प्रतीक दैनिकको ०६८/९/२३ गते शनिवार मुख्य पृष्ठमा प्रकाशित “गर्भवती, सुत्केरी र शिशुको नाममा भ्रष्टाचार, जिल्ला जनस्वास्थ्य नै शड्ढाको घेरामा” शीर्षकको समाचारमा यस अलौ उपस्वास्थ्य चौकीले सुत्केरी महिलाहरूको स्रेस्ता खडा गरेको भन्ने समाचारप्रति यस उपस्वास्थ्य चौकीको ध्यानाकर्षण भएको छ ।
कुनै पनि स्वास्थ्य संस्थामा गएर या घरैमा प्रसुति भएका आमा एवं शिशुहरूको रेखदेख महिला स्वयंसेविकाले गर्ने भएकोले हामीले त्यस प्रयोजनका लागि स्रेस्ता उठाएका हौं । ४ भिजिट वा मातृ शिशु सुरक्षा एवं सुत्केरी भत्ताको नाममा जिल्ला जनस्वास्थ्यबाट आजसम्म अलौ उपस्वास्थ्य चौकीले एक रुपैयाँ पनि पाएको छैन । यस उपस्वास्थ्य चौकीबाट कुनै पनि आर्थिक कारोबार नभएको स्पष्ट पार्न चाहन्छौं । बर्थिङ सेन्टरबाहेक जिल्लाका हामी जस्तै अन्य केही उपस्वास्थ्य चौकीहरूले ४ भिजिट र सुत्केरी भत्ता पनि पाइरहेको कुरा प्रतीकको समाचारबाट हामीले थाहा पायौं । यदि त्यस्तो हो भने जिल्ला जनस्वास्थ्यले कसैलाई काखा कसैलाई पाखा गर्न पाइँदैन । हाम्रो क्षेत्रमा भएका गर्भवती महिला, सुत्केरी एवं शिशु र अन्य स्थानकोमा केही फरक छैन । अन्य स्थानकाले पाइरहेका सेवा, सुविधा तथा बजेट यस उपस्वास्थ्य चौकीले पनि पाउनुपर्छ भन्ने हाम्रो माग छ ।
उपस्वास्थ्य चौकी इन्चार्ज
उपस्वास्थ्य चौकी, अलौ, पर्सा
यस सम्बन्धमा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साको लेखा शाखाले पनि अलौमा फोर भिजिट र सुत्केरी भत्ता शीर्षकमा कुनै रकम नपठाएको स्वीकार गरेको छ ।
सुषमा शर्मा, प्रस वीरगंज