प्रस, रौतहट, १३ पुस/
पशुमा कृत्रिम गर्भाधान गर्न थालेपछि रौतहटका किसानले राँगो र बहर पाल्न छाडेका छन्।
भैंसीलाई राँगोको सट्टा कृत्रिम गर्भाधान गराउन थालेपछि रौतहटका किसानले राँगो तथा बहर पाल्न छाडेका हुन्। जिल्ला पशु कार्यालय, रौतहटले न्युनतम शुल्कमा पशुको कृत्रिम गर्भाधान गराउने प्रविधि ल्याएपछि किसानले राँगो र बहर पाल्न छाडेको कार्यालयले जनाएको छ।
भैंसी वा गाईलाई गर्भाधान गराउँदा रु. २०५ देखि रु. ५०० सम्म राँगा तथा बहर पाल्नेले लिने गरेको किसान बताउँछन्।
कृत्रिम गर्भाधान सजिलो तथा झन्झटमुक्त भएका कारण आफ्नो पशुलाई कृत्रिम गर्भाधान गराएको चन्द्रनिगाहपुरका पशुपालक मीनप्रसाद मैनाली बताउँछन्।
पशुमा कृत्रिम गर्भाधान गराउँदा पशुले दूध पनि धेरै दिने, उच्च नस्लको पशु उत्पादन हुने गरेको कारण किसान आकर्षित भएका पशु चिकित्सक खड्ककुमार मैनालीले बताए।
यसैगरी जिल्लास्थित केही गाविसका किसानले आफ्नै घरमा प्राङ्गारिक मल बनाउन थालेपछि रासायनिक मलको प्रयोगमा कमी आएको छ।
जिल्लाको चन्द्रनिगाहपुर, पौराई, सन्तपुर, डुमरियालगायत गाविसका किसानले आफ्नै घरमा तयार पारेको प्राङ्गारिक मल आफ्नो खेतबारीमा प्रयोग गर्न थालेको किसान सानोबाबु थापाले बताए।
घरमा पालेको गाईवस्तुको गोबर, स्याउला तथा पातपतिङ्गर कुहाएर बनाएको प्राङ्गारिक मल बालीनालीमा प्रयोग गर्दा प्रशस्त मात्रामा उब्जनी हुने र माटोको उर्वरा शक्तिसमेत बढ्ने कृषि प्राविधिकको भनाइ छ।
किसानलाई समयमा रासायनिक मल पाउन मुश्किल भएको र पाइहाले पनि महँगो मूल्य तिर्नुपर्ने बाध्यता रहेकोले घरैमा प्राङ्गारिक मल बनाउन थालेको चन्द्रनिगाहपुरका किसान बलराम बस्नेतले बताए।