प्रस, वीरगंज, १७ फागुन/
बारा, रामपुर टोकनीस्थित डाबर नेपाल प्रालिका मजदुर तथा कर्मचारीहरू कामकाज ठप्प पार्दै आजदेखि अनिश्चितकालीन धर्नामा बसेका
छन् ।
नेकपा माओवादीसँग आबद्ध मजदुर तथा कर्मचारी स·ठन नेपाल औद्योगिक मजदुर तथा कर्मचारी स·ठन
(क्रान्तिकारी)को अगुवाइमा आन्दोलन सुरु भएको हो ।
कम्पनीका कर्मचारी मुस्तकिम मियाँ मन्सुरीलाई व्यवस्थापन पक्षले निलम्बन गरेको र मजदुर रुद्रराज गिरीलाई षड्यन्त्रपूर्वक कामकाजबाट बर्खास्त गरेको आरोप लगाउँदै मजदुर कर्मचारीहरू धर्नामा बसेका
छन् ।
आज बिहानैदेखि उक्त निर्णय फिर्ता लिन कारखाना प्रशासनसँग पटकपटक अनुरोध गर्दा कुनै सुनवाइ नभएकोले बाध्य भई काम ठप्प पार्दै धर्ना सुरु गरिएको स·ठन क्रान्तिकारीका डाबर एकाइ अध्यक्ष इस्लाम हवारीले बताएका छन् ।
निलम्बन र बर्खास्तगीको निर्णय बिनाशर्त फिर्ताको माग मजदुर कर्मचारीले आन्दोलन सुरु गरेपछि इलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोली कम्पनी परिसरमा पुगेको थियो । दिनभरि कुनै अप्रिय घटना नभएकोले साँझतर्फ प्रहरी फिर्ता भएको छ ।
क्रान्तिकारीका पदाधिकारीसमेत रहेका मजदुर कर्मचारीलाई चोरीको झूटो आरोप लगाएर व्यवस्थापन पक्षले चरित्र हत्या गर्ने दुष्प्रयास गरेको आन्दोलनकारीहरूको भनाइ छ । व्यवस्थापनले निर्णय फिर्ता नलिने र निर्णय फिर्ता नहुन्जेल हडताल फिर्ता नगर्ने मजदुरहरूको अडानका कारण मध्यस्थकर्ता पनि वार्ता गराउन असफल भइरहेको छ ।