प्रस, वीरगंज, १७ वैशाख/
तस्कर समूहले भन्सारबाटै तस्करी गर्दै आइरहेको प्रमाणहरू फेला परेको छ । भन्सार कार्यालयबाट छुटेका ट्रकहरू पक्राउ पर्दा सो ट्रकबाट भन्सार प्रज्ञापनभन्दा बढी परिमाणका मालसामानहरू फेला पर्न थालेपछि भन्सारबाटै तस्करी हुने गरेको रहस्य खुलेको हो ।
पर्सा, बारा, रौतहट, सर्लाही, जनकपुरलगायतका ठाउँमा रहेका विभिन्न नाकाहरूबाट भन्सार छलेर तस्करी सञ्चालन गर्दै आएका गिरोहले यता केही वर्षदेखि भन्सार कार्यालयबाट तस्करी सुरु गरेको स्रोतले बताएको छ । पछिल्लोपटक वीरगंज भन्सारबाट छुटेको ग. १ ख ३३२४ नम्बरको ट्रकलाई इप्रका पशुपतिनगर मकवानपुर अन्तर्गत रातोमाटो प्रहरी चौकीले पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाएकोमा सो ट्रक चेकजाँच गर्दा मूल्याड्ढनभन्दा २७ हजार बढीको मालसामान फेला परेको थियो ।
त्यस्तै गौर भन्सारबाट छुटेको ना. २ ख १७० नम्बरको ट्रकबाट राजस्व अनुसन्धान विभाग मध्यमाञ्चल एकाइ कार्यालय पथलैयाले भन्सार मूल्याड्ढनभन्दा ९७ हजार बढीको माल बरामद गरेको थियो । साथै राजस्व कार्यालयले पक्राउ गरेको ना. ३ ख ६९२७ नम्बरको जनकपुर भन्सारबाट छुटेको ट्रक परीक्षण गर्न बाँकी छ ।
सो ट्रकका मालधनी हाजिर नभएकाले एक साताअगाडि पक्राउ परेको ट्रकको चेकजाँचमा ढिलाइ भएको राजस्व अधिकृत सूर्य कुँवरले बताए ।
तस्करहरूले प्रहरी, सशस्त्र र राजस्व अनुसन्धानको कारण आफूहरूले अनियमितता गर्नुपरिरहेको बताएका छन् । उनीहरूले भन्सारबाट विधिवतरूपमा राजस्व तिरेर काठमाडौंलगायतको स्थानमा पठाइने सामानहरूलाई प्रहरी, सशस्त्र र राजस्व अनुसन्धानले महिनावारी नदिएको खण्डमा अनेक दु:ख दिने गरेको कारण एक नम्बरी काम गर्न नसकेको बताएका छन् । उनीहरूले एक नम्बरी काम गरी दु:ख खानुभन्दा दुई नम्बरी काम गरेर सबैलाई खुशी पार्ने काम गरेको बताए ।
नाम उल्लेख नगर्ने सर्तमा एकजना तस्करले सो कुरा बताउँदै भन्सारदेखि काठमाडौं राजस्वसम्म महिनावारी बुझाउनुपर्ने बाध्यात्मक परिस्थितिको कारण भन्सार मूल्याड्ढन र परिमाणमा छलकपट गर्ने काम भइरहेको स्वीकारेका छन् ।
राजस्व अनुसन्धान शड्ढाको घेरामा
राजस्व अनुसन्धान विभाग मध्यमाञ्चल एकाइ कार्यालय पथलैयाले भन्सार मूल्याड्ढनभन्दा बढी मालसामान रहेको भन्दै पशुपति क्यारियर्सको ना. ३ ख १८८४ नम्बरको ट्रकलाई ११ लाख धरौटी बुझेर छाडे पनि सो ट्रकबाट राजस्व अनुसन्धान काठमाडौंले १५ लाख मूल्य बढीको मालसामान फेला पारी दण्डित गरेको छ ।
ढिलो प्राप्त समाचारअनुसार वीरगंज भन्सार कार्यालयबाट शिलबन्दी गरेर छुटेको ना. ३ ख १८८४ नम्बरको ट्रकलाई वप्रका बिर्ताले पक्राउ गरी राजस्व अनुसन्धानमा बुझाएकोमा सो ट्रक चेकजाँच गर्दा ७ थान भन्सार प्रज्ञापनअनुसार १०८ पोकामा रहेको साडी, मर्दानी, धोतीको करिब १८ लाख मूल्याड्ढन देखाइएकोमा राजस्व अनुसन्धानले चेकजाँच गर्दा प्रज्ञापनभन्दा ११ लाख बढीको मालसामान बरामद भएको थियो । यही वैशाख ६ गते राजस्व अनुसन्धान पथलैयाले चेकजाँच गर्दा ११ लाख मूल्यबराबरको मालसामान बढी फेला पारेपछि सो ट्रकलाई दण्डित गरेर छाडेको थियो ।
पथलैयाबाट ११ लाख धरौटीबापतको रकम बुझाएर काठमाडौं गएको सो ट्रकलाई पुन: राजस्व अनुसन्धान काठमाडौंले पक्राउ गरेको र चेकजाँचको क्रममा १४ लाख ७५ हजार बढीको मालसामान बरामद गरेको थियो । पथलैयाले चेकजाँच गरी पठाएको गाडीमा उसले निकालेकोभन्दा बढी माल पुन: फेला परेपछि पथलैया राजस्वसँग स्पष्टीकरण मागिएको छ । स्पष्टीकरण दिनका लागि प्रमुख राजस्व अधिकृत सूर्य कुँवर गत शुक्रवार राजधानी गएका छन् । उनी हालसम्म त्यही रहेको थाहा हुन आएको छ ।
यता राजस्व अनुसन्धान पथलैयाका राजस्व अधिकृत सूर्य कुँवरले काठमाडौंमा पुन: १५ लाखको मालसामान बरामद भएको स्वीकारे । तर उनले सो घटनामा पथलैया कार्यालयको दोष नभएको बताएका छन् । उनले चेकजाँच गरेर बढी निस्केको सामानअनुसार धरौटी बुझेर गाडी छोडेकोमा मालधनीले बाटोमा थप मालहरू राखेको हुनसक्ने बताए ।
उनले शिलबन्दी गर्ने अधिकार भन्सारलाई मात्र रहेको कारण पठाइएको ट्रकमा मालधनीले थप सामान राखेको हुनसक्ने बताए ।
विनोद रोडवेजका मालिक ललितकुमार अग्रवालका छोरा नितिन अग्रवालले आफ्नो ट्रान्सपोर्ट राजस्वमा बदनाम भएको कारण वीरगंज भन्सार कार्यालयबाट पशुपति क्यारियर्सको बिलमा सो माल ढुवानी गरेका थिए । शिलबन्दी ट्रकबाट दुई ठाउँमा गरी ट्रकमा रहेको करिब १८ लाखको मालभन्दा डेढ सय गुणा बढी माल बरामद भएको सन्दर्भमा वीरगंज भन्सार कार्यालय भने व्यापारीको दोष भनी पन्छिन खोजेको छ ।