पञ्चायतकालमा वीरगंजमा काङ्ग्रेस भन्ने बित्तिकै ‘देवेन्द्रलाल नेपाली’ को स्मरण हुन्थ्यो । उतिखेर पञ्चायती व्यवस्था विरोधी कार्यक्रम अगावै देवेन्द्र दाइको घर वरपर सरकारी जासुसहरूको निगरानी चर्को हुन्थ्यो, काङ्ग्रेसी कार्यक्रममा देवेन्द्र दाइ अनुपस्थित हुँदा खल्लो लाग्थ्यो । सटिक भाषण, चोटिलो प्रहार, दर्हो आवाज, कानुनी दाउपेचमा राजनीतिक भाषण उनको विशेषता थियो । पञ्चहरू उनलाई कर्के नजरले हेर्थे । त्यतिखेरका शीर्ष काङ्ग्रेसी महारथीहरूको वीरगंज आगमनमा बसाइ, खुवाइ र सुरक्षाको केन्द्रसमेत देवेन्द्र दाइको माइस्थानको घर हुन्थ्यो । उनले आफ्नो जवानी र जीवन काङ्ग्रेसकै लागि अर्पित गरेका थिए । तर त्यतिखेरका वीरगंजका प्रखर, प्रख्यात काङ्ग्रेसी नेता एवं पोपुलर कानुन व्यवसायी देवेन्द्र प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आउँदासमेत जहाँको त्यही रहे । सङ्क्षेपमा भन्ने हो प्रजातन्त्र आएपश्चात् काङ्ग्रेसबाटै उनको नाता नै टुटयो । काङ्ग्रेसको मूलधारबाट उनी पछि, झन्–झन् पछि पर्दै गए । यसरी वीरगंजे काङ्ग्रेसका खम्बा, नेविसङ्घका संस्थापक सदस्य देवेन्द्र दाइ आफ्नैहरूको शिकार हुन थाले, षड्यन्त्रबाट पाखा लगाइँदै गए । धेरैले उनलाई मुँहफट
(बढी बोल्ने) घमण्डीको संज्ञा दिन्छन् । आफ्नैहरूले उनलाई पर्सा–१ बाट महाधिवेशन प्रतिनिधिसम्म बन्न नदिन नानाथरी भाँडभैलो मचाउँथे । पञ्चायतकालमा उनको वडा नं. ११ मा वार्ड अध्यक्षमा समेत गणेशमान सिंहको लठ्ठीले जित्छ भनेझै, देवेन्द्र दाइले रुचाएको काङ्ग्रेसीले विजय पाउँथ्यो । यस्तो देवेन्द्रलाई पर्सा १ बाट न काङ्ग्रेसले संसद्मा टिकट दियो, न राष्ट्रियसभामा लग्यो । उनको पेशा र अनुभवअनुसारको संविधान सभामा छिर्ने अवसरबाटसमेत वञ्चित गरियो ।
शेरबहादुर देउवालाई त उनले– ‘शेरे, तँ प्रधानमन्त्री भएर ठूलो मान्छे भइस्, मलाई बिर्सिस्’ समेत भनेका थिए । अन्तरिम प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईले २०४७ सालको संविधान ७८ दिनमा बनाएका थिए, त्यस बेला काङ्ग्रेसले देवेन्द्रलाई संविधान निर्माणको सदस्य बन्न अफर गरेको थियो, त्यो अफरलाई देवेन्द्र दाइले ठुकराई दिए । त्यसपछि काङ्ग्रेसले देवेन्द्रलाई कुनै अफर र अवसर दिएन । गोरखाबाट २०१५ सालको पहिलो आम निर्वाचन हारेका कृष्ण प्र. भट्टराईले ७८ दिनमा संविधान बनाएर वाहवाही कमाए, अहिले गोरखाबाटै सबैभन्दा बढी मत ल्याएर वाहवाहीका साथ विजयी भई प्रधानमन्त्री समेत बनेका बाबुराम भट्टराईलाई संविधान बनाउन आच्छु–आच्छु परेको छ ।
अस्ति पुस २७ गते बुधवारका दिन पर्साका राजावादीहरूले घण्टाघरमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको नाममा एउटा आमसभा आयोजना गरे जसको प्रमुख वक्ता तथा आकर्षणका केन्द्र देवेन्द्रलाल थिए । राजावादीहरूको यो कार्यक्रममा देवेन्द्र दाइले फेरि बाजी मारे, आफ्नो प्रखर वक्तागिरी प्रदर्शन गर्दै राजा, राजतन्त्र र पृथ्वीनारायण शाहको महत्त्वबारे धूवाँधार भाषण गरे, खुबै ताली बज्यो । म झस्किएँ, मेरो मानसपटलले २०४७ साल अघिको युवा देवेन्द्रलाई देख्यो । तर वास्तविकता अर्कै थियो, चाउरी परेको अनुहार, बुढापा झल्काउँदै ढल्किएको ढाड, बुढयौली पाराको चश्मा र सेतै फुलेको कपालमा राजावादीहरूको कार्यक्रममा थाकेकाजस्ता देखिने देवेन्द्र दाइ राजतन्त्रको पक्षमा गणतन्त्रको विपक्षमा गतिलो चोटिलो प्रहार गर्दै थिए । भाषण गर्दा तालीको गडगडाहट र मञ्चबाट ओर्लंदा उनको भाषणबाजीले कायल भएका थुप्रै राजावादीहरू उनीसँग हात मिलाउँदै थिए । यसरी पञ्चायत विरोधी, राजतन्त्र विरोधी कार्यक्रमका अगुवा विगतका शान देवेन्द्रदाइ एकाएक राजावादी मञ्चको आकर्षणको केन्द्र बनेको देख्दा मलाई पनि अचम्म लाग्यो । ‘उल्टो ग·ा बगेको हो’ कि ‘लौटके बुद्ध घरको आए’ भएको हो मैले उम्याउन सकिनँ । मुलुकमा गणतन्त्र आएपछि एउटा परिवर्तन अवश्य भएको छ । देवेन्द्र दाइजस्ता थुप्रै सच्चा, त्यागी प्रजातन्त्रवादीहरू राजावादी भएका तथा विगतमा थाल ठटाएर हात्ती भगाउने राजावादीहरू गणतन्त्रवादीमा परिवर्तन भएका छन् । देवेन्द्रलालजस्ता खम्बाहरू ढलेर, गलेर जाँदासमेत काङ्ग्रेसलाई कुनै चिन्ता छैन, बरु ‘नयाँ नौ दिन, पुराना सौ दिन’ थाहा हुँदाहुँदै चेतैहरूलाई रातो कार्पेट बिछयाएर सम्मानका साथ भित्र्याउने परिपाटी चलाएर गणतन्त्रवादीहरू मख्ख छन् । ‘सस्ता रोए बारबार, महँगा रोए एकबार’ भनेझैं यस्तो रवैयाले गणतन्त्रवादीहरूको हविगत वर्तमान राजतन्त्रभन्दा कम उदेकलाग्दो नहोला भन्न सकिन्न । देवेन्द्रलालजस्ता हस्तीहरू राजावादी भए भन्नुभन्दा किन भए भनेर सोच्नु जरुरी छ । प्रजातन्त्रका यस्ता होनहार हस्तीहरू यसरी पलायन गराउने षड्यन्त्र कतै प्रजातन्त्रवादीहरूबाटै त भइरहेको छैन ? प्रजातन्त्र र गणतन्त्रको नाममा केहीले मुलुकमा एकछत्र लुट मचाएको कुरा कसैसँग छिपेको छैन । सत्ता र कुर्सीको लागि जथाभावी, असमान, असहज गठबन्धन गर्दै मुलुकको राष्ट्रियतासमेत दाउमा लगाउन सक्नेहरूलाई देवेन्द्र दाइजस्ताको पलायन ‘समुद्रबाट एकलोटा पानी हुन् सक्छ ।’ तर घरमा रहेको लोटाबाट उठ्ने सुनामीको लहर समुद्रभन्दा खतरनाक हुन सक्छ । देवेन्द्रले सदा काङ्ग्रेस पार्टीको लागि राजनीति गरे आफ्नो लागि होइन । आफ्नो लागि राजनीति गर्नेहरू माथि–माथि उक्लँदै गए, पार्टीको लागि लड्नेमर्ने देवेन्द्रहरू पाखा लाग्दै गए । पञ्चायतकालमा वीरगंजमा आत्माराम ओझापछि सबैभन्दा बढी पटक पक्राउ पर्ने, जेल जानेहरूमा देवेन्द्रलालको नाम अग्रस्थानमा आउँछ । पञ्चायतकालमा राजतन्त्रको खलनायक मानिने देवेन्द्र काङ्ग्रेसको निम्ति नायक थिए । अब तिनै देवेन्द्रको चाहना छ– ‘राजा आऊ, देश बचाऊ, दुर्दिन हटाऊ’ । ‘मिले स्वर में स्वर तुम्हारा, तो स्वर बने हमारा’ भनेझैं देवेन्द्र दाइ र राजावादीहरूको स्वर मिल्न थालेको छ ।