प्रस, वीरगंज, १५ फागुन/
नेकपा एमाले पर्साको कार्यालयमा आज भेला भएका अखिल नेपाल महिला सङ्घ पर्साका कार्यकर्ताहरूबीच विवाद भएर कुर्सी फालाफाल हुनाका साथै स्थानीय नेतृत्वविरुद्ध चर्काे नाराबाजी भएको समाचार छ ।
अखिल नेपाल महिला सङ्घको पर्सा जिल्ला कमिटी गठनका लागि भएको भेलामा सङ्घका कार्यकर्ताबीच भेलाको विषयलाई लिएर विवाद भएपछि कुर्सी फालाफालको अवस्था सृजना भएको थियो । एमालेमा भित्री विभाजन कायम रहेको कारण संस्थापन पक्षधरले यही २१ गते काठमाडौंमा हुन गइरहेको राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक र जनसभामा सहभागिता गराउने प्रमुख विषयलाई मध्यनजर राखी भेला स्थगनको प्रस्ताव अघि सारेका थिए भने अर्कोथरिले सो जनसभामा महिला उपस्थिति अनिवार्य भएको हुँदा भेला गराइनुपर्ने तर्क अघि सारेका थिए । एमाले पर्साका अध्यक्ष विजय महतो पक्षधर महिलाहरू भेला स्थगनको पक्षमा थिए भने एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य नागेन्द्र चौधरी पक्षधर महिलाहरू भेला गराइनुपर्नेमा अडिग भएपछि विवाद भएको एक एमाले कार्यकर्ताले बताए । विवाद बढेर कुर्सी फालाफाल र नेताहरूविरुद्ध चर्को नाराबाजी गर्दै एकथरि महिलाहरूले कार्यक्रम बहिष्कार गरेपछि अर्काथरिले अखिल नेपाल महिला सङ्घ पर्सा उषा चौधरीको अध्यक्षतामा गठन गरेको छ । आज विवादपछि गठित अनेमसङ्घ पर्सा जिल्ला कार्यसमितिमा २५ जना सदस्य रहेका महिला नेतृ निर्मला देवकोटाले बताइन् । उनले महिला सङ्घ पर्सा विगत ५ वर्षदेखि पुनर्गठन नभएको र निवर्तमान अध्यक्ष ज्ञानुदेवी सापकोटाले कुनै गतिविधि गर्न नसकेको तथा हालै मकवानपुरमा सम्पन्न अनेमसङ्घको मध्यमाञ्चल भेलाले पचहत्तरै जिल्लामा स·ठन सुदुढीकरणका लागि भेला गर्ने निर्णय भएनुसार पर्सा जिल्लामा भेला भएको जानकारी गराएकी छन् । तर अनेमसङ्घको पर्सा इन्चार्ज सन्ध्या भट्टले भने एमाले पर्साका अध्यक्ष, अनेमसङ्घ पर्साका अध्यक्ष तथा आफू स्वयंले पनि पार्टीमा भेला गर्न असमर्थता जाहेर गरिसकेको अवस्थामा भेला आयोजन गर्न खोज्नु षड्यन्त्र भएको बताइन् । उनले जनसभा र राष्ट्रिय प्रतिनिधि परिषद्को तयारीमा जुटेको बखत भेला गराएर विवाद सृजना गर्न खोजिएको आरोप लगाएकी छन् ।