प्रस, वीरगंज, १८ वैशाख/
वीरगंज भन्सार कार्यालयबाट कारोबार गर्दै आएका ट्रान्सपोर्ट कम्पनीहरूमध्ये शड्ढास्पद र बदनामी कमाएका कम्पनीहरूमाथि भन्सारले चेकजाँच तीव्र पारेको छ ।
वीरगंज भन्सार कार्यालयले केही महिनादेखि विभिन्न ट्रान्सपोर्ट कम्पनीका नाममा छुटेका शिलबन्दी ट्रकहरूबाट भन्सार प्रज्ञापनभन्दा बढीको सामान फेला परेपछि तस्करीमा भन्सारको नाम जोडिएकोमा चेकजाँच कडा पारिएको हो । वीरगंजबाट तस्करी गर्दै आएका समूहले ट्रान्सपोर्ट कम्पनीहरू सञ्चालन गरी भन्सारलाई समेत मिलाइ मुख्य नाकाबाटै तस्करी सुरु भएका समाचारहरू अहिले चर्चामा छ ।
वीरगंज भन्सारले आइतवारबाट एकजना अधिकृतसहित आधा दर्जन जाँचकी सम्मिलित टोली खटाइ शड्ढास्पद र आरोपित ट्रान्सपोर्ट कम्पनीहरू र व्यापारीहरूको मालसामानमा चेकजाँच तथा निगरानी बढाएको छ ।
वीरगंज भन्सारबाट माँ शक्ति ट्रान्सपोर्ट, रामरहिम, अशोक, पशुपति र हालका दिनमा सबैभन्दा बढी बदनाम विनोद रोडवेजका ट्रकहरू कडाइका साथ चेकजाँच भइरहेको छ ।
भन्सारबाट शिलबन्दी गरी छुटेको ना. ३ ख १८८४ नम्बरको ट्रकबाट पथलैयामा प्रज्ञापनभन्दा ११ लाख बढीको मालसामान फेला परेको र सोही ट्रकबाट पुन: काठमाडौंमा प्रज्ञापनभन्दा १५ लाख बढीको मालसामान फेला परेपछि वीरगंज भन्सारले स्थानीय ट्रान्सपोर्ट कम्पनीहरूको मालसामानमा विशेष चेकजाँच सुरु गरेको छ ।
यसअघि अधिकृत र जाँचकीले व्यापारीले घोषणा गरेको बिल अनुसारको मालसामान गन्ती गरी सोहीअनुरूपको मूल्याड्ढन गरी भन्सार शुल्क बुझ्दै आएकोमा व्यापारीहरूले जाँचकीलाई समेत झुक्याएर भन्सारको बदनाम गरेको वीरगंज भन्सारका अधिकारीहरूको जिकिर छ ।
विशेष जाँच सुरु गरिएपछि तस्करहरू भने सतर्क र सजग भएका बताइएको छ । यसैबीच विनोद रोडवेजका ललितकुमार अग्रवाल आफ्नो ट्रान्सपोर्ट कम्पनीविरुद्ध कडाइ भएपछि हिजै वीरगंज आएका छन् । छोरा नितिनले वीरगंजमा आफ्नो पुरानो कारोबारलाई बढी बदनाम गरेपछि स्थानीय प्रहरी प्रशासनलाई मिलाउन काठमाडौंमा कारोबार हेर्दै आएका ललित वीरगंज आएको समाचार स्रोतको दाबी छ ।