भुवनेश्वर, ३० चैत/एपी
भारतका माओवादीले अपहरण गरी आफ्नो नियन्त्रणमा राखेका एकजना इटालीका नागरिकलाई उनीहरूले आज मुक्त गरेको समाचार छ ।
पर्यटक पथ प्रदर्शक रहेका ती इटालीका नागरिकलाई माओवादीहरूले एक महिनाभन्दा अघि भारतको पूर्वी राज्य उडिसाबाट अपहरण गरेका थिए ।
उडिसाका एकजना वरिष्ठ प्रहरी अधिकारी आर के शर्माले भने,“मेरो सूचनाअनुसार महिना दिनभन्दा अघि अपहरणमा परेका इटालियन नागरिक पाओलो बोसुको आज मुक्त भएका छन् ।”
प्रहरी अधिकारी शर्माका अनुसार ती नागरिक सदरमुकाम आउने क्रममा रहेको र अहिलेसम्म सम्पर्कमा भने आएका छैनन् । आजै मुक्त भएका उनी सदरमुकाम आजै आइपुग्ने पनि उनले बताए ।
बोसुको गत मार्च महिनाको १४ तारिखमा अपरहणमा परेका थिए । उनीसँगै उनका साथी अर्का इटालीका नागरिक क्लाउडियो कोलान्गो पनि अपहृत भएका थिए ।
क्लाउडियो भने अपरहणमा परेको ११ दिनपछि नै मुक्त भएका थिए । बोसुकोले उडिसामैं एक साहसिक पर्यटनसम्बन्धी ट्रेकिङ एजेन्सी सञ्चालन गरिरहेका छन् ।
त्यस्तै अर्का इटालियन नागरिक रोमका चिकित्सक हुन् । उनीहरू उडिसाको ग्रामीण क्षेत्र कान्धामालमा ट्रेकिङमा गएका बेला अपरहणमा परेका थिए ।
भारतका भूमिहीन एवं गरिब नागरिकको अधिकारका पक्षमा उनीहरूले लडेको माओवादीहरूले बताउँदै आएका छन् । यो उनीहरूले पहिलोपटक विदेशी पर्यटकलाई लक्ष्य बनाएका थिए ।
माओवादीहरूले उडिसा राज्यसभाका एकजना सदस्य जिना हिकाकालाई पनि गत मार्च २४ मा अपहरण गरी आफ्नै नियन्त्रणमा राखिरहेका छन् ।
उनको रिहाइका लागि माओवादीहरूले पनि सरकारले बन्दी बनाएका आफ्ना कार्यकर्ताको रिहाइको माग गरिरहेका छन् ।
उडिसाका मुख्यमन्त्रीले माओवादीको मागबमोजिम सरकारी जेलमा रहेका २७ जना बन्दी रिहा गर्न सकिने गरी सहमति जनाएका छन् ।
तर उडिसाको प्रहरीले भने ती माओवादीको रिहाइ गर्दा माओवादीद्वारा मारिएका प्रहरीको अपमान हुने भन्दै माओवादी कार्यकर्ताको रिहाइ गर्न नसकिने प्रतिक्रिया दिंदै आएका बताइएको छ । रासस