–रमेश समर्थन
‘मेरै धौलागिरी शिखरमा छैन मैले पुगेको।’
राष्ट्रकवि माधवप्रसाद घिमिरे हिमाली देशमा जन्मेको हुँ भन्न मात्रै। न यी पाइलाले हिउँ टेकेका छन्, न यी हत्केलाले हिउँ समातेका छन् र न यो मन हिउँमा रमाएको छ। क्षमता नभएरै होइन, भ्यागुताको धार्नी नपुगेर हो। नत्र चन्द्रनिगाहपुरमा बस्नेले दामन पुग्ने क्षमता भएन भन्न सुहाउँछ त ?
त्यस्तै मलाई पाल्पाली पनि भन्न मात्रै जस्तो भयो। नौ वर्षको आयुसम्म शैशवमै थिए। त्यसपछि थालीबाट पोखिएको जुठो भातझैं घरबाट उछिट्टिएको उछिट्टियै छु। कहिले विद्यार्जनका लागि कहिले धनार्जनका लागि। बीचमा एकाध वर्ष र ससाना बसाइहरू छोड्ने हो भने पुग नपुग चालीस वर्ष त घर छोडेरै बितेछन् मेरा। आफू जन्मेको जिल्लाका थुप्रै आकर्षक तथा विकर्षक ठाउँहरू मेरो नजरमा परेकै छैनन्।
पश्चिममा अर्घाखाँची, पश्चिमोत्तरमा गुल्मी, उत्तरमा स्याङ्जा र तनहुँ, दक्खिनमा नवलपरासी, रूपन्देही र कपिलवस्तुले घेरेको लुम्बिनी अञ्चलका तीन पहाडी जिल्लामध्ये विकसित जिल्ला हो पाल्पा। उल्टोसुल्टो जसरी पढेपनि उही हुने जिल्ला हो पाल्पा। पृथ्वीनारायणजस्ता विजेतालाई ‘हल्ट’ गराउने जिल्ला हो पाल्पा। मकवानपुरसम्म सत्ता चलाउने राज्य हो पाल्पा। पहाडकी रानी भनिने तानसेन शहर बोकेको जिल्ला मात्र हैन, नेपालको ताजमहल मानिने रानीदरबार रहेको जिल्ला हो पाल्पा। कालीले कुँदेका शालिग्राम पाइने जिल्ला हो पाल्पा। एसियाकै ठूलो त्रिशूल रहेको भैरवस्थान रहेको जिल्ला हो पाल्पा। सत्यवती तालको जिल्ला हो पाल्पा। छहरा र दोभान गाउँ भएको जिल्ला हो पाल्पा। यो हो पाल्पा, त्यो हो पाल्पा। के के हो, के के हो पाल्पा। ऐतिहासिक झन्डा यसले बोकेको छ। धार्मिक पताका यसले उचालेको छ। प्राकृतिक सौन्दर्यलाई यसले आफूमा सँगालेको छ। श्रीनगरबाट देखिने माछापुछ्रे, अन्नपूर्ण, धौलागिरीमात्र हैन मौसम सफा रहेको बेला पहाडहरू भर्याङजस्तै लाग्दछन्। पूर्वमा कौडेको लेकबाट उदाउँदो सूर्य कम्ती राम्रो देखिन्न यहाँबाट।
अर्गली, डम्मक, सर्देवा, कचल, माडी, हुँगी, हेक्लाङ र रामपुरजस्ता उर्वर फाँटहरू भएको जिल्ला हो पाल्पा । कउडा, घाटु, रोदी, रोइला, चुट्का, ख्याली, झाम्रे, भजन, फागु र तीजको जिल्ला हो पाल्पा। सरायाँ, गाईजात्रा, भगवती जात्रा र तोरण तार्ने मेलाको जिल्ला हो पाल्पा। मगर, नेवार र खसहरूको थातथलो भएको जिल्ला हो पाल्पा। शिक्षा, सिंचाइ, कृषि, यातायात र लघु विद्युत् कुनै पनि क्षेत्रमा छि: भन्ने अवस्थामा छैन पाल्पा। मुलुककै उत्कृष्ट पहाडी गाउँ मदन पोखरा यसै जिल्लामा पर्दछन्। म पनि के कम छु र ? किनभने म पनि त पाल्पामैं जन्मेको हुँ।
म जहाँ भएपनि जहाँ रहेपनि पाल्पाली हुनुमैं आनन्द पाउँछु। मेरा विद्यार्थी अस्पष्ट बोलीमा जब ‘पाल्पाली छल्’ भन्छन् म प्रफुल्लित हुन्छु। फेरि पनि यहाँका कतिपय ठाउँहरू विकट र दुर्गम पनि छन् र पाल्पाको फरक अनुहार पनि छ भने सायद मैले बिर्सेको थिएँ जसलाई सम्झाइदियो माघ २२ र २३ गतेको पाल्पा यात्राले।
हजुर, म एक शिक्षक हुँ घरबाट झन्डै तीनसय किमि टाढा कार्यरत। मलाई बेला बेलामा घर नजिकै जाउँ भन्ने इच्छा लाग्दछ र प्रयास पनि थाल्छु तर सायद अनिवार्य अवकाश लिंदासम्म पनि सम्भव हुँदैन। पाल्पाको झडेवा माडीकै पूर्वी छेउमा पर्छ भन्ने मेरो अनुमान थियो र त्यसैअनुसार मैले एउटा प्रयासस्वरूप पाल्पाको यात्रा गरेको हुँ।
