प्रस, कलैया, १७ फागुन/
राष्ट्रिय ग्रामीण विकास केन्द्र एवं अमर युवा क्लबको संयुक्त आयोजनामा बारा, बरैनियामा सञ्चालित सन्तोष मेमोरियल क्रिकेट प्रतियोगिता अन्तर्गत बुधवार भएको खेलमा इटियाही क्रिकेट क्लब विजयी भएको छ । इटियाही कान्तिपुर क्रिकेट क्लबलाई ६ विकेटले पराजित गरी फाइनलमा प्रवेश गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको कान्तिपुरले निर्धारित २५ ओभरमा ९ विकेट गुमाएर १ सय ५९ रन बनायो । प्रत्युत्तरमा इटियाहीले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर विजयी लक्ष्य प्राप्त गर्यो । प्रतियोगितामा नटआउट ५२ रन तीन विकेटको योगदान दिएबापत इटियाहीका सेराजुल अंसारी म्यान अफ दि म्याच घोषित भए । यसअघि हिजो भएको सेमिफाइनल खेलमा नगवा क्रिकेट क्लब विजयी भएको थियो । नगवाले बहुअरी क्रिकेट क्लबलाई ६१ रनले पराजित गरी फाइनलमा प्रवेश गरेको हो । टस जितेर पहिले ब्याटिङमा ओर्लेको नगवाले निर्धारित २५ ओभरको खेलमा १९ ओभर १ बलमा ३ विकेटको क्षतिमा १ सय ९८ रन बनायो । प्रत्युत्तरमा बहुअरी १६ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ३७ रनमा समेटियो । उपाधिका लागि फाइनलमा नगवा क्रिकेट क्लब र इटियाही क्रिकेट क्लब भिड्ने केन्द्रका मुकेश पडितले जनाएका छन् ।