तत्त्वज्ञानीहरू संसारलाई स्वार्थी भन्दछन् । यहाँ जो जीवित छ, जसले दिइरहन्छ मानिस उसैको सम्झना गर्दछ । जो बित्यो, उसले जतिसुकै दिएको होस्, उसलाई बिर्सन क्षण लाग्दैन । रिलिफ सोसाइटी अफ कमर्सका परिकल्पनाकार बिहारीलाल लाठ बितेको १२ दिन पूरा भएको छ । यस संसारबाट उनको पार्थिव शरीरमात्र गएको छैन, उनको सम्झना पनि आजदेखि विस्तारै मलीन हुँदै जानेछ । किनकि जीवन सङ्घर्षको एउटा अध्याय समाप्त भएको छ । मानिसलाई र·मञ्चको पात्र भनिन्छ । ऊ जीवन (र·मञ्च) मा आउँछ, निर्धारित भूमिका निर्वाह गर्छ र पुन: आफ्नो स्वाभाविक जीवनमा फर्कन्छ । मानिसले पनि आफ्नो निर्धारित भूमिका निर्वाह गरिरहेको हुन्छ । फरक के मात्र हो भने सामान्य मानिसले निर्धारित भूमिका निर्वाहमात्र गर्दछ तर सामान्येतर मानिसले नाटकको भूमिकामा ज्यान थप्ने गर्दछ । उसको अभिनय स्वाभाविक हुन्छ, दर्शकलाई आनन्दको अनुभूति दिन्छ । लाग्दैन उसले नाटक गरिरहेको छ । पात्रको आनन्द, करुणा, दु:ख, सङ्घर्ष, विजय, पराजयका साथ दर्शक मनोभावपूर्वक तादाम्य राख्न बाध्य हुन्छ । यस्तो पात्रको सम्झना मानिसलाई जीवनपर्यन्त भइरहन्छ ।
मानिसको स्वाभाविक प्रवृत्ति के पनि हो भने ऊ प्रशंसा चाहन्छ, प्रशंसा प्राप्त गर्नका लागि प्रयत्नशील रहन्छ । र प्रशंसा त्यसैको हुन्छ जसले बाहय जगत्लाई देखाउनेगरी कार्य गर्दछ । मानिसको जीवनलाई एउटा भवनसँग तुलना गर्ने हो भने त्यस भवनको दृश्य, आकर्षक भागमा मानिसको ध्यान जान्छ, मानिसले त्यसको प्रशंसा गर्छ । मन्दिरको गजुरको, भवनको र·रोगनको प्रशंसा हठात् हुन पुग्दछ । यद्यपि मन्दिरमा गजुर नहाले, भवनमा आकर्षण र·रोगन नगरे भवनको अस्तित्वमा खासै फरक भने पर्दैन । भवनको अस्तित्वको मूल कुरा हो आधारशिला । भवन जुन ढु·ामा टिकेको हुन्छ त्यसको प्रशंसा शायद नै कसैले गर्दछ । एउटा मानिस जो आधारशिला (फाउन्डेशन स्टोन) को भूमिका निर्वाह गर्नमा रुचि राख्दछ, उसको कसले प्रशंसा गर्ने ? त्यो दायित्व भवनविज्ञको हो । तर मानिसको संसारमा भवनविज्ञ कति हुन्छन् ? औंलो ठडयाइ–ठडयाइ ताजमहलको सौन्दर्य र बाहय स्वरूपको प्रशंसा गर्ने दर्शकहरूलाई के थाहा, ताजमहलको जगमा राखिएको ढु·ाले कति सास्ती सहेर भवनको अस्तित्वलाई कायम राखेको छ ?
जीवनको र·मञ्चमा स्वाभाविक अभिनय गरेर दर्शकको मनमा स्थान बनाउने, सामाजिक संरचनालाई पोख्त बनाउन आधारशिलाको ठाउँ रोज्ने बिहारीलाल लाठ आज हामीबीच रहेनन् । उनको स्मृतिमात्र शेष रहयो । त्यो पनि भवनविज्ञहरूजस्तै जसले आधारशिलाको भूमिका र महत्त्वलाई बुझेको हुन्छ । तडकभडकपूर्ण, कसैले मागेपछि पहिले दाता भन्न लगाएर पछि दिने मानसिकता व्याप्त रहेको आजको समाजमा नमागी दिने दातालाई कसले स्मरण गर्छ ? आँखाले त बाहय सौन्दर्यमात्र हेर्छ, आन्तरिक गुण र सदाशय हेर्नका लागि मन चाहिन्छ । गुणग्राहयता छैन भने नाटकको विदूषकलाई मात्र मानिसले सम्झिरहन्छ । भावपूर्ण अभिनेताको प्रशंसा त्यस्तो मानिसले गर्न सक्दैन । आज समाजमा एउटा ठूलो भवनको निर्माणमा सानो झ्याल हालेर, झ्यालभन्दा बलियो आफ्नो नाम लेख्ने रहर बोक्ने मानिसहरूको जमातमा विशाल भवन बनाएर, त्यसको जगमा बसेर भवनलाई दीर्घता प्रदान गर्ने अनुपमेय कार्य सामान्य मानिसले गर्न सक्दैन । त्यसका लागि दैवीय शक्ति र सहनशीलता नै चाहिन्छ ।