प्रस, कलैया, १४ माघ/
बाराको सिमरास्थित बहुराष्ट्रिय कम्पनी सूर्य नेपालका मजदुरहरूद्वारा स्थापित श्रमिक बचत तथा ऋण सहकारी संस्थाको शनिवार उद्घाटन भएको छ । बारा क्षेत्र नं. ६ का सभासद् जयराम दाहालले सो संस्थाको उद्घाटन गरेका थिए । उक्त अवसरमा सभासद् दाहालले
सहकारीले राज्यको अर्थतन्त्रको प्रवद्र्धनका लागि खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।
कार्यक्रममा बारा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण पौडेलले सहकारीलाई नारा र सिद्धान्तमा मात्रै सीमित नराखी बजेट र कार्यक्रमका हिसाबले प्राथमिकतामा राख्न माग गरे ।
कार्यक्रममा जीतपुर सहकारी संस्थाका अध्यक्ष मुकुन्दबहादुर क्षेत्री, राष्ट्रिय सहकारी बैंक सिमराका प्रमुख युवराज त्रिपाठी, सप्तर·ी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजु अधिकारी, सामाजिक कार्यकर्ता राजन पौडेल, सञ्चारकर्मी सुनिल गाउँलेलगायतले संस्थाको प्रगतिको कामना गरेका थिए ।
संस्थाका अध्यक्ष बेनी तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन प्रेम बस्नेतले गरेका थिए भने स्वागत चिरञ्जीवी थापाले गरेका थिए ।