प्रस, निजगढ, १ माघ/
बाराको उत्तरी भेगस्थित नगरोन्मुख निजगढ गाविस सार्वजनिक प्रतिक्षालयको नगरीको रूपमा चिनिएको छ ।
करिब ५/७ वर्षअघि लायन्स क्लब निजगढले पूर्व–पश्चिम लोकमार्गको सडकसँगै नमुनाको रूपमा आकर्षक प्रतिक्षालय निर्माण गरेपछि अहिले निजगढको अधिकांश सडक छेउछाउ र टोल–टोलमा सार्वजनिक प्रतिक्षालयहरू छन् । सडकछेउ खानेपानी संस्था जाने बाटोमा लायन्स चोक प्रतिक्षालय, शहीदचोक, इलाका प्रहरी कार्यालयअगाडि पक्की प्रतिक्षालय र भमरा पुलनजिकै दुईवटा प्रतिक्षालयको निर्माण कार्य सम्पन्न भइसकेको छ । आफन्तको स्वर्गारोहणपछि मृतकको स्मृतिमा सडकखण्डनजिकै प्रतिक्षालय निर्माण गरिएका छन् । त्यसैगरी भित्री सडक र चोक–चौतारामा डेढ दर्जनभन्दा बढी प्रतिक्षालय छन् । प्रतिक्षालय आकर्षक डिजाइन, सुहाउँदो र·रोगनका कारण हेर्न लायक देखिन्छ । अधिकांश प्रतिक्षालयमा रातिका लागि बिजुली बाल्न सकिने व्यवस्था स्थानीय समाजसेवी, विकासप्रेमी निजगढका टोलवासीले गरेका छन् ।
त्यसैगरी सरसफाइ प्रतिक्षालयनजिकै रहेका घरधुरीले पालैपालो गर्ने गरेका छन् । यात्रामा निस्केका यात्रुहरूले बस कुर्न कसैको व्यक्तिगत घरआँगनको प्रयोग गर्नुपर्दैन र कुनै समस्या तथा झन्झट पनि छैन । गाउँका चोकचोकमा प्रतिक्षालय निर्माण भएजस्तै सार्वजनिक खानेपानीको ट्याड्ढी निर्माण गर्नेतर्फ भने त्यति ध्यान गएको देखिंदैन । सडकको दुवै किनारा करिब तीन/चार किलोमिटरको लामो एकनासे बस्ती निजगढ हाटबजारमा एकवटा मात्र मदन–आश्रित खानेपानी ट्याड्ढी छ । राजनीतिक पार्टीसँग आबद्ध स्थानीय केही युवाहरूले ८/९ वर्षअघि देउसी खेलेर ३०/४० हजार सड्ढलन गरी सो ट्याड्ढी निर्माण गरेका हुन् । जसले हाटबजार भर्न आउने तथा यात्रुहरूको प्यास मेटाउँदै आएको छ भने कुनै कारण बिहान पाइप लाइनमा पानी नआउँदा धेरै घरधुरीको समेत पानीको समस्या टार्दै आएको छ । त्यसैगरी सार्वजनिक शौचालय निर्माणका लागि ठाउँको अभाव र असहमतिका कारण केही समयअघिसम्म निजगढवासीले सफलता पाउन सकेका थिएनन् । तर केही समययतादेखि हाटबजारस्थित जमुनापैनीछेउमा भने शौचालय निर्माणको थालनी भएको छ । यसरी सार्वजनिक स्थानमा सार्वजनिक प्रतिक्षालय, खानेपानी ट्याड्ढी, शौचालय निर्माणपछि सरसफाइ र मर्मतसम्भारमा पनि स्थानीयवासी वा सम्बन्धित निकायले बेलैमा ध्यान पुर्याउनुपर्ने हुन्छ । जसका कारण यिनै सार्वजनिक भौतिक संरचनाले गाउँको र त्यहाँ बसोवास गर्नेहरूको समेत पहिचान बोकेको हुन्छ । त्यसैले आफू बस्ने घरआँगन मात्र होइन सार्वजनिक भौतिक संरचना, स्रोत, साधन, सम्पदा, चोक चौताराको समेत बेलाबेलामा संरक्षण, सवद्र्धन र विकास गरे आफ्नै टोल, गाउँ र नगरकै इज्जत बढ्छ ।