काबुल, १९ फागुन/एएफपी
अमेरिकाली सैनिक केन्द्रमा कुरान जलाएको विषयमा प्रदर्शन भइरहेकै बेला अफगानी सहकर्मीद्वारा दुई अमेरिकाली सैनिकको हत्या भएको समाचार प्राप्त भएको छ ।
आक्रमणमा अमेरिकाली सैनिकले मुस्लिम धर्मग्रन्थ कुरान जलाइएको भनी अफगानिस्तानमा अमेरिका विरोधी प्रदर्शनको क्रममा अफगानी सहकर्मीद्वारा ६ अमेरिकाली सैनिकको हत्या गरेको समाचारमा उल्लेख छ ।
गत शनिवार दुई अमेरिकाली अधिकारीको गृह मन्त्रालयभित्र अफगानीद्वारा हत्या भएपछि नेटोले सरकारी मन्त्रालयबाट आफ्ना सबै सल्लाहकारलाई फर्काएको छ । अफगानिस्तानमा युद्धरत नेटो सैनिक यस वर्षको सुरुदेखि हालसम्म ६० जनाको हत्या भइसकेको जनाइएको छ ।
अफगानी सहकर्मीद्वारा नै ११ नेटो सैनिकको हत्या गरिएको पनि समाचारमा उल्लेख छ । जसमध्ये चार फ्रेन्च, एक अल्बानियन र ६ जना अमेरिकाली रहेका छन् ।
अमेरिकाली सैनिक केन्द्रमा मुस्लिम धर्मग्रन्थ कुरान जलाइएको भनी त्यस विरोधमा अफगानहरूले गरेको प्रदर्शनको क्रममा ६ दिनभित्र ४२ जना व्यक्तिको मृत्यु भएको अमेरिकाली रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । रासस