दावेइ, म्यान्मा, १५ माघ । म्यान्मा संसद्को रिक्त ४८ सिटका लागि हुन लागेको निर्वाचनका उम्मेदवार आङ साङ सुकीको हजारौंको भीडले स्वागत गरेको छ ।
नोबेल पुरस्कार विजयिता सुकी आफूले उम्मेदवारी दिएको क्षेत्र दावेइमा आइतवार पहिलोपटक चुनाव प्रचारका क्रममा गएकी थिइन् ।
चुनाव प्रचारको क्रममा हजारौंको जनसमूहलाई सम्बोधन गर्दै नेत्री सुकीले “हामी सही दिशातर्फ लागेको खण्डमा हामीसँग थुप्रै मौका छन्”– बताएकी थिइन् ।
दुई दशकभन्दा बढी समय सैनिक शासनले व्याप्त यस मुलुकमा हाल आएर सुकीले स्वतन्त्ररूपमा संसद्को सिटमा चुनाव लड्न पाएकी हुन् ।
सन् २०१० मा सैनिक सरकारले आमनिर्वाचन गराएको र त्यसमा पनि सैनिक सहयोग प्राप्त दलले नै विजय हासिल गरेको थियो ।
तर व्यापक जनविरोध र निष्पक्षतालाई लिएर पश्चिमा राष्ट्रले उठाएको प्रश्नलाई थेग्न नसक्दा म्यान्मामा सुकीको पार्टी नेशनल लिग फर डेमोक्रयासी पनि चुनावमा उठ्न पाउने मौका पाएको समाचारमा उल्लेख छ ।
म्यान्मा नेशनल लिग फर डेमोक्रयासीलाई राजनीतिमा फर्काउनुका साथै सरकारले राजनीतिक सुधारका कार्यक्रमहरू– राजीतिक बन्दीलाई रिहा गर्नु, अस्पताल, सरकारी कार्यालय एवं संसद् भवनबाहेक स्थानमा प्रदर्शन गर्न पाउने, पार्टीको झन्डा बोक्न पाउने गरी स्वतन्त्रता दिनु र निर्वाचनमा सुधारसम्बन्धी विधेयक पारित गरेको थियो ।
यसैको फलस्वरूप सुकीको पार्टीले चुनावमा उठ्ने पाउने मौका पाएको समाचारमा जनाइएको छ । म्यान्माका जनताबीच अत्यन्तै लोकप्रिय सुकीको चुनाव प्रचारले म्यान्मामा प्रजातन्त्रको आशा देखापरेको छ ।
सुकीको पार्टीले संसद्को ४८ सिटकै लागि उम्मेदवारी दिएको छ । तर सुकीले याङ्गोन नजिकै ग्रामीण इलाका दावेइबाट उम्मेदवारी दिएकी समाचारमा जनाइएको छ । रासस