प्रस, वीरगंज, १६ चैत/
वीरगंजमा भुस्याहा कुकुरको बिगबिगी बढ्दो छ। विगत चार वर्षदेखि जनावर अधिकारवादीहरूको कारण विष ख्वाएर भुस्याहा कुकुर नियन्त्रण गर्ने वीउमनपाको अभियान रोकिएको कारण शहरमा भुस्याहा कुकुरको सङ्ख्या बढेको बताइएको छ। वीउमनपा सरसफाइ शाखाका प्रमुख लालबाबु राउत गद्दीले जनावर अधिकारवादीहरूको विरोधको कारण भुस्याहा कुकुर मारेर नियन्त्रण गर्ने अभियान रोकिएको बताए। उनले भुस्याहा कुकुर नियन्त्रणको लागि जनावर अधिकारवादीहरूले दिएको सुझाव पनि कार्यान्वयन नभएको बताएका छन्। वीउमनपाको पहलमा जिल्ला पशु कार्यालयले भुस्याहा कुकुरको परिवार नियोजन नगर्दा भुस्याहा कुकुरको बिगबिगी बढेको बताए।
भुस्याहा कुकुरको कारण नारायणी उपक्षेत्रीय अस्पतालमा रेबिजको सुइ लिनेहरूको घुइँचो लागेको छ। सरकारी सुविधामा रेबिजको सुई प्रदान गर्दै आएको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजले भारतीय नागरिकलाई समेत सेवा प्रदान गर्दै आए तापनि हालका दिनमा रेबिज सुइको अभावको कारण नेपाली नागरिकहरूलाई मात्र उपलब्ध हुनेगरी व्यवस्था गरेको अस्पतालका मेसु डा. विके झाले बताए। उनले नेपाली रोगीहरूलाई मात्र रेबिजको सुइ प्राप्त होस् भनेर नागरिकताको फोटोकपी अनिवार्य गरिएको बताएका छन्। मेसु डा. झाले हाल अस्पताललाई ५ सय फाइल रेबिजको रविपुर सुइ सरकारले उपलब्ध गराइरहेको जानकारी गराएका छन्।
मेसुले सरकारबाट प्राप्त रेबिजविरुद्ध सुइ नारायणी उपक्षेत्रीय अस्पतालमा आउने रोगीहरूको सङ्ख्याभन्दा निकै कम भएको बताएका छन्। उनले ५ सय फाइल सुइ रोगीहरूलाई उपलब्ध गराइनुपर्ने हुँदा अहिले १ रोगीले रेबिजको ५ सुइ लगाउनुपर्नेमा करिब २ देखि ३ वटा सुइ आफैंले खरिद गर्नुपर्ने बाध्यता रहेको पनि बताएका छन्।