबाट जन्ती जाने चलन छ, जसलाई भोजपुरी भाषामा ‘बरियात’ भनिन्छ । बरियात जानलाई केटा पक्षका हित, मित्र, सम्बन्धी तथा गाउँका मानिसहरू पूर्वनिमन्त्रित रहेका हुन्छन् । फलानो दिन बरियात जानु छ, तयार रहनुहोला भन्ने कुरा निमन्त्रणपत्रमैं लेखिएको हुन्छ । सोहीअनुसार बरियात जाने मानिसहरू आफ्नो लुगाफाटो धोई पखाली सफा र सुकिलो भई तयार रहेका हुन्छन् । भोजपुरीभाषी क्षेत्रका मानिसहरूमा विवाह सम्बन्ध प्राय: आफ्नो गाउँमा नहुने हुँदा टाढा–टाढाका गाउँहरूमा हुने परम्परा छ । टाढाको गाउँ ठाउँमा जानको लागि केटा पक्षद्वारा सवारी गाडीहरूको व्यवस्था गरिएको हुन्छ । त्यही सवारीसाधनमा सवार भएर बाजागाजाका साथमा बरियात निस्कन्छन् । बरियात टाढा जानु छ तथा बाटो लामो छ भने बाटोमा खाना खानको लागि स्थान निर्धारित रहेको हुन्छ । पूर्वनिर्धारित गन्तव्यमा बरियात भेला हुन्छ, त्यहाँ खानाको व्यवस्था केटा पक्षद्वारा भएको हुन्छ । बरियात त्यहाँ खाना खान्छन्, जसलाई भोजपुरीभाषामा ‘कलेवा’ भनिन्छ । कलेवा खाइवरी बरियात गन्तव्यतर्फ प्रस्थान गर्दछ । बरियात जाने गाउँमा जन्ती पुगी एकै चोटि कन्याको द्वारमा पुग्दैन । बरियात बस्ने ठाउँ जुन प्राय: आँपको बगैंचा वा विद्यालयमा व्यवस्था गरिएको हुन्छ, जसलाई भोजपुरी भाषामा ‘जनवासा’ भनिन्छ । त्यहाँ बरियातका मानिसहरूलाई बस्न र सुत्नका लागि सामियाना, टेन्टहरू सजाइएका हुन्छन् । त्यहाँसम्म पुगी भेला भएर हातखुट्टा धोई पखाली फ्रेश भएर लगाएको लुगामा फेरि राम्ररी सजिएर कन्याको घरमा भेला हुनका लागि पुग्दछन् । यसलाई भोजपुरी भाषामा ‘बरियात दुआरे लागल’ भनिन्छ । बाजागाजा तथा आतिसबाजी यसको प्रमुख आकर्षण हुन्छ । पुराना दिनहरूमा बरियात दुआरे लाग्ने बेला हात्ती, घोडा तथा उँmटको लश्कर मुख्य आकर्षण हुन्थे, आजको युगमा ती जनावरहरूको कमी विभिन्न मोडलका चारपाङ्ग्रे सवारीहरू जस्तै कार, जीप, भ्यानहरूले पूरा गर्दछन् ।
यसप्रकारले बरियात कन्याको सँघारमा पुगेपछि कन्या पक्षद्वारा वर पक्षको विधिवत् पूजा हुन्छ । यो पूजा कन्यापक्षका घरमूलीद्वारा हुने परम्परा छ । कन्याका पिता अथवा हजुरबुबाले वरको विधिवत् पूजा गर्दछन् । यसलाई नै द्वारपूजा भनिन्छ । यसमा अवधारणा के रहेको हुन्छ भन्ने ज्वाइँ देउताझैं पुजनीय रहेको हुँदा विवाहको शुभ अवसरमा तिनलाई पूजा गरेर एक किसिमको धार्मिक अनुष्ठान पूर्ण गरिएको हुन्छ । यसै अवसरमा विवाह हुने कन्याका स·ी साथी केटीहरूले वरको अवलोकन र परीक्षण गर्दछन् । पश्चिमाभिमुख वर तथा पूर्वाभिमुख कन्याका पिता वा हजुरबुबा आसनमा बसेका हुन्छन् । दक्षिणतर्फ उत्तराभिमुख पण्डित बसेर विधिपूर्वक मन्त्रोचारण गरिरहेका हुन्छन् । स्वस्तायनपछि गौरीगणेशको पूजा तथा कलशस्थापन हुन्छ । पर्दापछाडि घरका आइमाईहरूले विभिन्न किसिमका मा·लिक गीतहरू गाइरहेका हुन्छन् । पूजास्थानभन्दा केही पर खाली ठाउँमा बाजा बजिरहेको हुन्छ । कोहीकोही बाजाको धुनका साथै नाचिरहेका हुन्छन् । सम्पूर्ण जन्तीहरूको पान तथा सेन्टका साथ स्वागत हुन्छ । स्वागत सत्कारपछि खाजाको रूपमा डिब्बाबन्द मिठाइ तथा पेय पदार्थ दिइन्छ । मिठाइ तथा अन्य पदार्थ बरियातमा गएका प्रत्येक जन्तीलाई दिइन्छ तर केटाका बुबा, मामा, फुपालाई त्यस्तो केही पनि दिइँदैन । यसको मूल कारण छोराको विवाहको दिन वैवाहिक कार्य पूर्ण नहुञ्जेलसम्म बुबा उपवास बस्नुपर्ने धार्मिक विश्वास रहेको पाइन्छ । पुराना दिनहरूमा द्वारपूजाको अवसरमा धर्म–संस्कृति विषयमा संस्कृतमा शास्त्रार्थ हुने परम्परा थियो तर हालका दिनहरूमा यस्तो परम्परा लोप हुने अवस्थामा छ । पढेलेखेका विद्वानहरूको सङ्ख्या विस्तारै घट्दो छ, अब दैनन्दिन काम गरेर खाने तथा धर्म–संस्कृति विषयमा रुचि कम हुने जनमानसको बाहुल्य बढ्दै गइरहेको पाइन्छ । समाजमा मदिरासेवीहरूको सङ्ख्या बढ्दो छ, जसको प्रत्यक्ष असर द्वारपूजा जस्तो पूर्ण मा·लिक अवसरमा नचाहिँदो विवाद तथा झैंझगडाको रूपमा देख्न सकिन्छ ।
द्वारपूजा समापन हुने समयमा पानको पातमा रोली, अबिर तथा चन्दन राखेर कन्याका पिता वा द्वारपूजा गर्ने प्रमुखजनले वरको निधारमा टिका लगाइदिएर देव, गुरुजनको विशेष आशीर्वाद लिन्छन् । वरको दुइटै हाथ जोरेर त्यसमा अक्षताले भरिन्छ । अक्षताले अञ्जुली भरेर त्यसमाथि पानको पात राखी त्यसमाथि नगद वा सुनचाँदी जस्ता द्रव्य राखिन्छ । यसप्रकार द्वारपूजाको विधि सम्पन्न हुन्छ । जन्ती त्यहाँबाट पुन: जनवासामा फर्किन्छन् तथा आगामी विधिको लागि वर कन्याको घरभित्र प्रवेश गर्दछन् । घरभित्र गएपछि आँगनमा वरको परिछावन हुन्छ । राम चरितमानसमा राम विवाहको अवसरमा यस अवसरको प्रत्यक्ष वर्णन गरिएको छ– पञ्च शबद धुनि म·ल गाना । पट पाँवडे परहिं विधि नाना ।। करि आरती अरघु तिन्ह दीन्हा । राम गमनु मण्डप तब किन्हा ।।