सङ्कलन तथा अनुवाद
उमाशङकर द्विवेदी
कुनै नगरमा एउटा किसान दम्पती बस्दथ्यो। किसानकी स्त्री वृद्धावस्थाका पतिका कारण सधैं परपुरुषगमनको चिन्तामा चिन्तित रहन्थी । घरमा एक छिन पनि टिकेर बस्दैन थिई। केवल परपुरुषको खोजमा उसको समय बित्दथ्यो । एक दिन एउटा ठगले उसलाई घरबाट बाहिर निस्किरहेको देखेर पछ्याउन थाल्यो। जब ऊ एकान्तमा पुगी अनि ऊ उसका नजिक पुगेर भन्न थाल्यो–सुभगे, मेरी स्त्री मरिसकेकी छे । तिमीलाई देख्नेबित्तिकै मेरो ह्दय कामपीडित भएर छटपट गर्न थालिसकेको छ। म तिमीमाथि आसक्त भइसकेको छु। अत: मलाई रतिदान दिएर मेरो उद्विग्न ह्दयलाई शान्त पारिदेऊ। ठगको यस प्रकारको प्रस्ताव सुनेर किसान स्त्रीले भनी–यदि तिम्रो यस्तो इच्छा छ भने मेरो बूढो पतिसित धेरै धन छ। वृद्धावस्थाको कारण ऊ आफ्नो स्थानबाट हिंडडुल पनि गर्न सक्दैन । अत: तिमी यहीं मलाई कुरेर बस, म धनको पोको ल्याउँछु, अनि तिमी र म कतै अन्यत्र गएर घरजम गरी सुखसाथ बसौंला। ठगले भन्यो–तिम्रो यो प्रस्ताव मलाई पनि घत लाग्यो। हुन्छ तिमी जाऊ तथा भोलि बिहान घरबाट धनसहित मलाई यसै स्थानमा भेट, त्यसपछि हामी कुनै अर्को गाउँमा गएर घरजम गरी बसौंला तथा यस धरतीमा नै स्वर्गको सुख भोगौंला र मनुष्य जीवन सफल पारौंला।
अर्को दिन बिहानै आउने वाचा गरेर किसानकी स्त्री हाँस्दै घर फर्किई। रात्रि प्रहर बूढो पति सुतिसकेको चाल पाई घरमा भएभरका धन सम्पत्ति कुम्लो पारेर घरबाट चुपचाप निस्की र एकाबिहानै निर्धारित स्थानमा आइपुगी । किसानकी स्त्री धनको कुम्लो लिएर आएको देखेर ठग निकै खुशी भयो। कुम्लो आफूले बोकेर किसानकी स्त्रीलाई अगाडि पारेर ऊ त्यहाँबाट छिटै हिडयो । दुवैजना हतार–हतार हिंड्दै जाँदा केही पर पुगेपछि बाटोमा एउटा ठूलो नदी देखा पर्यो। नदी देखेर ठगले मनमा विचार गर्यो–यस अधबैंसे आइमाईलाई मैले के गर्ने ? यसको वयस बितिसकेको रहेछ, अर्को कुरा यसलाई खोज्दै कोही आयो भने मेरालागि अनर्थ हुनेछ। अत: यसको धन लिएर भाग्नुपर्छ। यसलाई साथ लिएर जाँदा कुनै लाभ छैन। यस प्रकार निश्चय गरेर ठगले किसानकी स्त्रीसित भन्यो–प्रिय, हेर यो नदी ज्यादै गहिरो तथा पानीको धारा वेगवान् छ। यसलाई पार गर्न सार्है कठिन छ त्यसैले यसो गरौं, म पहिले धनको यो पोको पारी राखेर आउँछु अनि तिमीलाई बुइमा बोकेर पार गरूँला। यस प्रकार हामी यस नदीलाई सजिलै पार गर्न सकौंला। किसानकी स्त्रीले भनी–प्रिय, तिमीलाई जस्तो उचित लाग्दछ त्यस्तै गर। म जेमा पनि राजी छु। नदी पार गर्न हिंड्ने बेला ठगले फेरि भन्यो–प्रिय, यसो गर तिमीले लगाएको लुगा पनि खोलेर मलाई देऊ किनकि लुगा लगाएर नदी तर्दा लुगा भिज्छ। पानीमा हिंड्न पनि गार्हो हुन्छ । ठगको कुरा सुनेर किसानकी स्त्रीले लगाएको जम्मै लुगा फुकालेर दिई । नाङगो जीउ र स्तन दुवै हातले छोपेर गुट्मुटिएर त्यहीं भुइँमा बसी। ठग धनको पोको तथा लुगा लिएर नदी पारी गयो र फेरि फर्केर आएन।
ऊ फर्किआउने छ भन्ने आशामा किसानकी स्त्री धेरै बेरसम्म त्यहाँ बसिरही। यसैबीच एउटा पोथी स्याल कतैबाट मासुको टुक्रा मुखमा लिएर आई। नदी किनारमा आउनेबित्तिकै उसले एउटा माछा पानीबाट बाहिर निस्केर बालुवामा बसिरहेको देखी। माछा देख्नेबित्तिकै मुखको मासुको टुक्रा भुइँमा राखेर माछा समात्न दगुरी। यत्तिकैमा कतैबाट एउटा गिद्ध आएर भुइँमा राखेको मासुको टुक्रा टिपेर उड्यो। स्याल आएको देखेर माछा पानीभित्र गयो। निष्फल तथा निराश भाव स्याल आकाशतिर हेरिरहेको देखेर स्मितहासका साथ किसानकी स्त्रीले भनी–अरे जम्बुकी, तिमीले ल्याएको मासुको टुक्रा गिद्धले लग्यो तथा माछा पनि तिम्रो हाथ लागेन। दुवै गुमाएर अब आकाशतिर के हेरिरहेकी छ्यौ ?
किसानकी स्त्रीको व्यङ्ग्य वचन सुनेर झर्किंदै पोथी स्यालले पनि जवाफ फर्काई–अरे नग्निके (नाङगीस्त्री), तिमी त मभन्दा पनि बुद्धिमान छ्यौ, तिमीले न आफ्नो पति पायौ, न नाठोले नै तिमीलाई अपनायो तथा धन गयो सित्तैमा । हाथले गुप्ताङग छोपेर तिमी कसको प्रतीक्षा गरिरहेकीछ्यौ ?