उपेन्द्र यादव, बारा, १३ माघ/
बारा शिक्षा कार्यालयमा विगत वर्षदेखि हुँदै आएको अनियमितता रोक्न तथा अनियमितता गर्ने व्यक्तिहरूलाई
पत्ता लगाउन संयुक्त विद्यार्थी सङ्घर्ष समितिले शिक्षा कार्यालयमा सात दिने अल्टिमेटम सहित १२ वटा मागप्रति शिक्षा कार्यालयले बेवास्ता गरेको बताइएको छ ।
संयुक्त विद्यार्थी सङ्घर्ष समितिले माघ ४ गते बारा शिक्षा अधिकारी जयप्रसाद दासलाई शिक्षा कार्यालय व्यवस्थित सञ्चालन गर्नुपर्ने, कार्यालयले वितरण गरेको भौतिक पूर्वाधार कार्यक्रमको रकममा भएको चलखेल पत्ता लगाई दोषीलाई कारबाई गर्नुपर्ने, विद्यालयहरूले वास्तविक विद्यार्थीभन्दा बढी विद्यार्थी देखाएर दिवाखाना, पाठ्य पुस्तक तथा छात्रवृत्ति रकम लग्ने गरेकोमा त्यस्तालाई तत्काल कारबाई गर्नुपर्नेलगायत १२ वटा माग सात दिनभित्र पूरा गर्न ज्ञापनपत्र बुझाएको थियो ।
संयुक्त विद्यार्थी सङ्घर्ष समितिका सदस्य तथा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मुकेश साहले शिक्षा अधिकारी जयप्रसाद दासले पनि विगतका जिशिअहरूजस्तै बारामा शिक्षा माफियाहरूको इशारामा काम गरिरहेकाले माग पूरा गर्न नसकेको बताएका छन् । साहले आफ्नो मागप्रति जिशिअ दासले बेवास्ता गरेको भन्दै शिक्षा कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । सङ्घर्ष समितिका अर्का सदस्य अनेरास्ववियुका अहमद इमरान आलमले शिक्षा कार्यालयले मागको बेवास्ता गरेको भन्दै अब विरोधमा उत्रनु बाहेक विकल्प नरहेको बताए ।
शिक्षा कार्यालय, बारामा जो अधिकारी आएपनि शिक्षा माफियाकै बोलबाला हुने गरेको कारण शिक्षा क्षेत्रमा अनियमितता बढेकोले विद्यार्थीहरू विरोधमा उत्रनु परेको बताइएको छ । बाराका जिशिअ जयप्रसाद दासले विद्यार्थी नेताहरूले मागेका विवरण उपलब्ध गराइदिन शाखालाई निर्देशन गरिसकेको बताएका छन् ।