प्रस, वीरगंज, १५ चैत/
एसएलसी परीक्षा अन्तर्गत आज ऐच्छिक गणितको प्रश्नपत्रमा त्रुटि देखिएपछि पर्सा जिल्लाका १८ केन्द्रमा प्रश्नपत्र सच्याउनका लागि जिल्ला शिक्षा कार्यालय पर्सालाई निक्कै अप्ठ्यारो परिस्थितिको सामना
गर्नुपर्यो ।
आज ऐच्छिक विषय अन्तर्गत गणितको प्रश्नपत्रमा ३ वटा त्रुटिहरू देखिएपछि जिल्ला शिक्षा कार्यालय पर्साले १८ वटा केन्द्रहरूमा फोनबाट प्रश्नपत्रको त्रुटिलाई सच्याएको जिल्ला शिक्षा अधिकारी प्रमोद साहले बताए । प्रश्नपत्रमा त्रुटि रहेको कुरा परीक्षा नियन्त्रक दिल्लीप्रसाद रिमालले फोनबाट जानकारी गराएपछि पर्साको सबै केन्द्रहरूमा त्रुटि सच्याउनका लागि फोनबाटै जानकारी गराएको जिशिअ साहले बताए ।
परीक्षा सुरू भएपछि आएको सूचनाका कारण प्रश्नपत्र सच्याउन र सच्याइएको प्रश्नपत्रलाई १८ वटा केन्द्रहरूमा सूचित गर्नका लागि समस्या भएको बताइएको छ । प्रश्नपत्रको ५ (क), ९ र २४ नं. मा त्रुटि देखिएको जिशिअ साहले जानकारी गराएका थिए । आज ऐच्छिक विषय अन्तर्गत गणित र अर्थशास्त्रको परीक्षा भएको थियो ।