सत्य र सम्भावनाबीच कुनै तालमेल हुँदैन। सम्भावना भनेको विभिन्न हुन सक्छ तर सत्य एउटै हुन्छ। वीरगंजमा छाडा विचरण गर्ने गाईवस्तुले गर्दा आजको जनजीवनमा धेरै अप्ठेरो बेहोर्नुपर्ने अवस्था आइलागेको छ। साँघुरो सडक र गल्ली, अव्यवस्थित भीड र बजारमा भुइँमैं राखेर बेचिने तरकारी, जथाभावी फ्याँक्ने खाद्य–अखाद्य पदार्थ, नागरिक चेतनाको कमी, धार्मिक अन्धविश्वास र यिनै अव्यवस्थाबाट जन्मेको स्वार्थले जेलिएका व्यक्तिहरूको अर्घेल्याइँले गर्दा वीरगंजेली समाजले अव्यक्त पीडा बेहोरिरहेको छ। त्यो पीडा हो वीरगंजमा गाई पालेर तिनलाई छाडा छाड्ने स्वार्थी व्यक्तिहरू, जो गाईको दूध त खान मन पराउँछन् तर गाईलाई दानापानी ख्वाउन चाहँदैनन्। गाई दुहयो, दूध खायो र गाईलाई धर्मको नाममा अरूले ख्वाइदिऊन् भनेर बजारमा धपाइदियो। धर्मान्ध जनता ती गाईले बेच्न राखेको तरकारी खाएपनि, किनेर झुन्डयाउँदै लगेको हरियो तरकारीमाथि झम्टे पनि, मानिसलाई सिङ हानेपनि गौमाता भनेर कुनै प्रतिकार गर्दैन। यो गाईप्रति देखाइएको सहिष्णुता हो, गाईपालकप्रति देखाइएको सहानुभूति होइन। तर यस असामाजिक कृत्यबाट फाइदा गाईले होइन, गाईधनीले उठाइरहेको कुरा धर्मान्ध जनताले बुझ्न सकिरहेको छैन।
गाई माता हो ठीक, उसले तरकारी खाइदिन्छ, कसैलाई सिङ हान्छ, मानिस प्रतिकार गर्दैनन् त्यो पनि ठीक। तर त्यस गाईको दूध व्यक्तिविशेषले मात्र किन खाने ? जब गाई सार्वजनिक आहार खाएर बाँचेको छ भने त्यसको दूध पनि सार्वजनिक नै भयो। जुन वस्तु सार्वजनिक हो, त्यसलाई सार्वजनिक हितका लागि एक ठाउँबाट अर्को ठाउँमा सारिन्छ भने कसैलाई आपत्ति किन ? होइन व्यक्ति विशेषको हो, उसलेमात्र दूध खान्छ भने त्यस गाईलाई पाल्ने जिम्मेवारी पनि गाईधनीकै हो। अर्काले ख्वाएको गाईको दूधमाथि उसको अधिकार कदापि स्थापित हुन सक्दैन। यस मामिलामा दुईवटा सत्य हुनै सक्दैन। तर चिची पनि मेरो पापा पनि मेरो भन्ने मत्स्यन्याय उपस्थित गर्दै समाजलाई जङगली अवस्थामा पुर्याउन कोही तम्सिन्छ भने त्यो समाजको बैरी हो, अगुवा हुन सक्दैन। यस्तो अव्यवस्था निराकरण गर्न प्रहरी प्रशासन डराउँछ, स्वार्थीहरूको विरोधबाट तर्सिन्छ भने त्यो प्रहरी प्रशासन लोकतान्त्रिक हुन सक्दैन। त्यो सामन्तहरूको पृष्ठपोषक र लोकविरोधी हो।
वर्षौंदेखि बसोबास गरिरहेको घरहरू भत्काउँदा समर्थन गर्ने जनताले छाडा गाईले फैलाएको अव्यवस्थाको विरोध नगर्नु मानवीय चरित्र होइन। घर भत्काइँदै छ किनभने हिजो समाजले वास्ता नगरेको बेला सार्वजनिक जग्गा मिचेर स्वार्थीजनले घर बनाए, आज समाजलाई बाटो अपुग भयो, भीड बढेर जनजीवन अस्तव्यस्त बन्यो, त्यसकारण समाजको जग्गा समाजलाई चाहियो। यसै सत्यलाई अङगीकार गर्दै हिजो गाईसँग जोगिने र उसलाई ख्वाउने प्रशस्तता भएको बेला व्यक्तिविशेषको स्वार्थ जानेर पनि गाईप्रति सहिष्णुता जनाइयो। आज सहिष्णु बन्ने बेला छैन। किनकि त्यस्ता छाडा गाईले हिर्काएर २०३८ सालमा कपिलेश्वरलाल दासको मृत्यु भइसकेको छ भने कैयौं मानिसको कम्मर भाँचिएको छ, कति घाइते भएका छन्। तसर्थ समाजले ख्वाएको आहारमा बाँचेका गाईवस्तुलाई समाजको हितका लागि जङगल अथवा अन्यत्र कतै पुर्याउनु नाजायज कदापि हुन सक्दैन। र त्यस्ता छाडा गाईबाट शहरलाई मुक्त गर्न नसक्ने प्रहरीलाई अर्काको घर भत्काउन सहयोग गर्ने कुनै अधिकार छैन।