प्रस, वीरगंज, १६ वैशाख/
शान्ति समिति पर्साको आयोजनामा आज वीरगंजमा अन्तक्र्रिया सम्पन्न भएको छ ।
स्थानीय होटल मकालुमा आयोजित द्वन्द्व समस्या समाधानसम्बन्धी अन्तक्र्रियाका प्रमुख अतिथि सहायक प्रजिअ चिरञ्जीवी अधिकारीले नेपालमा माओवादीबाट द्वन्द्व सुरु भएपनि हाल व्यवस्थापन भइसकेको बताए । उनले हालका दिनमा गाउँहरूमा चलिरहेको द्वन्द्व समाधानका लागि शान्ति समितिको स्थापना गरिएको हुँदा समितिले मध्यस्थता गरेर द्वन्द्वको व्यवस्थापन गर्नुपर्ने बताए । उनले राहत नपाएकाहरूको हकमा राज्यले पनि भेदभाव गरिरहेको बताएका थिए ।
प्रमुख अतिथि अधिकारीले वास्तविक द्वन्द्वपीडितले राहत नपाएको अवस्थामा गैरद्वन्द्वपीडितहरूले राहत लिएको पुष्टि हुन आएमा कारबाई गरिने बताए । उनले द्वन्द्वपीडित बालबालिकाहरूको लागि जिल्लामा आएको रकम जिशिका पर्साबाट अनियमितता भएको बुझिन आएकोले सो बारेमा कारबाई चलाउने प्रतिबद्धता जाहेर गरेका थिए । अन्तक्र्रिया कार्यक्रममा नेपाली काङ्ग्रेस पर्साका सभापति सुरेन्द्रप्रसाद चौधरीले राज्यबाट न्याय नपाएका र कानूनले पनि न्याय दिन नसकेको अवस्थामा द्वन्द्व सृजना हुने गरेको बताए । उनले द्वन्द्व हिंसात्मक नहुनुपर्ने जिकिर गरे । हिंसात्मक द्वन्द्वले कानून कमजोर हुने उनको ठहर थियो । चौधरीले द्वन्द्वलाई सकारात्मक परिणाममा टुङ्ग्याउनुपर्ने बताए । सद्भावना पार्टीका सहमहासचिव सुरेन्द्र कुर्मीले व्यक्तिगत झगडाको फैसला गर्ने काम शान्ति समितिको नभएको बताए । उनले वर्ग, जात, धर्मबीच भएको द्वन्द्वलाई कम गर्नेतर्फ समिति अग्रसर हुनुपर्ने सुझाएका थिए । पर्साका प्रहरी नायब उपरीक्षक रवीन्द्र केसीले सबैले मिलेर द्वन्द्वको निराकरण गर्नुपर्ने बताए । उनले गाउँदेखि शहरसम्म राजनीतिक क्रियाकलाप नभएको अवस्थामा प्रतिशोधात्मक भावनाले द्वन्द्व बढेको जिकिर गरे । सबैखाले झगडालाई राजनीतिक आवरण दिंदा द्वन्द्व बढेको उनको ठम्याइ थियो । बालबालिका तथा महिला विकास कार्यालय पर्साकी प्रमुख उर्बरा लुइँटेलले द्वन्द्वपीडित बालबालिकाहरूको लागि आएको रकममा जिशिका पर्साले अनियमितता गरेको आरोप लगाइन् । उनले विगत केही वर्षदेखि सोबापतको रकम टाठाबाठाका बालबालिकाले मात्र पाउने गरेको बताइन् ।
शान्ति समिति पर्साका संयोजक विपिन यादवको अध्यक्षतामा सम्पन्न अन्तक्र्रियामा लक्ष्मीकान्त तिवारी, योगेन्द्र कुर्मी, रामनरेश यादव, हरेन्द्र सिंह, आरके पटेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।