- सञ्जय साह ‘मित्र’
एकजना मित्रलाई तपाईंलाई त चारैतिरबाट आजभोलि फाइदै फाइदा भएको सुनिन्छ नि ? भनी मैले सुनेको यथार्थबारे उत्सुकतापूर्वक सोध्दा तिनले बडो सहज किसिमले मेरो उन्नतिको होइन बरु दुर्दशाको चारैतिर फलिफाप भएको उदाहरणसहित बताए । उनले के पनि भने कि यदि अलिकति मात्र जिस्केको किसिमले भनेको भए उनले नराम्रो मान्ने थिए । वास्तवमा मैले राम्रै सुनेर राम्रो सोधेको थिएँ । मैले स्वाभाविकरूपमा सोधेकोले मित्रलाई व्यङ्ग्य लागेन र उनलाई नमीठो पनि लागेन ।
पश्चिम नेपालका चन्द्रबहादुर डाँगी विश्वकै सबभन्दा कम उचाइको मानिसको रूपमा आफ्नो नाम दर्ता गराउन सफल भएका छन् । यसअघि खगेन्द्र थापा मगरको नाम आउँथ्यो । नेपालका यी दुई व्यक्ति सबैभन्दा कम उचाइका हुन् । यो चाहिं भौतिक यथार्थ हो । यी दुवैको नाम गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा दर्ता हुने सौभाग्य प्राप्त भएको छ । यतिमात्रले यिनीहरू भाग्यमानी हुन् भन्न मिल्दैन । यी दुई नाप त्यतिबेला विश्वमा फैलिएको छ जतिबेला नेपालको दुर्नाम मात्र चारैतिर फैलिरहेको थियो । डुबते को तिनके का सहारा भन्ने हिन्दी उखानझैं नेपाल र नेपालीको नराम्रो खबर मात्र संसारभर गइरहेको बेला पहिले खगेन्द्र र अहिले चन्द्रबहादुरले विश्वमा सबैभन्दा होचामध्ये दुईजना नेपालमैं छन् र अझ गिनिज बुकमा दर्ता भएका होचाहरूमध्ये सबैभन्दा बढी जीवित होचा नेपालमैं छन् भन्दा पनि हुन्छ तर प्रश्न उठ्छ के यिनीहरू साँच्चिकै होचा हुन् ? यदि यिनीहरू होचा हुन् भने नेपालमा सबैभन्दा राम्रो काम गरेर विश्वमा सबैभन्दा उचो कहलिएको कोही छ ?
नेपाल होचा मान्छेको कीर्तिमान कायम गर्ने देशको रूपमा परिचित हुँदै छ । यहाँका राजनीतिज्ञहरू संविधान बनाउन नसक्दा र शान्ति प्रक्रियालाई समयमा टुङ्ग्याउन नसक्दा उनीहरूको विश्वव्यापीरूपमा उचाइ घटेको छ । यसैकारण एकपटक हाम्रा ठूलै नेताले विदेशी राजदूतहरूले समेत आफूसामु उपरखुट्टी लगाएर बस्ने गरेको गुनासो पोखेका थिए । यसले नेपाली राजनेताको अन्तर्राष्ट्रिय मर्यादामा कमी आएको महसुस गरिएको छ । नेपाली राजनेता भनिएकाहरूको एउटा विशेषता के रहेको देखिन्छ भने एउटा नेताको अपमान वा बदख्वाइँ हुँदा अर्को नेताले त्यसबाट मज्जा लिने र फलानोलाई फलानो देशको राजदूतले नटेरेको भनी उल्टो काम गरेको देखिन्छ । वास्तवमा अरू देशका कसैले हाम्रो देशका कसैलाई शब्द, व्यवहार तथा अन्य माध्यमले सामान्यरूपमैं अवहेलना गरेकोजस्तो भएपछि त्यसको प्रतिकार गर्नु वा सम्बन्धित देशका कूटनीतिज्ञहरूसँग छलफल गर्नु आवश्यक नमान्नु हाम्रो कमजोरी हो । यसको सामाजिक असर पनि परेको छ । समाजले मानिसलाई हेप्ने वा बदख्वाइँ गर्ने वा गर्नेहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।
