प्रस, निजगढ, १७ वैशाख/
फास्ट ट्रयाक निर्माण गर्ने क्रममा आइतवार बिहान करिब ८:३० बजे एक सैनिक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली सेनाको विकास निर्माण कार्यदल गण–१ रामेछाप दुरागाउँ–९ सोलावन घर भएका २५ वर्षीय बाबुराम कार्की रहेको जनाइएको छ । मकवानपुरको धियाल गाविस वडा नं. ९ स्थित बारा निजगढको धामी खोल्सीनजिकैको पहरालाई सेनाका करिब १ दर्जन जवानले सम्याउँदै ट्रयाकको सतहसम्म चुरे पहाडको पहरा काट्ने क्रममा सैनिक जवान कार्कीको कम्मरमा बाँधिएको डोरी चुँडिएर करिब एक सय फिट तल बकैया खोला खोल्सीमा खसेका थिए । आवश्यक सुरक्षा सामग्रीको प्रयोग गरेपनि उनले टेकेको बुट्यानसँगै पहराको भाग नै भत्किँदा कम्मरमा बाँधिएको डोरी छिनेर खसेको कार्य क्षेत्रमा खटेका सेनाका क्याप्टेन चिरञ्जीवी चौलागाईंले जानकारी दिए । भत्किएको ढिस्कोले पुरिएका जवान कार्की अचेत अवस्थामा केहीबेर रहेपनि सेनाको हेलिकप्टर आउँदासम्म कार्कीको मृत्यु भइसकेको थियो । हामी पुग्दा सैनिक जवान कार्कीलाई सेनाले नै निकालिसकेका थिए, उद्धारका लागि घटनास्थल पुगेका केही गाउँलेमध्येका निजगढ–३ बागदेवका स्थानीय युवा हरिशरण खड्काले भने ।
हामी निजगढ हाटबजार बकैया खोला किनार हुँदै आउँदा पहरामा चढेर सैनिकहरू काम गर्दै थिए । तल बस्ने सैनिकले छिट्टै जानुस् माथिबाट खसेको ढु·ाले लाग्न सक्छ, ठाडो पहरालाई सेनाले देखाउँदै भनेका थिए, मकवानपुर छतिवन–९ बस्ने ६७ वर्षीय आइते सिंह बोम्जनले निजगढ हाटबजारमा मोबाइलको रिचार्ज किन्न आउँदा प्रतीक संवाददातालाई बताए । तल खोलाबाट हेर्दा गीत गाउँदै आफ्नै सुरमा पहरामा बादर झुण्डिएझैं काम गर्दै गरेको देखिन्थे, एकजनाको ज्यान गयो रे, छतिवनकी ५६ वर्षीया सञ्चमाया बोम्जनले अचम्म मान्दै भनिन् ।
नेपाली सेनाको ल्ब्ण्घद्ध नम्बरको हेलिकप्टर निजगढस्थित मोहोरी चउरमा अवतरण गरी शवलाई आजै बिहान करिब १०:१५ बजे काठमाडौं लगेको थियो । नेपाली सेनाको प्राविधिक टोलीको निर्देशनअनुसार स्थानीय ठेकेदारहरूले ट्रयाक खोलेपनि अप्ठ्यारो ठाउँमा छोडेका थिए । त्यस्ता स्थानमा सेनाको विकास निर्माण कार्यदल गणको टोलीले ट्रयाकको सुधार र निर्माण गर्दै आएका थिए । गत चैत १२ गतेबाट खटेका सो गणमा ३० नेपाली सेनाका जवान रहेका छन् ।