प्रस, वीरगंज, १५ फागुन/
मधेसी जन अधिकार फोरम गणतान्त्रिक पर्साले आज वीरगंजमा मसाल जुलुस निकाल्दा प्रहरीले हस्तक्षेप गरेको छ । घण्टाघरबाट गणतान्त्रिकका कार्यकर्ताहरूले मसाल जुलुस निकाल्न खोज्दा ठूलो सङ्ख्यामा रहेको प्रहरीले मसाल खोसेको थियो । प्रहरी हस्तक्षेपका कारण मशाल जुलुस प्रदर्शन गर्न नसकेका गणतान्त्रिक पर्साका कार्यकर्ताले तत्कालै प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गर्दै नगर परिक्रमा गरेका थिए ।
नगर परिक्रमापछि आयोजित कोणसभालाई गणतान्त्रिक पर्साका अध्यक्ष शशिकपुर मियाँले सम्बोधन गर्दै प्रहरी हस्तक्षेपको विरोध गरेका थिए । उनले सार्वजनिकरूपमा घोषित कार्यक्रम बिथोलिएकोमा प्रहरी प्रशासनको कडा आलोचना गरे । अध्यक्ष मियाँले आफ्ना दलका अध्यक्ष एवं पूर्व सञ्चारमन्त्री जयप्रकाश गुप्तालाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा कैद जरिवाना गरेकोमा अदालतको निर्णय गलत भएको बताए । उनले अध्यक्ष गुप्तालाई सजायमुक्त नगरेसम्म निरन्तर आन्दोलन सञ्चालन गर्ने चेतावनी दिएका थिए ।
प्रस, कलैया/
पार्टीका केन्द्रीय अध्यक्ष जेपी गुुप्ताको मुद्दमा सर्वाेच्च अदालतले विभेदकारी फैसला गरेको भन्दै मधेसी जन अधिकार फोरम गणतान्त्रिक बाराले सोमवार साँझ सदरमुकाम कलैयामा मसाल जुलुस प्रदर्शन गरेको छ ।
कलैयास्थित फोरम गणतान्त्रिक बाराको कार्यालयबाट सुरु भएको मसाल जुलुसले कलैया नगरको विभिन्न भाग परिक्रमा गरेको थियो । नगरपरिक्रमापश्चात मसाल जुलुस कलैया मुख्य चोकमा पुगी कोणसभामा परिणत भएको थियो । फोरम गणतान्त्रिक बाराका अध्यक्ष रामकिशोर यादवको अध्यक्षतामा सम्पन्न उक्त कोणसभामा पवन ब्याहुत, पपु सिंह, शिवनाथ पटेल, बृजकिशोर चौधरी, विजय गुप्तालगायतले मन्तव्य व्यक्त गरेका थिए । मसाल जुलुसमा तीन सय कार्यकर्ताको सहभागिता रहेको फोरम गणतान्त्रिकका सच्चिदानन्द यादवले जनाएका छन् ।