वास्तवमा चन्द्रबहादुर डाँगी भौतिक उचाइको दृष्टिले संसारका होचा व्यक्ति हुन् । तर विश्वमा चर्चा र गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखिने दृष्टिले उनी नेपालीका लागि गर्व हुन् र यस दृष्टिले उनको जति उचाइ अरू कुनै नेपालीको रहेको छैन । नेपाली समाजको प्रतिष्ठा होचो मान्छेको कारणले बढेको छ न कि नेपाली समाजमा ठूला कहलिएका नेता वा समाजसेवीहरूले नेपालीको मान र प्रतिष्ठा बढेको हो । नेपालका राजनेताहरूले नेपालीको परम्परागत समार्ज भ· गरेर जुन नवीन समाजको कल्पना जनतालाई बाँडेका थिए, त्यो अब चकनाचुर भएको छ । नेपाली राजनेताको उचाइ जनताको बीचमा घटेको छ र निरन्तर घट्दै गइरहेको पनि छ । नेपाली राजनेताहरूको उचाइ देशभित्र र देशबाहिर घटिरहेको अवस्थामा डाँगीले आफ्नो उचाइ सबभन्दा बढी कम रहेको प्रमाणित गराएर नेपाली राजनेतालाई एक किसिमले हरेस नखान सन्देश दिएका छन् कि यस उमेरमा र यस्तो उचाइको मान्छे पनि विश्वमा केही गरेर देखाउन सक्छन्् भने हाम्रा नेताहरूले हरेस नखाइकन आफ्नो कर्तव्यमा अडिग रहेमा उचाइ बढ्छ तर सधैं बोली फेरेर वा जनतालाई ढाँटेर नेपाल, नेपाली र नेताको उचाइ बढ्दैन । यही सत्य हो ।
अहिले जतिखेर समाजका मूल्य र मान्यताहरू देशको राजनैतिक कारणले र्हासोन्मुख रहेको छ । हरेकले अर्कालाई होच्याएर, छलेर, ठगेर, झूटो बोलेर, गलत तथ्याङ्क देखाएर, सोर्स र फोर्सको भरमा बलजफ्ती ठूलो मान्छे बन्ने वा ठूलो मान्छे बनेको स्वाङ पार्ने उपक्रम समाजमा बढेको बेला डाँगी संसारकै होचो साबित भएर नेपालका सबैभन्दा ठूलो मान्छे बन्न पुगेका छन् । प्राविधिक रूपमा ठुलो हुनु र प्रामाणिकरूपमा ठूलो हुनुबीचको भिन्नता अहिले नेपाली समाजले आफ्नै ठाउँको उदाहरणबाट राम्ररी बुझ्न सकेका छन् । कुनै मान्छे वास्तवमा मान्छे हो भने ऊ सानो वा ठूलो आफ्नो कामले मात्र हुन्छ । कोही पनि देशलाई लुटेर वा जनताको रगत पसिनालाई लुछेर त्यतिबेर सम्ममात्र ठूलो भइरहन सक्छ जबसम्म उसको कामको नागरिकसामु पर्दाफास हुँदैन । जब नागरिकले त्यस्तालाई चिन्छ तब ती कथित ठूलाहरू सार्है होचा हुन पुग्छन् । विश्व इतिहासमा यस्ता थुप्रै उदाहरणहरू पाइन्छन् र नेपालमा पनि कुनै दिन आफूलाई जनताभन्दा निकै माथिको ठान्ने र जनतालाई केही पनि नठान्ने ठूला राणाहरू अहिले कहाँ छन् भन्ने कुरा पत्ता लगाउन इतिहासको ठेली नै पल्टाउनुपर्ने हुन्छ ।
अग्लो र होचो कसैसित तुलना गरेर मात्र हुन्छ । डाँगी त नेपालीमध्ये मात्र नभई विश्वकै होचो मान्छे साबित भए तर अब नेपाली समाजले नेपालको वास्तविक होचो मान्छे पत्ता लगाउने बेला भइसकेको छ । नेपाली समाजको दुर्दशा गर्ने जो कोही पनि नेपाली समाजका सबैभन्दा होचा मान्छेहरू हुन् किनभने यस्ता मनुवाहरूले गर्दा नै आज नेपाल र नेपालीको यस्तो हालत भइरहेको छ । मलाई के लाग्छ भने चन्द्रबहादुर डाँगी नेपाली समाजका होचा होइनन् अग्ला पुरुष हुन् किनभने उनले गर्दा नेपालको प्रतिष्ठामा वृद्धि भएको छ । नेपाली समाजमा गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नेपालको नाम राख्ने काम गरेका छन् ।