अनन्तकुमार लाल दास
कक्षागतरूपमा जब कुनै विद्यार्थी पढाइमा पछि पर्न थाल्छ, ऊ कमजोर विद्यार्थी भनेर चिनिन्छ। यस्तो विद्यार्थीको शिक्षा, शिक्षकको विशेष ध्यानबेगर सम्भव हुँदैन। प्राय: के दखिएको छ भने शिक्षकहरू यसतर्फ ध्यान दिंदैनन्। परिणामत: त्यो विद्यार्थी झन्झन् कमजोर हुँदै जान्छ। हुनत प्रशिक्षण लिंदा यस्तो विद्यार्थीमाथि व्यक्तिगतरूपले ध्यान दिन पनि सिकाइन्छ तर विद्यालयको परिस्थिति, विद्यार्थीको सङ्ख्या र समाजद्वारा कर्तव्यपालनको भावनामा कमीले शिक्षकहरूलाई यसतर्फ ध्यान दिने अवसर नै प्रदान गर्दैन। यदि शिक्षकले यसतर्फ अलिकति विचार गर्दछ भने धरै विद्यार्थीलाई बिग्रनबाट बचाउन सकिन्छ। शिक्षकहरूको अल्प प्रयासले पनि आश्चर्यजनक परिणाम दिन सक्छ। एक पटक गरेको प्रयास र त्यसबाट प्राप्त सफलता यदि शिक्षकले महसुस गर्यो भने स्वयं ऊ प्रोत्साहित हुन्छ र यस्तो क्रियाकलापमा आनन्द तथा सन्तोष अनुभव गर्छ। यस आलेखमार्फत् यही छलफल गर्न खोजिएको हो।
विद्यार्थीहरू पढाइमा किन पछाडि पर्दछन् ? वास्तवमा भन्ने हो भने जुन विद्यार्थी विद्यालयमा पढ्न जान्छन् उनीहरू मन्द बुद्धिका हुँदैनन् । मानसिकरूपले विकलाङग विद्यार्थीहरू यस्ता विद्यालयमा पढ्दैनन्। उनीहरू शारीरिक रूपले विकलाङग हुन सक्छन् तर यो कारण पनि केही विद्यार्थीहरूमा मात्र लागू हुन्छ।
शिक्षकले यस्ता विद्यार्थीहरूमाथि अलि बढी ध्यान दियो भने उनीहरू सप्रन सक्छन् । त्यस्ता विद्यार्थीहरूका लागि परीक्षण प्रणाली पनि विकसित भएको छ। सबैभन्दा पहिला विद्यार्थीहरूको स्तर मापनका लागि कक्षाअनुरूप सामान्य ज्ञानको प्रश्नावली तयार गरी सामूहिक परीक्षा लिनुपर्छ। यसबाट उनीहरूको बौद्धिक स्तर थाहा हुन्छ । यसबाट प्राप्त परिणाममा पचास प्रतिशतभन्दा कम अङक ल्याउने विद्यार्थीलाई कमजोर विद्यार्थीको सूचीमा राख्नुपर्छ। अर्को तरिका हो वस्तुनिष्ठ प्रश्न सोधेर उनीहरूको ज्ञानको मापन गर्न सकिन्छ र पचास प्रतिशतभन्दा कम ल्याउने विद्यार्थीलाई यस सूचीमा राख्न सकिन्छ।
यसका साथै विद्यार्थीहरूको इन्द्रिय वा शारीरिक परीक्षण पनि डाक्टरहरूको सहयोग लिई गराउनुपर्दछ। कहिलेकाहीं शिक्षकहरूले बोलेका कुरा नसुन्ने वा कालोपाटीमा लेखेका कुराहरू प्रस्ट हेर्न नसक्दा पनि विद्यार्थीहरू पढाइमा कमजोर हुन्छन्। यसबाहेक कक्षामा शिक्षकले विभिन्न परिस्थितिमा उनीहरूको व्यवहारको अध्ययन गर्न सक्छ। यस प्रकार कमजोर विद्यार्थीहरूको एउटा सूची तयार गर्नुपर्दछ। एकपटक विद्यार्थीको कमजोरी थाहा भयो भने त्यसको कारण पनि खोज्नुपर्दछ। कहिलेकाहीं के देखिएको छ भने विद्यार्थीको घरछेउमा बढी आवाज गर्ने कारखाना छ भने बेस्सरी बोल्ने वा बेस्सरी बोलेका कुरा मात्र सुन्ने उसको बानी पर्छ, यस कारण पनि विस्तारै बोल्दा उसले केही सुन्दैन र पढाइमा कमजोर हुन्छ। विद्यार्थी कमजोर हुनुमा कुनै न कुनै कारण अवश्य हुन्छ जसलाई शिक्षकहरूले थोरै प्रयासबाट थाहा पाउन सक्छन्।
