हादिथा (इराक), २३ फागुन/एएफपी
पश्चिम इराकको हादिथामा अवस्थित प्रहरी चौकीमा सोमवार सैनिक पोशाकमा आएका अलकायदा आतड्ढकारीले गरेको आक्रमणमा परी २७ प्रहरीको मृत्यु भएको सुरक्षा स्रोतले जनाएको छ ।
सो आक्रमण हादिथाको पूर्वी भूभागमा रहेको दुईवटा प्रहरी चौकीमा भएको समाचारमा उल्लेख छ । दर्जनौंको सङ्ख्यामा आएका आक्रमणकारीले सोमवार स्थानीय समयअनुसार बिहान २ बजेदेखि आक्रमण सुरु गरेका समाचारमा उल्लेख छ ।
यस आक्रमणको अमेरिकाली विदेश विभागका प्रवक्ता भिक्टोरिया नुलान्डले निन्दा गरेका छन् ।
आक्रमणमा मारिएका २७ वटा शव सबै प्रहरीको भएको हादिथा अस्पतालका निर्देशकले एएफपी समाचार समितिलाई जनाएका छन् ।
अस्पतालमा एक बन्दुकधारीको शव पनि प्राप्त भएको उनले जानकारी दिए । हालको आक्रमणको अलकायदा आतड्ढकारीले जिम्मा लिएको जनाइएको छ ।
सन् २०११ को मार्च महिनामा हादिथास्थित एक बैंकभित्र गरिएको आत्मघाती आक्रमणपछि हादिथामा नै भयानक आक्रमण भएको पनि समाचारमा बताइएको छ ।
बैंकभित्र गरिएको आत्मघाती आक्रमणमा ९ सर्वसाधारण नागरिकको हत्या भएको थियो । हादिथा इराकको राजधानीदेखि २१० किलोमिटर उत्तरपश्चिममा पर्दछ ।
इराकमा केही वर्ष यता हिंसा कम आएको भनिए तापनि यस प्रकारको हिंसा भइरहेको पाइन्छ । गत फेबु्रअरीमा मात्र १५० इराकी नागरिकले ज्यान गुमाएका समाचारमा उल्लेख गरिएको छ ।
हादिथा इलाका अलकायदा आतड्ढकारी समूहको बलियो पकड रहेको क्षेत्र मानिन्छ । रासस