प्रस, वीरगंज, १६ चैत/
एसएलसी परीक्षामा यसपटक पर्सा जिल्लाबाट केन्द्राध्यक्ष १, सहायक केन्द्राध्यक्ष ३, निरीक्षक २९ र ६४ जना विद्यार्थी निष्कासनमा परेका छन्।
जिल्ला शिक्षा कार्यालय एसएलसी परीक्षा शाखा संयोजक आशा गौतमले केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र विद्यार्थी गरी ९७ जना कारबाईमा परेको बताइन्। उनले पर्सा जिल्लाबाट नियमिततर्फ ३२९८ छात्र, १९९३ छात्रा र एक्जाम्पटेडतर्फ ५२२ छात्र, ३९९ छात्रा परीक्षामा सहभागी भएको बताइन्।
नियमिततर्फ ३५ जना छात्र र २९ जना छात्रा, एक्जाम्पटेडतर्फ ६० छात्र, ३५ जना छात्रा गरी १५९ जना अनुपस्थित रहेका थिए। पर्सा जिल्लामा नियमिततर्फ एसएलसीबाट केवल ४ जना विद्यार्थी निष्कासनमा परेका छन् भने एक्जाम्पटेडबाट ६० जना। आज सम्पन्न एसएलसीमा नृसिंह माविबाट एक्जाम्पटेडबाट नक्कली परीक्षार्थी पक्राउ परेको गौतमले बताइन्। उनले राम कहारको नाममा परीक्षा दिइरहेका रवि चौधरी पक्राउ परेको बताइन्। पक्राउ परेका चौधरी सेढवाका हुन् र उनी आइएस्सीका विद्यार्थी रहेका बताइएको छ। यसैगरी आजै एक्जाम्पटेड तर्फ श्रीपुर उमाविमा परीक्षा दिइरहेका दुईजनालाई निलम्बन गरिएको पनि गौतमले जानकारी गराएकी छन्।
पर्सा जिल्लामा एक्जाम्टेडतर्फ २ र नियमिततर्फ १६ गरी १८ वटा परीक्षा केन्द्र थिए।