कहिलेकाहीं शिक्षक स्वयं पनि विद्यार्थीहरूको कमजोरीको कारण बन्छन् । प्राथमिक र माध्यमिक तहमा यस्ता कैयौं शिक्षकहरू छन् जसको हरेक सवालको जवाफ ‘छडी’ हुन्छ। गृहकार्य बनाएर ल्याएको छैन भने छडी, याद गरेको छैन भने छडी, ढिलो आएको छ भने छडी, कोही छिटो आएको छ भने छडी, शिकायत लिएर आयो भने छडी, कसैले केही सोध्न चाहयो भने पनि छडी। यस्ता शिक्षकसँग कसरी न्यायको आशा गर्न सकिन्छ ? कसैले उनीहरूसँग ‘रवि सर कहाँ हुनुहुन्छ भनेर सोध्यो भने विद्यार्थीहरूले जवाफ फर्काउँछन्– ए, ‘स्टीक सर’ ? उ त्यहाँ हुनुहुन्छ। अब तपाईं नै भन्नुहोस्, रवि सरको यो नयाँ छवि कसले निर्माण गरेको हो ? स्वयं उहाँले आपैंm बनाउनु भएको हो । यस कारण कमजोर विद्यार्थी यस्ता शिक्षकहरूको अगाडि पनि पर्न चाहँदैनन् र दिन प्रतिदिन झन् कमजोर हुँदै जान्छन् ।
कतैकतै त के पनि देखिएको छ भने शिक्षकहरूले आशीर्वादको साटो विद्यार्थीहरूलाई नराम्रो शब्द प्रयोग गर्छन् जसले कलिला विद्यार्थीहरूको मनमस्तिष्कमा नराम्रो असर पर्छ। विज्ञान पाँच कक्षासम्म अति नै राम्रो थियो। कक्षा छमा विज्ञान पढाउने एक शिक्षकले पेट दुखेको कारण गृहकार्य बनाएर न ल्याउँदा– “तिमी नालायक हौ। तिमी कहिले पनि पास हुँदैनौ” भनेर झपारे। यस कुरोको प्रभाव त्यस केटोमाथि यति पर्यो कि ऊ विस्तारै अन्य विषयहरूमा पनि कमजोर हुँदै गयो र कमजोर विद्यार्थीहरूको सूचीको अग्रपङ्क्तिमा उसको नाम देखिन थाल्यो। यस्ता कैयौं उदाहरणहरू छन् जसले के देखाउँछ भने विद्यार्थीहरूको कमजोरीको एक कारण शिक्षक स्वयं पनि हो।
अब प्रश्न उठ्छ यस्ता विद्यार्थीहरूमा सुधार ल्याउन के गर्नुपर्छ ? सरसर्ती हेर्दा यस्ता विद्यार्थीहरू कमजोर हुन्छन् तर मन्द बुद्धि हुँदैनन्। उनीहरू केही व्यक्तिगत कारणले गर्दा कक्षाका अन्य विद्यार्थीभन्दा पछाडि छन्। कतै के देखिएको छ भने विद्यार्थीहरूको रुचि जुन विषयमा हुन्छ त्यसमा उनीहरू राम्रो अङक ल्याउँछन् र अन्य विषयमा कम। यसको अर्थ उनीहरू कुनै खास विषयमा कमजोर छन्। भिन्न–भिन्न विषयका शिक्षकहरूले आआफ्नो विषयमा कमजोर विद्यार्थीहरूको सूची तयार गर्नुपर्छ र छलफल गरी विद्यार्थीहरूमा भएको कमजोरी हटाउने प्रयास गर्नुपर्दछ।
यसो हेर्दा के पनि देखिएको छ भने विद्यार्थीहरूको आयुअनुसार पनि कमजोरीको कारण फरक–फरक हुन्छ। यस कारण शिक्षकहरूले सूचीमा समावेश भएका प्रत्येक विद्यार्थीको घर कहाँ छ, घरको परिस्थिति कस्तो छ, थाहा पाउनुपर्छ । यसका लागि विद्यार्थीहरूसँग खुलेर कुरा गर्नुपर्छ। उनीहरूको विश्वास हासिल गर्न मित्रवत् व्यवहार पनि गर्नुपर्छ। कहिलेकाहीं भ्यायो भने उनीहरूको घर पनि जानुपर्छ। यसो गर्नाले विद्यार्थीहरूको कमजोरी धेरै हदसम्म न्यून गर्न सकिन्छ।
वास्तवमा भन्ने हो भने शिक्षकहरूले आइएड वा बीएड गर्दा धेरै कुराहरू सिकाइन्छ तर ती सबै कुराहरू बिर्सेर उनीहरू विद्यालयमा प्रवेश गर्छन् र त्यहाँको प्रचलित ढर्राअनुरूप स्वयंलाई परिवर्तित गर्छन्। हुनु त के पर्ने हो भने कमजोर विद्यार्थीहरूमा सुधार ल्याउन विशिष्ट शिक्षण विधि प्रयोग गर्नुपर्ने हो। उनीहरूको शारीरिक आधारमा कार्य शिक्षाको व्यवस्था हुनुपर्ने हो। विद्यार्थीहरूको पारिवारिक र व्यक्तिगत समस्यामाथि विचार विमर्श गर्नुपर्ने हो। सोही अनुसार शिक्षण पद्धति प्रयोग गर्नुपर्ने हो। विधि जुनसुकै भए तापनि पढाउँदा रुचिकर र सहज बनाउने प्रयास गर्नुपर्छ। यसरी सजिलो विधिले पटक–पटक कुनै कुरालाई दोहोर्याउँदा धेरै समस्याको समाधान स्वत: हुन्छ।
