प्रस, वीरगंज, १ माघ/
मकर सङ्क्रान्ति तथा आदिवासी थारू समुदायको नयाँ वर्ष एवं माघी पर्व आज हर्षोल्लासका साथ मनाइएको छ । माघी पर्व तथा नयाँ वर्षको उपलक्ष्यमा आज वीरगंजमा र्याली, सभा तथा सांस्कृतिक कार्यक्रमहरू सम्पन्न भयो । थारू समुदायले वीरगंजको घण्टाघरबाट निकालेको झाँकीसहितको र्याली वीरगंजको माईस्थान, महावीरस्थान, अलखियामठ र आदर्शनगर हुँदै नगर सभागृहमा पुगी समारोहमा परिणत भएको थियो ।
थारू कल्याणकारिणी समिति पर्साका अध्यक्ष रामनारायण गौरोको अध्यक्षतामा सम्पन्न समारोहमा मुख्य अतिथि नेपाली काङ्ग्रेस पर्साका सभापति सुरेन्द्रप्रसाद चौधरी थिए । समारोहलाई सम्बोधन गर्दै नेता चौधरीले माघी पर्व थारूहरूका लागि विशेष दिन भएकोले मुलुकभरिका थारूहरूले आफ्नो हकअधिकारको लागि आजैदेखि एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा थारू समुदायका महिलाहरूले विभिन्न किसिमका झाँकी प्रदर्शन गर्नुको साथै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रस, कलैया/
तराईका आदिवासी थारूहरूले आफ्नो महान् पर्व माघ पवनी, तिला सङ्क्रान्त अर्थात नयाँ वर्ष आइतवार बारामा हर्षोल्लासपूर्वक मनाएका छन् । बाराको थारूबस्तीहरूमा यो पर्व अत्यन्त हर्षाेल्लासका साथ मनाइएको थियो । उक्त अवसरमा बाराको छातापिपरामा थारू कल्याणकारिणी सभा गाउँ कार्यसमितिको आयोजनामा एक सांस्कृतिक कार्यक्रमसमेत सम्पन्न भएको थियो । उक्त कार्यक्रममा थारू संस्कृतिका झलकहरू देखाइएको थियो । उक्त कार्यक्रमको उद्घाटन थारू कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष भजुमनराम महतो थारूले गरेका थिए । उनले आदिवासी थारूहरूलाई एकजुट भई आफ्नो हकअधिकार संविधानमा लिपिबद्ध गर्न दबाब दिनुपर्ने बताए । आजैका दिन हरुवा–चरुवा मुक्त हुने र उनीहरूले साहु खोज्ने तथा साहुले हरुवा–चरुवा खोज्ने भएकोले यसलाई नयाँ वर्षको रूपमा मनाइने गरिएको उनले जनाएका छन् । आजको दिन तिलको लड्डु तथा सठौराले एकताको सन्देश दिने गर्छ भने स्वस्थ्य रहने प्रेरणा दिने गरेको उनले जनाएका छन् ।