- सञ्जय साह ‘मित्र’
केही समय पहिले यसै स्तम्भमा आफ्ना सातजना साथीसित बाबाधाम जाँदाको संस्मरण प्रकाशित भएको थियो जसमा बिहारको सडक यातायातको विकास देखेर नेपालसित तुलना गर्दै नेपालका बाबुराम भट्टराईबाहेक अरू सबै नेतासित एउटा नीतीशकुमारलाई साट्नु परे पनि हामी तयार हुनेछौं भन्ने आशयको कुरो थियो । त्यो त्यत्तिखेरको कुरो हो, जतिखेर डा. भट्टराई प्रधानमन्त्री बनिसकेका थिएनन् । अहिले केही हप्तादेखि बिहारका मुख्यमन्त्री नीतीशकुमार र नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रस· निकै चर्चामा रहेको छ । बिहार एउटा प्रान्त हो र नेपाल एउटा स्वतन्त्र देश हो । बिहार नेपालको प्रान्त होइन र बिहारका मुख्यमन्त्री र नेपालका प्रधानमन्त्रीको राजनीतिक धरातल पनि मिल्दैन, न राजनैतिक विचार नै मेल खान्छ । तर अहिलेको अवस्थामा बिहारबाट विश्वले नै पाठ सिक्नुपर्नेमा नेपाल अछुतो रहन जानु कमजोरी हुन जान्थ्यो । के देखिन्छ भने बाबुराम भट्टराई र नीतीशकुमारको शिक्षाको धरातलको क्षेत्रगत समानता रहेको छ । नीतीशकुमार पनि इन्जिनियर हुन् भन्ने कुरो कतै पढेजस्तो लाग्छ । हाम्रा डाक्टर प्रधानमन्त्री पनि यही धरातलका हुन् । नीतीशकुमारले बिहारलाई विश्वमा चिनाउने मौका पाए तर बाबुरामलाई प्राविधिक मौकामात्र मिलेको छ । इतिहासको अत्यन्त कठिन घडीमा प्रधानमन्त्री बनेका बाबुरामलाई आफ्नो पार्टी र बाहिरका सबै दलले एकोहोरो प्रहार गर्ने र जसरी पनि असफल बनाउने धुनमा लागेका छन् । यस विषयमा नीतीशकुमार भाग्यमानी छन् । उनलाई आफ्नो दलभित्र कुनै विरोध छैन र गठबन्धनमा रहेका दलले पनि आँखा चिम्लेर समर्थन गरेको जस्तो देखिन्छ । बिहारको निर्माणको जिम्मा बिहारी नागरिकले इन्जिनियरलाई पूर्ण बहुमतले लगाएजस्तै नेपाल निर्माणको जिम्मा पनि नेपाली नागरिकले डाक्टर सापलाई पूर्ण बहुमतले नलगाएसम्म देशको विकास सम्भव होला भन्ने कुरामा अब जनतालाई विश्वास छैन । हो, बाबुराम इमानदार छन्, सक्षम छन्, स्वच्छ छन् । यस्तो चरित्रमा सबैतिरबाट दाग लगाउने प्रयास यसकारण हुन्छ कि बाबुराम यदि दागविहीन वा सफल हुन पुगे भने भोलि उनको वाहवाही हुन्छ । यसकारण बाबुरामका सबै नयाँ कदमलाई असफल बनाएमा उनी पनि आफ्नै श्रेणीको हुनेछन् भन्ने मानोभावले काम गरेको छ । बाबुरामभन्दा अघिल्ला दुई प्रधानमन्त्रीको कार्यकाल शान्ति र संविधानको दृष्टिले शून्य काम भएर देश र जनताको समय बर्बाद पार्ने र देशको ढुकुटी रित्याउने काममा मात्रै सफल भएको मानिन्छ । कुनै ठोस काम भएको नेपाली जनतालाई थाहा छैन तर बाबुरामको छोटो कार्यकालमा शान्ति प्रक्रिया र संविधान निर्माण दुवै दृष्टिले महत्त्वपूर्ण छन् । हो, अपेक्षित सफलता हासिल गर्न सकिएन तर जे जति भयो विगतभन्दा निकै धेरै भएको छ । जसरी बिहारको बागडोर नीतीशले सम्हाल्नुभन्दा पहिलेका दुई मुख्यमन्त्रीले बिहारको नाम बदनाम बनाएका थिए र नीतीशले बिहारलाई सही नेतृत्व दिएर बिहारको नक्शा नै परिवर्तन गरिदिए । नीतीशकुमार र बाबुराम भट्टराईलाई पटनामा एकै ठाउँमा देखेर अनेक विश्लेषण गरिएका छन् । बाबुराम भट्टराई पटनामा रहँदा पनि बिहारबाट नेपालले सिक्नुपर्ने कुराको चर्चा भएको थियो भने बिहारका मुख्यमन्त्री नीतीशकुमारले पनि सञ्चारकर्मीसामु नेपालको चर्चा गरेका थिए । जसमा नेपाल र बिहारबीच सामाजिक र सांस्कृतिक सम्बन्ध तथा विकासको धरातलीय अवस्था विषयमा साझा सोचको विकासको आवश्यकता औंल्याएको छ । बाबुराम भट्टराई नेपालको प्रधानमन्त्रीको हैसियतमा भर्खर भारत भ्रमणमा दिल्ली गएका थिए, केही समयपछि पटना गए । पटनाको यस भ्रमणले नेपाल र भारतको सम्बन्धलाई अझ प्रगाढ बनाएको विश्लेषण गरिएको छ । नेपालले बिहारबाट अनौपचारिक रूपमा सिक्दै आएकोमा अब औपचारिक रूपमा सकारात्मक सिकाइको क्रम सुरु भएको छ । हिजो नेपाललाई स्वीटजरल्यान्ड बनाउने र नेपालका सहरलाई सिंगापुर बनाउने राजनीतिक भाषणहरू धेरै सुनिए । यसले नेपालीको कान पाकेको छ । यस्ता कुरा फिलिमको लागि मात्रै विश्वसनीय हुन्छ भन्ने कुरो जनताले बुझेको छ । अब नेपाली जनताले यस भावनात्मक भ्रमणबाट के बुझ्न थालेको छ भने नेपालले स्वीटजरल्यान्ड र सिंगापुरको कुरोलाई तत्काल थाती राखेर बिहारको सिको गर्दै विकास र सुशासनको बाटोमा हिंड्न अभ्यास गरेमा नेपालको कायापलट हुने थियो । सकारात्मक अर्थमा बाबाधामको यात्राका क्रममा साथीहरूसँग भएको छलफलमा बिहारमा नीतीशकुमार र नेपालमा डा. बाबुराम भट्टराई क्षमता, हैसियत र नयाँ सोच राख्ने नेताको रूपमा बुझ्ने प्रयास भएको थियो ।