प्रस, कलैया, १७ फागुन/
शिक्षकहरूको हितको लागि विभिन्न ४७ सूत्रीय माग राखी शिक्षकहरूले बुधवार पनि जिल्ला शिक्षा कार्यालय बारामा धर्ना दिएका छन् ।
नेपाल शिक्षक युनियन तथा नेपाल शैक्षिक गणतान्त्रिक मञ्चको संयुक्त आह्वानमा शिक्षकहरूले कार्यालय अवधि भर जिल्ला शिक्षा कार्यालय बारामा धर्ना दिएका हुन् ।
शिक्षकहरूले बाराका सम्पूर्ण सरकारी विद्यालय बन्द गरी नेपाल शिक्षक युनियन बाराका अध्यक्ष देवेन्द्र गिरीको अगुवाइमा शिक्षा कार्यालयमा धर्ना दिएका हुन् ।
विद्यालयमा कर्मचारी व्यवस्था गर्नु पर्ने, अस्थायी शिक्षकलाई प्रक्रिया पुर्याएर स्थायी गर्नुपर्ने, राहत र पिसिएफ शिक्षकलाई दरबन्दी दिनुपर्ने, बालविकास सहयोगी कार्यकर्तालाई न्युनतम मजदुरी दिनुपर्ने वा शिक्षक सरह सुविधा दिनुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूलाई दरबन्दीमा कायम गरी सेवा अवधि गणना हुनेगरी शिक्षक सरह सेवा सुविधा उपलब्ध गराउनुपर्ने, तलब भत्तालगायत सम्पूर्ण निकासा समयमा हुनुपर्ने, राहत पिसीएफ शिक्षकहरूलाई दरबन्दीमा परिणत गर्नुपर्ने, पोशाक भत्ता पाउन बाँकी सम्पूर्ण शिक्षकहरूलाई पोशाक भत्ता उपलब्ध गराउनुपर्ने, दरबन्दी मिलानको नाममा शिक्षकको चाहनाविपरीत जथाभावी सरुवा तत्काल बन्द गर्नुपर्ने, जिल्ला शिक्षा कार्यालय, बाराबाट वितरण हुने भौतिक पूर्वाधार खाजा इत्यादिको रकम पारदर्शी तथा नियम अनुसार हुनुपर्ने लगायत माग राखी शिक्षकहरू विभिन्न दबाबमूलक कार्यक्रमहरू गर्दै आएका छन् ।