प्रस, रौतहट, १५ फागुन/
जिल्लाको धरहरी गाविसका विद्यार्थीहरूलाई एकजना जापानी दाताले सोमवार सहयोग सामग्री वितरण गरेका छन् ।
धरहरी गाविसस्थित जयकिसान उच्च माविमा सोमवार दिउँसो आयोजित एक कार्यक्रममा जापानी नागरिक साइमुरा इतसुमी र उनको परिवारका तर्फबाट उक्त क्षेत्रका बाल क्लब र विद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री तथा खेलकुद सामग्री वितरण गरिएको हो ।
स्थानीय मनोकामना युवा सञ्जाल र उमाविको सहजीकरणमा आयोजित कार्यक्रममा बोल्दै जापानी नागरिक साइमुराले २५ वर्षपछि पहिलोपटक नेपालको विद्यार्थीलाई सहयोग गर्न पाएकोमा खुशी लागेको बताइन् । उनले विगत २ वर्षदेखि स्थानीय सन्तोषकुमार साहलाई सहयोग गर्दै आएको जानकारी दिइन् । कार्यक्रमका अर्का वक्ता शिक्षक प्रभु पटेलले प्लानको कार्यक्रमले बालबालिका र विद्यालयमा विगतदेखि गरेको सहयोगले समुदायमा सकारात्मक परिवर्तन सम्भव भएको चर्चा गरे । कार्यक्रममा बोल्दै प्लान नेपालका स्पन्सरसीप प्रोगाम म्यानेजर गोपाल नेपालले तराईका समुदायका बालबालिकालाई अध्ययन गर्न जान सबै पक्ष लाग्नुपर्नेमा जोड दिए । जापानी सहयोगी दाताले उक्त अवसरमा स्थानीय इसिडी भवन र विद्यालयको अवलोकन गरेका थिए । प्लान नेपालको ७५ औं वर्ष प्रवेशको अवसरमा जापानी नागरिकको सम्मानमा विद्यालयले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।
प्लानले जिल्लाका २७ गाविसमा रहेका विभिन्न विद्यालयमा भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक सामग्रीहरू दिंदै आएको छ ।