उपेन्द्र यादव, बारा, १५ माघ/
बाराका कानुन व्यवसायी तथा बार एसोसिएसन बाराका पूर्व अध्यक्ष वीरेन्द्र चौधरीमाथि निजको घरमा ज्यान लिने गरी अपराधी समूहले चलाएको गोलीबारे छानबिन गर्न बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रेमबहादुर खड्काले नेतृत्व गरेको टोली आइतवार बारा आइपुगेको छ । टोलीले चौधरीको जिल्ला अदालतभन्दा उत्तर १०० मिटर रहेको घर पुगी चौधरीमाथि चलाइएको गोलीले बनेको दाग हेरेका थिए ।
चौधरीमाथि यही माघ ५ गते बिहीवार बेलुका ६:३० बजे घरमा बसिरहेको बेला बोलाएर मूल गेटमा गोली प्रहार गरी अपराधी समूह भागेको थियो । बाराका कानुन व्यवसायीमाथि योभन्दा पहिले पनि आक्रमण हुने, घरमा बम पड्काउनेजस्ता क्रियाकलाप भइरहेपनि कोही पक्राउ पर्न नसकेको अवस्थामा बार एसोसिएसन बाराले सुरक्षाको प्रत्याभूति दिलाई सुरक्षाका लागि सम्बद्ध निकायलाई जनकारी गराइदिन बार एसोसिएसन केन्द्रीय कायार्लयसँग सहयोग मागेको थियो ।
आज आएको छानबिन टोलीले बाराका माननीय न्यायाधीश नीलकण्ठ प्रसाद उपाध्याय, प्रमुख जिल्ला अधिकारी वसन्तकुमार उपाध्याय, प्रहरी प्रमुख दान सिंह बोहरा तथा कानुन व्यवसायीहरूसँग छलफल गरेका थिए । छलफलमा बाराका प्रहरी उपरीक्षक दान सिंह बोहरा र प्रमुख जिल्ला अधिकारी वसन्तकुमार उपाध्यायले चौधरीमाथि गोली चलाउने अपराधीलाई समात्न प्रहरी प्रशासन लागिपरेको बताएका थिए ।