प्रस, वीरगंज, १५ चैत/
जिल्ला वन कार्यालय पर्सा मातहतको रङगपुर रेन्जपोस्ट विगत ६ महिनादेखि एकजना सिपाहीले सञ्चालन गर्दै आएका छन् ।
सहायक वन अधिकृतको दरबन्दी रहेको सो स्थानमा यसअघि मदन सिंह कार्यरत थिए । सिंहसँगै सो रेन्जपोस्टमा सिपाही–३, जमदार–१ गरी ५ जनाको दरबन्दी रहेकोमा सो स्थानबाट सहायक वन अधिकृत सिंहलाई हटाएपछि रेन्जपोस्टको जिम्मा सिपाही प्रदीप तिमल्सिनालाई दिइएको छ ।
वन अधिकृत सिंह र सिपाही तिमल्सिनाले स्थानीय महिलालाई मदिरासेवन गरी दुव्र्यवहार गरेको अभियोगमा कारबाई गरेको थियो । पछि सिपाही तिमल्सिनालाई सो रेन्जपोस्टको जिम्मेवारी दिइएको हो । अहिले सिपाही तिमल्सिनाको कमान्डमा २ सिपाही र १ जमदार रेन्जपोस्टमा कार्यरत छन् । रङगपुर रेन्जपोस्टबाट अवैध काठ, बालुवाको निकासी हुने गरेको छ भने मकवानपुरबाट आउने गाँजा पनि सोही बाटो भएर आउने हुँदा सिपाही तिमल्सिनाले प्रमुख वन अधिकृतलाई आर्थिक प्रभावमा पारी रेन्जपोस्टको अभिभारा आफूले लिएको स्रोतले बताएको छ ।
रङगपुर रेन्जपोस्ट जस्तो संवेदनशील ठाउँको जिम्मेवारी एकजना सिपाहीको जिम्मा लगाएको बारेमा प्रमुख वन अधिकृत शान्तमाया श्रेष्ठसँग बुझ्दा उनले कुनै जवाफ दिन मानिनन् । प्रमुख वन अधिकृत श्रेष्ठले सो बारेमा आफूसँग कुनै सोधखोज नगरी जे देख्नुभयो त्यही लेख्नुस् भनी जवाफ दिइन् ।