सन्दर्भ २६ जनवरी
सन् २०१० मा नेपालका राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणको अवसरमा भारत सरकार र नेपाल सरकारले वीरगंजमा भारत–नेपाल मैत्रीगृह निर्माण गर्न एउटा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । समझदारीपत्रमा भारत सरकारका तर्फबाट विदेश सचिव श्रीमती निरूपमा रावले र नेपाल सरकारका तर्फबाट भारतका लागि नेपालका राजदूत रुक्म शम्शेर जबराले १६ फरवरी २०१० मा हस्ताक्षर गरेका थिए । यस आयोजनाको अनुमानित लागत करिब नेरु. ४० करोड रहेको
छ ।
वीरगंजमा सभागृहको निर्माण, यसमा समाविष्ट सुविधाहरूको स्थापनाले औद्योगिक नगर वीरगंजका नागरिकको आवश्यकता पूर्ति हुनुका साथै मध्य तराई क्षेत्रको नै विभिन्न गतिविधिहरू–समारोह आयोजन, बैठकहरू, उद्योग एवं व्यापार प्रदर्शनी, सांस्कृतिक कार्यक्रम सञ्चालनमा सुविधा पुग्नेछ । वीरगंजमा गतिलो सभागृह नभएको अवस्थामा अधिवेशन, सम्मेलन तथा बैठकहरू सम्पन्न गर्न अप्ठेरो पर्ने गरेको समस्यालाई यस सभागृहको निर्माणले निकास दिनेछ । सभागृहको निर्माण शैलीले सौन्दर्यानुभूतिको विलक्षण परिदृश्य उपस्थित गरेर बाहय वातावरणमा समेत प्रभाव पार्नेछ । सभागृहको भव्यताले सो स्थलको मनोरञ्जनात्मक मूल्य अवश्य नै बढ्ने छ ।
वीरगंज उपमहानगरपालिकाले उपलब्ध गराएको वीरगंज–पथलैया राजमार्गछेउ घण्टाघर नजिक (पूर्व यातायात संस्थान परिसर) सभागृहको निर्माण १.१७ हेक्टर (झन्डै ३५ कठ्ठा) जग्गामा हुनेछ । सभागृहको निर्माण सम्पन्न भएपछि सञ्चालन एवं संरक्षणको जिम्मा वीरगंज उपमहापालिकाको रहने छ । संरचनाको व्यवस्थापन, मरम्मत–सम्भार एवं दिगोपनका लागि पनि उपमहानगरपालिका नै उत्तरदायी हुनेछ । सैनिक ब्यारेक, अञ्चल प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय निकट निर्माण हुन लागेको यो सभागृहस्थल, तसर्थ सुरक्षित र संरक्षित रहने छ ।
सभागृह भवनको निर्माण ३८२९ वर्गमिटर क्षेत्रफलमा तीन चरणमा सम्पन्न हुनेछ । यसमा एक हजार मानिस बस्ने क्षमता हुनेछ । निर्माणस्थलको जम्मा क्षेत्रफल ११८१२ वर्गमिटर हुनेछ भने भवन परिसरमा सभाकक्ष, कार पोर्च, प्रवेशद्वार, पाले कक्ष, जेनरेटर हाउस, पार्किंग क्षेत्र तथा सवारी तथा पैदल व्यक्तिले हिंडडुल गर्न फर्श हुनेछ, ढिस्को बगैंचा, फूलबारी तथा हरित क्षेत्र रहने छ । जनक्षेत्रमा सभाकक्ष, लबी, पैसेज र भर्याङ, लिफ्ट, ट्वायलेट तथा वाशरूम रहने छन् । सभाकक्षमा र·मञ्च, ड्रेसिङरूम, वाशरूम, नियन्त्रण कक्ष, कलाकारहरूका लागि हिंडडुल गर्ने ठाउँ, कार्यालय, भर्याङ र प्राजेक्टररूमका लागि पृष्ठ–र·मञ्च रहने छ । सभाकक्ष समग्ररूपमा वातानुकूल सुविधाले पूर्ण हुनेछ । फर्निचर, फर्निनिशिंगका साथै भित्तामा पैनलिंग गर्ने, सिलिङको काम र आवश्यक ऊर्जा आपूर्ति काम सम्पन्न गरिनेछन् ।
सभागृह निर्माणका लागि भारत सरकारले भार्गव एन्ड एसोसिएट प्रालि, नयाँ दिल्लीलाई परामर्शदाता पनि
नियुक्त गरिसकेको छ । वीरगंजमा निर्माण हुने यस नेपाल–भारत मैत्री सभागृहको शिलान्यास छिटै हुने अपेक्षा गरिएको छ ।