कमजोर विद्यार्थीको गृहकार्य पूरा गराउन शिक्षकहरूले विद्यालयमा नै केही समय निकाल्नुपर्छ। सम्भव नभएमा घरका ठूलाबडालाई जिम्मा लगाउनुपर्छ। यो पनि सम्भव नदेखिएमा घरमा नै त्यस विषयलाई पढाउने शिक्षकको व्यवस्था गर्नुपर्छ। यसरी विद्यालयका शिक्षक र अभिभावक दुवै मिलेर विद्यार्थीको कमजोरी हटाउने प्रयास गर्छन् भने अति उत्तम हुन्छ। कहिलेकाहीं विद्यार्थीहरू धेरै बलियो भएर पनि कमजोर हुन्छन्, मन्दबुद्धिले होइन। यस्ता विद्यार्थीहरूले आफ्नो शक्तिको प्रयोग चकचक गर्नमा प्रयोग गर्दछन्। यस्ता चकचके विद्यार्थीहरूलाई क्रिएटिभ वा टेक्निकल कार्यमा लगाउनु बेस हुन्छ।
विद्यार्थीहरूको कमजोरी हटाउने अर्को तरिका के पनि हुन सक्दछ भने कमजोर विद्यार्थीहरूको सूची तयार गरी विद्यालयमा नै केही निश्चित समयका लागि पढाउने व्यवस्था मिलाउनुपर्छ र त्यसका लागि प्रत्येक दिन बेग्लाबेग्लै विषय–शिक्षकलाई जिम्मा सुम्पिनुपर्छ। यसो गर्ने शिक्षकलाई विद्यालय व्यवस्थापन समितिले पनि थोरै भए तापनि केही सुविधा प्रदान गर्नुपर्छ।
सत्य कुरो के हो भने विद्यार्थी कमजोर हुनुमा जति दोषी अभिभावक वा स्वयं विद्यार्थी हुन्छ त्योभन्दा कम शिक्षक पनि हुँदैनन्। शिक्षकहरूको सबैभन्दा ठूलो कमजोरी के हो भने उनीहरू पूरा पिरियड पढाउँदैनन्। कक्षामा गए पनि मोबाइलमा नै व्यस्त देखा पर्छन्। अर्को कारण विद्यालय समयमा शिक्षकहरूलाई काजमा खटाइने चलनले पनि कक्षा चल्दैन। यस कारणले पनि होला सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूको कक्षामा उपस्थिति न्यून हुन्छ र जो आएका हुन्छन् तीमध्ये आधा टिफिन उप्रान्त घर फर्कन्छन्। क्याम्पसहरूको त हाल झन् बेहाल छ किनभने त्यहाँ हाजिरी लिने चलन नै छैन। यस कारण को आयो, को गयो थाहा पाउनै सकिन्न। आन्तरिक परीक्षामा कुनै विद्यार्थी सामेल भयो कि भएन कसैलाई मतलब नै छैन। यी सब कारणले पनि विद्यार्थीहरूलाई कमजोर बन्न मदत पुर्याउँछ। यस कारण शिक्षक स्वयं पनि त्यतिकै दोषी हुन्छ।
विद्यार्थीहरूमा भएको कमजोरी हटाउन शिक्षक स्वयं सजग हुनुपर्छ। सरकार वा शिक्षा कार्यालयले पनि उनीहरूलाई छुट्टीको बेला काजमा खटाउनुपर्छ। शिक्षकहरूले पनि पूर्ण तयारीका साथ कक्षामा प्रवेश गर्नुपर्छ र रोचक तरिकाले पढाउनुपर्छ । टिफिनको बेला एक्लै नबसी विद्यार्थीहरू माझ गएर कुराकानी गर्नुपर्छ । प्राचीनकालका शिक्षकहरू विद्यार्थीको घर–घर जान्दथे जो अहिले सम्भव छैन। हामी पढ्दा चौथीचन्दाको दिन सबै शिक्षक र विद्यार्थी हरेकको घर जाने, उनीहरूका अभिभावकसँग कुराकानी गर्ने चलन पनि अहिले छैन। कारण के हो भने समयको अभाव, आफ्नो दबदबाको अभिमान र निस्स्वार्थ भावनाको कमीले क्षिकहरूलाई त्यस ठाउँमा पुर्याएको छ जहाँ हामी सुन्न पाउँछौं– “मलाई के मतलब पढछन् वा पढदैनन्। आपैंm भोग्छन्। अभिभावक र प्रधानाध्यापकले गरून्। जो पढ्न खोज्छ उसलाई मैले पढाइ दिने हो।”