– श्री ब्रजमोहन मिहिर
किनकि हामीलाई आफ्नो सुखको आवश्यकताभन्दा बढी ध्यान रहन्छ, त्यसैले जीवनमा यी सारा गडबडी र समस्याहरू देखापर्छन् । इन्द्रिय–सुखको सम्बन्धमा प्रत्येकको यही अनुभव रहेको छ कि त्यो सस्तो सुख होइन, जसले मानिसलाई निश्चिन्त पारिदेओस् । प्रत्युत ऊ दिन प्रतिदिन कष्ट उत्पन्न गरेर बन्धनलाई कसिलो पार्दै जान्छ । यस सुखमा कहिल्यै तृप्ति छैन । कुनै भोगलाई केही समयसम्म स्थायी राखेमा मानिसलाई त्यसको बानी पर्छ । अनि अनायस नै अचेतन मनले त्यो काम गर्छ । इन्द्रिय–सुखमा यदि कुनै विघ्न र निर्बन्ध नहुँदो हो त कदाचित यसलाई पनि स्वाभाविक मान्न सकिन्थ्यो र त्यसबाट मुक्त हुने विचार आउने थिएन । संसारमा के देखिएको छ भने विघ्न–बाधाबाट विमुक्त भएर कुनै पनि मानिसले इन्द्रिय–सुख भोग्न सकेको छैन । कुनै पनि सुख भोगका सम्बन्धमा ठूलो विघ्न त आफ्नो शरीर नै हो । यसका अतिरिक्त परिस्थितिको विभिन्नता अनुसार अनेकन अप्ठेराहरू छन्, जुन मानिसले प्रत्येक दिन झेल्नुपर्छ र तिनको नित्यप्रति अनुभव गर्दछ । हेर्दा र विचार गर्दा के पनि थाहा हुन्छ भने सुखको कुनै यस्तो कार्य छैन, जसका लागि हामीले बाह्य कुनै पनि वस्तुमा निर्भर रहनु नपरोस् वा हामीमाथि त्यसको प्रतिक्रिया नहुँदो होस् । यस्तो अवस्थामा कसले भन्न सक्दछ कि उसको सुख विघ्न– बाधारहित छ । यस्तो दशामा मानिसका लागि के आवश्यक हुन्छ भने ऊ आफ्नो सुख–दु:खप्रति सजग भएर जीवनबारे बुझ्ने प्रयत्न गरोस् र आफ्नो इच्छालाई जबरजस्ती दमन नगरेर त्यसको रहस्यलाई बुझोस् । इच्छाको रहस्य जब राम्ररी बुझिन्छ, अनि त्यसको परित्याग कष्टकर लाग्दैन । उचित प्रयासद्वारा मानिस त्यसलाई त्याग्न समर्थ हुन्छ । यद्यपि यो काम सजिलो छैन । हो, मानिस सदा सजग रहयो भने सम्भव अवश्य छ । सजग भएर पनि यदि मानिसले आफ्नो चिरकालको अभ्यास त्याग्न सक्दैन भने उसलाई अर्को कुनै सज्ञान युक्ति सिकाउन सकिन्न । यस्ता असमर्थ व्यक्ति सदा दु:खमय जीवन व्यतीत गर्छन् । मानिसलाई सही मार्गमा हिंडाउनका लागि दु:खभवको ठूलो अरू चीज छैन । दु:खले नै मानिसलाई सजग हुने अवसर प्रदान गर्दछ । सजगताद्वारा जीवनको बोध भएपछि मानिसको गति स्वाभाविक हुन्छ, तर यो अशान्ति सजगताको प्रकाशमा विस्तारै–विस्तारै कम हुन थाल्दछ । आरम्भको यो त्यो अप्ठेरो हो जसले जीवनलाई समझदारीको बाटोमा पुर्याउँछ । यस अप्ठेरोको बीच नै जीवनको सच्चा रहस्य प्रकट हुन्छ । शनै: शनै: मानिस त्यसको बीच रहेर, त्यसलाई भोग्दै र त्यसको रहस्य बुझ्दै त्यसबाट मुक्त हुन्छ । जीवनका त्याज्य कुराहरू बुझेर जसै–जसै मानिस त्यसलाई सजिलै त्याग्न समर्थ हुन्छ, त्यसै–त्यसै उसको जीवन बढीभन्दा बढी स्वाभाविक र गम्भीर बन्दै जान्छ । त्याग गरेको वस्तुमा फेरि उसको कुनै अनुराग हुन्न । त्यागेपछि मनमा त्यसप्रति न कुनै क्षोभ हुन्छ न त्यसमाथि विजय प्राप्त गरेको हर्ष नै । त्यो व्यक्ति आफ्नो कुनै दशामा प्रतिश्त हुँदैन । जीवन उसलाई बढी रुचिकर र आफ्नो लाग्न थाल्दछस किनकि उसले त्यसलाई नजिकबाट हेरेको छ र त्यसका छुट्टाछुट्टै आयामहरूलाई नियालेर हेर्न सिकेको छ । जीवनसँग समवर्ती हुँदा कष्ट कम हुन थाल्छ । उसका अगाडि जुन कुरा आउँछ त्यसलाई बुझ्न उसले आफ्नो हृदय, मन र बुद्धि अर्पित गरिदिन्छ । उसको विचार र कार्यमा कुनै अन्तर हुने छैन । आफूलाई बुझ्नका लागि मानिसलाई अन्य कुनै व्यक्तिको उपदेश र आलोचना आवश्यक पर्दैन । राग, द्वेषबाट प्रेरित भएर उसले न कसैप्रति प्रेम प्रदर्शन गर्नेछ, न कसैसँग घृणा गर्नेछ, न कसैलाई आफ्नो मित्र ठान्नेछ, न शत्रु नै । ऊ मानिसलाई बुझ्न यति संलग्न हुनेछ कि बाह्य समस्त वस्तुहरू उसका लागि अपेक्षणीय हुनेछ । अर्काको कुरामा ध्यान दिनका लागि ऊसँग न समय रहने छ, न अर्काप्रति कुनैविरुद्ध कुरा नै सोच्नेछ । कसैलाई आफूभन्दा श्रेष्ठ ठानेर न उसको प्रभुत्व स्वीकार गर्नेछ, न कसैलाई आफूभन्दा न्यून ठानेर उसको उपेक्षा वा उसमाथि प्रभुत्व देखाउनेछ । दुवै अवस्थामा मित्र भय र भेद रहन्छस त्यसैले यस्तो जीवनमा न समत्व हुन्छ र न स्वाभाविकता नै । यसको परिणाम सड्ढीर्णता र अवनति हो ।
जीवनमा जब अर्काको बढी प्रभाव पर्न थाल्छ तब मानिस आफ्नो रहन जाँदैन । ऊभित्र विचार र स्वतन्त्र कार्य गर्ने क्षमताको अभाव हुन थााल्छ । जीवनको यस्तो परिस्थितिमा सत्यको दर्शन हुन सक्दैन । सत्यको अनुभव गर्नका लागि प्रत्येक प्राणीले आफ्नो बन्ने आवश्यकता छ । सत्यको खोजी गर्नेहरूलाई हर्ष, शोक, मोह, अनुराग र प्रभुत्वको भावना आफूमा आउन दिनु हुँदैन । यी मनलाई उत्तेजित गर्ने दशाहरू हुन् । चित्तलाई यस्तो अवस्थामा राख्न सक्नुपर्छ कि त्यसमाथि बाहिरी कुनै कुराको प्रभाव पर्न नसकोस् । चित्तमा जब आनन्द र निरालम्ब प्रेमले ठाउँ पाउँछ, अनि आफ्नो–परायीको भेद मेटिन्छ । यस्तो व्यक्ति न कहिले उदास हुन्छ, न मन लगाउनका लागि कुनै अवलम्बको आवश्यकता नै महसुस गर्छ । जीवजन्तु र लत्ता–बल्लरीका साथ उसको सौहार्द कायम हुन्छ । जीवनमा कष्टदायक अवसरहरूको अभाव हुन थाल्छ । मन सदा प्रसन्न र एकाग्र हुन थाल्छ । संसारसँग उसको प्रेम सम्बन्ध स्थापित हुन पुग्छ । संसारको प्रत्येक वस्तुमा ऊ आफ्नो रूप हेर्न थाल्दछ । उसलाई सर्वत्र सत्यको दर्शन हुन्छ र उसको प्रत्येक अवस्था आनन्दको अवस्था बन्दछ । वायुको रूपमा ऊ संसारको विचरण गर्छ । फू–विरूवाका साथ ऊ नृत्य गर्नेछस आकाश उसको रूप हुनेछस जल, पृथ्वी र अग्नि उसका बाह्य प्रतीक हुनेछन् । – क्रमश: