मानिसले प्रगति त निकै गरेको छ तर पनि उसको सामुदायिक प्रवृत्तिमा अहिले दुई आवञ्छनीयताहरू नराम्ररी गाँजिएका छन् र मानिसलाई त्यस गरिमाबाट वञ्चित पारेका छन्, जुन नियतिले उसलाई उदारतापूर्वक प्रदान गरेको छ ।
यी दुई प्रवृत्तिहरूमा एउटा हो सड्ढीर्णता र दोस्रो विलासिता । दृष्टिकोणमा सड्ढीर्णता र व्यवहारमा विलासिता आएपछि ती दुवै क्षेत्र विकृत भएका छन् । फलत: ढुसीजन्य विषाक्तताले मानिसको स्तर र समाजगत वातावरण नराम्ररी अस्तव्यस्त पारिदिएको छ । फलत: समृद्धि र प्रगतिको, सुख र शान्तिको साटो विनाश र विग्रह उत्पन्न भई अनेकानेक सड्ढट उपस्थित गराइरहेको देखिन्छ ।
फलका कीरा र कुवाँका भ्यागुता आफ्नै परिधिमा सन्तुष्ट रहन्छन् । पिंजरामा बन्द पक्षी आश्रित पनि हुन्छ र सुरक्षा पनि महसुस गर्छ । यतिमैं पनि जसले विस्तृत क्षेत्रमा विचरण गरेर विशालताको आनन्द प्राप्त गरेको छ उसका लागि सड्ढीर्णताको त्यो दयनीय परिधि निकै लज्जाजनक र कष्टप्रद प्रतीत हुन्छ । निर्वाह नै त सबै कुरो होइन । जीवनमा यस अतिरिक्त पनि धेरै कुरो छ । त्यसको परित्याग गरेर उदरपूर्तिमा मात्र सीमाबद्ध हुने हो भने जड र चेतनमा के फरक रहयो ? वृक्ष–वनस्पतिले पनि निर्वाह–साधन उपलब्ध गर्दछन् । कृमि–कीटहरूलाई त्यसको कमी हुँदैन । अनि आत्माको गरिमालाई पोषण कसरी प्राप्त हुने ? आन्तरिक उल्लासको विकास कसरी सम्भव हुने ? महानताको अभिलाषा नै महत्त्वाकाङ्क्षा हो । प्रगतिको मार्ग अवरुद्ध छ भने हात–खुट्टा बाँधिएको कैदीजस्तो जीवन जिउनुबाट के सार ? अन्न त उसले पनि पाइहाल्दछ ।
आध्यात्मिक क्षेत्रको सड्ढीर्णताको तात्पर्य हो आफ्नोपनको परिधिलाई सानो वृत्तमा खुम्च्याउनु । शरीरसम्म आफ्नो सत्ता ठान्नेहरू आत्माको वास्ता गर्दैनन्, भविष्यप्रति आँखा चिम्लिदिन्छन्, परिवार र समाजप्रति निर्धारित उत्तरदायित्व पालन गर्दैनन् । कैयौं मद्यप, आवारा प्रवृत्तिका मानिसहरू कमाउँछन् र शरीर सुखका लागि उडाइदिन्छन् । त्यसमा अन्यको कुनै भागीदारी ठान्दैनन् । यस्तो बराँठिएको प्रवृत्ति वन्य–पशुमा पनि हुन्छ । हात्ती, बँदेल, हरिन आदिमध्ये पनि कहिलेकाहीं झुन्ड छाडेर एकल हिंड्न थाल्छन् । यस्तोमा उनीहरू अनुशासनबाट मुक्त भएर स्वच्छन्द रहनुको लाभ देख्छन् । तर त्यस्तो गर्दा आफ्नो सामाजिकता गुमाउँछन् र स्नेह–सौजन्यजस्ता सबै विशेषताबाट वञ्चित भएर निष्ठुर, निर्मम स्वभाव ग्रहण गर्न पुग्दछन् । अकारण कसैमाथि आक्रमण गर्ने उद्दण्ड स्वभाव ग्रहण गर्दछन् ।
आत्मीयताले सरसता उत्पन्न गर्दछ । जो आफ्नो हो, उही प्रिय लाग्दछ, त्यो परिधि जति सानो हुन्छ, प्रियजन त्यति नै थोरै हुन्छन् र त्यस लाभबाट वञ्चित रहनुपर्छ, जुन असङ्ख्यलाई आफ्नो बनाएर उपलब्ध हुन सक्दथ्यो । आत्मीयता को आरोपण जसमाथि पनि गरियोस् त्यो आफ्नै लाग्नेछ र आत्म विस्तारको, परिवारको सदस्य बनेर आनन्दको अभिवृद्धि गर्नेछ । जसको आफन्त थोरै हुन्छन् उसलाई सबै बिरानो लाग्छ, ऊ सदैव आफूलाई असुरक्षित, अभावग्रस्त र असन्तुष्ट अनुभव गर्छ । आत्मीयताको विस्तारको अर्थ हो–जीवितहरूलाई आफ्नोपनको परिधिमा समेट्नु । बढी साधन र सुविधाबाट प्रसन्नताको अनुभूति हुन्छ, गर्व र गौरव प्रतीत हुन्छ । त्यसै प्रकार जसको जति बढी आफ्ना छन्, ऊ आत्मदृष्टिको आफूलाई त्यति नै बढी सुसम्पन्न अनुभव गर्दछ । यही हो प्रसन्नताको केन्द्रबिन्दु । थुप्रैको दु:ख बाँडेर लिनु र आफ्नो सुख अनेकौंमा बाँडिदिएर नै मानिस हाँस्दैखेल्दै, सरल–सहज जीवन बाँच्न सक्छ ।
साधु, वानप्रस्थ, लोकसेवीस्तरका महामानवहरूको एउटै प्रमुख विशेषता के हो भने उनीहरू आत्मीयताको परिधि बढाउँछन् र त्यसमा समस्त समाज अथवा संसारलाई समेटिलिन्छन् । विराट् दर्शन यही हो । समुदायलाई भगवान् मान्नु र त्यसका साथ श्रद्धा, संवेदना जोडिदिंदा भगवद्शक्तिको व्यावहारिक स्वरूप लोकम·लको साधना बन्न पुग्दछ । योगाभ्यासबाट सत्प्रवृत्ति संवर्धनयुक्त सेवा साधनालाई सर्वोत्तम र सर्वसुलभ मानिएको छ । त्यो समाजको उपकारको प्रत्युपकार बन्न जाँदा ऋणमुक्तिको हलुकोपन महसुस हुन्छ । आत्मगौरव माझिन्छ र सेवाको साटो सम्मान र सहयोगको वर्षा हुन थाल्दछ । थोरै समय र धन खर्चंदा प्रथम चरणमा यो नोक्सानी प्रतीत हुन्छ तर धेरैबेरसम्म वस्तुस्थिति अप्रकट रहँदैन । केही समयमैं बीजारोपण अङ्कुरित हुँदै, मौलाउँदै, फल्दै–फुल्दै र समुन्नत स्तरमा पुगेर शिर गर्वोन्मत्त राख्न सक्ने स्थितिमा हुन्छ । परमार्थका लागि चालिएको पाइलाको पनि यस्तै दूरदर्शी निर्धारण बुझ्न सकिन्छ ।
स्वार्थी ती हुन्, जो मात्र शरीरलाई, स्त्री–बच्चालाई आफ्नो मान्दछन् र अन्यान्यप्रति उपेक्षा भाव राख्दछन् । परमार्थी ती हुन्, जो आफ्नो स्वार्थलाई परम व्यापक बनाउँछन् । आत्मालाई सीमित र परमात्मालाई असीम भन्दछन् । आफ्नोपनको परिधि विस्तार गर्नेहरू, उनका दु:खसुखमा सक्रियरूपले भागीदार बन्नेहरू प्रकारान्तरमा परमात्मासम्म पुर्याउने सुनिश्चित मार्गमा हिंड्दछन् । महामानवहरूले सदैव यही मार्गको अनुसरण गरेका छन्, उनीहरू शरीर अथवा परिवारप्रति अनिवार्य उत्तरदायित्वको निर्वाह त गर्दछन् तर त्यतिमैं सीमित बस्दैनन् । देश, धर्म, समाज र संस्कृतिप्रति आफ्नो वरिष्ठ उत्तरदायित्वको निर्वाह पनि गरेका छन् । आवश्यकता पर्दा महान्का लागि तुच्छ र गौण मान्ने साहस पनि सँगाले ।
सन्त, सज्जन, लोकसेवी, देशभक्त, महामानव प्राय: यस्तै गर्दछन् । कुटुम्बको सुविधामा कटौती गरेर उनीहरूले समाजगत् सत्प्रवृत्तिहरूको संवद्र्धनमा आफूलाई नियोजित गरे । कहाँसम्म भने यसका लागि तथाकथित स्वजनहरूको विरोध पनि सहे र उनको आग्रहलाई निरस्त गरे । वैराग्य र त्याग–बलिदानको चर्चा यसै आदर्श प्रतिपादनका लागि हुन्छ । कैयौंपटक सञ्चित सड्ढीर्णता यस मार्गमा बाधक पनि बन्दछ । तर उदारको उम·ले यसलाई टिक्न कहाँ दिन्छ ।