प्रस, वीरगंज, १६ फागुन/
आम मानिसको मानव अधिकार संरक्षण, संवर्धन र बहालीका लागि मानव अधिकारकर्मीको अधिकारको रक्षा हुनुपर्छ भनी वीरगंजमा आयोजित एक दिने क्षेत्रीय अन्तक्र्रिया कार्यक्रमका सहभागीहरूले बताएका छन् । पर्सादेखि उदयपुरसम्मका ९ वटा जिल्लाका ३५ जना मानव अधिकार रक्षकहरूको सहभागितामा सो अन्तक्र्रिया सम्पन्न भएको हो ।
लै·िक तथा यौनमा आधारित हिंसाविरुद्ध सञ्जाल बारा र शान्तिका लागि सञ्जाल पर्साको आयोजनामा भएको यस कार्यक्रमको उद्घाटन सत्रको सभाध्यक्षता मानव अधिकाररक्षक कमलमोहन पोखरेलले गरेका थिए ।
उद्घाटन सत्रको प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोग मध्य क्षेत्रका निर्देशक बुद्धनारायण सहनीले बदलिंदो राजनीतिक–सामाजिक परिस्थितिमा मानव अधिकार रक्षकहरूको भूमिका चुनौतीपूर्ण रहेको बताए । इन्सेनका क्षेत्रीय संयोजक कृष्ण गौतमले दण्डहीनताको कारण मानव अधिकार र मानव अधिकार रक्षकहरूलाई ठूलो चुनौती रहेको बताएका थिए । कार्यक्रममा संयुक्त राष्ट्र सङ्घ मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर)का भीम परियारले नेपालमा कार्यादेश सकिएर जान लागेकोमा अहिलेसम्म सहकार्य गरेका नेपालका मानव अधिकाररक्षकहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमका सहभागीहरूले गैरजिम्मेवार राजनीतिक संस्कार, राज्यका अधिकारीहरूमा व्याप्त कुसंस्कारका चलनहरू, सशस्त्र समूहहरू, आपराधिक गिरोहलगायतबाट मानव अधिकार रक्षकहरूलाई जोखिम र चुनौती रहेको विचार व्यक्त गरेका थिए । कतिपय आफ्नै कमी–कमजोरीले पनि मानव अधिकाररक्षकहरू जोखिममा परिरहेको पनि सहभागीहरूले उल्लेख गरेका थिए ।
हिमराइट्स बाराका संयोजक लालबाबू कुशवाहाको सञ्चालनमा सुरु भएको कार्यक्रममा ओएचसीएचआरका सुनील कुशवाहा र विक्रम तुलाधर, मानव अधिकार आयोगका बुद्धनारायण सहनी, मानव अधिकाररक्षकहरू भरत खड्का र प्रकाश खतिवडाले सहजीकरण गरेका थिए ।