जीतलाल श्रेष्ठ, निजगढ/
जतिसुकै बाल अधिकारको कुरा गरेपनि बालश्रम अझैपनि उस्तै छ । यस्ता खाले प्रकाशित तस्वीरले बाल अधिकारका कुरा मात्र गर्ने र सहयोग रकम पचाउने व्यक्ति, सङ्घ, संस्थाहरूलाई फेरि पनि चलखेल गर्दै स्वार्थी फाइदा उठाउन थप बाटो पक्कैपनि खुल्न सक्छ ।
हाम्रोजस्तो गरिब, विकासोन्मुख मुलुकमा विपन्न अवस्थाका बालबालिकाहरूका लागि विदेशी मुलुक र सरकारले मनग्गे सहयोग गर्ने गरेपनि बालबालिकाहरूको अवस्था जस्ताको त्यस्तै छ । सहयोगका लागि आएको रकम, सुविधाहरू शोषित पीडित, विपन्न वर्गका बालबालिकाहरूसम्म नपुगी बीचमैं झ्वाम पार्ने प्रथा अहिले पनि घटेको छैन । जसका कारण बालश्रम घटेको छैन । रिक्सा होस् वा टाँगा, क्रसर उद्योग होस् वा इँटाभट्टा बालबालिका अझैपनि जोखिमयुक्त काममा गरिरहेका छन् ।
विद्यालय जानका लागि किताब कापी बोक्नुपर्ने उमेरमा कलिला हातले
टाँगाको लगाम, कठयाङ्ग्रिदो जाडो होस् वा गर्मी सकी नसकी टाउकोमा इँटाको बोझ, क्रसर उद्योगका लागि खोलाबगरमा ढु·ा सड्ढलन गर्नेलगायत कार्यहरूमा बालबालिकाहरू प्रयोग भएका छन् । शहर, बजारमा फालिएका प्लास्टिक, कबाडीका सामान सड्ढलन गर्दै सडक किनारामैं दर्जनौ बालबालिका हिंड्ने गरेका त छँदैछन् । इँटा, ढु·ा बोक्न बाध्य पारिंदै आएपनि सम्बन्धित निकाय बेखवर बनिरहन्छ । गरिबी र विपन्न परिवारका बालबालिकाहरू यस्तै जोखिमपूर्ण काममा संलग्न रहेको सरकारी तथ्याड्ढमा उल्लेख छ । बाल अधिकार ऐनमा बालबालिकालाई कुनैपनि काममा प्रयोग गरिए कडा कानुन लाग्ने उल्लेख छ ।
तर ऐन कानुनका कुरा ऐनका किताबमैंं मात्र सीमित हुँदा बालश्रम दिन प्रतिदिन बढिरहेको छ । बर्सेनि हुने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाल दिवसलगायत अन्य कार्यक्रममा राजनीतिक दलका नेता, कार्यान्वयन पक्षका सम्बन्धित निकाय, प्रहरी प्रशासन लगायतले बालश्रम रोक्न वा न्यूनीकरण गर्न चर्को भाषण र प्रतिबद्धता गर्ने गरेपनि बालश्रम घटेको पाइँदैन । जसका कारण बालबालिका प्रयोग गर्ने उद्योग सञ्चालकहरूको मनोबल बढ्दै गएको स्रोत बताउँछ । कानुनको नियमन गराउने निकायलगायत प्रहरी प्रशासन नै गैरजिम्मेवार बनेको कारण बाल श्रम, शोषण बढेको स्थानीय स्रोतको दाबी छ । चुलोचौका होस् वा साना तथा घरेलु उद्योगहरूमा बालबालिका, किशोर किशोरीलाई फकाइफुलाई जोखिमयुक्त मजदुरी गर्ने गराउने प्रथा अझै घटेको पाइन्न ।