तानसेनदेखि झडेवासम्म जाने बस त मैले देखेको थिएँ तर बुटवलदेखि दिउँसो डेढ बजे जीप जान्छ भनेपछि त्यसमा बस्ने ठाउँ सुरक्षित गर्न एघारै बजे निर्दिष्ट ठाउँमा पुग्दा केही थिएन र बार्ह बजे पुग्दा भने गाडीको तलमाथि नै प्याक। खलासी भाइले बूढो भनेर दया गरी एउटा मुढो त मिलाइदिए तर त्यसरी बस्नु भनेको ठिंगुरामा कसिनु नै थियो। उहिले कैदीलाई ‘ठिंगुरा’ कस्थे र अहिले अपराधै नगरी हामी कसियौं। तर नेपालमा चल्ने सार्वजनिक गाडीहरूमा मान्छे र ट्रकका राँगा–भैंसीको दर्जा उस्तै–उस्तै हुन्छ भन्ने ठानी यात्रा आरम्भ भयो ।
स्थिर मुद्रामा ‘स्ट्याचु’ भई यात्रा गर्दा अर्को समस्या के पनि पर्यो भने कोही मुखबाट छाद्ने र कोही तलबाट पाद्ने गर्दा त्यहाँ बसी सक्नु र खपिसक्नु भएन । फेरि पनि यात्रा चलि नै रह्यो।
‘तानसेन नगरपालिका तपाईंहरूलाई हार्दिक स्वागत गर्दछ’ लेखिएको ठाउँ बाँसटारीबाट जम्मा २४ किमि टाढा रहेको झडेवा पुग्न साढे दुई घण्टा लाग्यो । बाँसटारीबाट दमकडा र सराई हुँदै खहरेसम्म त भत्केकै भए पनि पक्की बाटो रहेछ तर त्यसपछिको उकाली भने गोरेटो पनि भन्न नमिल्ने रहेछ। रूखका जरा र गाईका खुर झार्ने ढुङगा भएको उकालो बाटो हामी चढेको मुस्ताङ जीप त्यसैगरी उकालो लाग्यो जसरी हाम्रो भत्केको राजनीतिक बाटामा विस्तारै उक्लदै छ डा. बाबूराम भट्टराईले हाँकेको जम्बो मन्त्रीहरू बोकेको मुस्ताङ जीप।
एक त धुलाम्मे बाटो त्यसमाथि बतास । के चाहियो र १ झ्याल खोलौं बाहिरको फोहर, नखोलौं भित्रको दुर्गन्ध। रूप्से पुग्न आँछ्दा पारीपट्टिको रमाइलो पाखामा स्कूलजस्ता घरहरू देखेर उत्साहित भएको मन देवगिरबाट जीपले अर्कै बाटो समातेपछि खङरङ्ङ भयो।
भडेवाको स्कूल त देखियो, तर त्यहाँ विद्यार्थी आउँछन् पो कहाँबाट ? चारैतिर अग्ला–अग्ला पहाडहरूबीचको खोंच। खोंचभित्र कतै हरियाली छैन, बरु पाखामा केही हरियाली छ। धान रोप्ने खेत छैन, मकै छर्ने बारी छैन। दुईवटा घरमा मात्र ससाना मकैका सिल देखिए। त्यस्तै भैंसी त कतै देखिएन। दुई छाकको खानामा दूधजन्य पदार्थ र हरियो तरकारी भाले। मगरै मगर बस्छन् रे वरिपरि। असी प्रतिशत मगर र अन्य खसहरूको बस्ती रहेछ।
मावि.स.भवन त्यही, स्वास्थ्य चौकी त्यही र उमावि तहसम्म पढाइ हुने विद्यालय पनि त्यहीं, तर घरहरू कहाँ हो कहाँ ? हुनत पहाडमा एक घण्टामा पुगिने ठाउँलाई नजिक मानिन्छ। दसकौं अघि मोटर पुगेको भए पनि सडकको स्तरोन्नति पटक्कै भएको छैन। विकास भनेको त्यही मोटर र स्कूलबाहेक बिजुली पनि छैन। घरका छानाहरूमा लगाइएका ससाना सोलार प्लेटहरू छन्। तिनैले दुई घण्टालाई उज्यालो दिन्छन्। सम्साँझै अँध्यारो हुने भएकोले र चाँडै सुत्ने भएकोले बत्तीको त्यति दरकार पनि पर्दो रहेन छ। कतै एउटासम्म पनि फलको बोट देखिएन। झुम्सा खोलाको मुहानले टारलाई भिजाउन सक्तो रहेनछ। हेरेर ल्याउँदा लाग्यो, पाल्पाको एउटा पाटो यो पनि रहेछ।
दिउँसैदेखि चलेको स्याँठ बेलुकी झन् तीव्र भएर आयो। मलाई त कतै बसेर रोउँm रोऊँ पो लाग्यो र भाइलाई फोनमा भने,‘बाबु म त त्यहाँ बस्न सक्तिनँ।’
अनि विद्यालयले सरुवा सहमति दिए पनि आफ्नो जिल्लामा आउन आतुर म फेरि फर्केर त्यहाँ गइनँ।