प्रस, निजगढ, १४ पुस/
पुसलाई फासफुस हुने महिनाको रूपमा लिने गरेपनि यस वर्ष पुस महिनाले एक्कासि गर्मी जगाएको छ। तीन/चार दिनअघि झन्डै दुई सातासम्म शीतलहर खेपेका अधिकांश तराईका मानिसलाई ज्याकेट नै दराजमा थन्याउने गरी गर्मी बढ्दै गएपछि जनमानस अचम्भित भएको छ। पुसमा त यस्तो गर्मी छ भने चैत, वैशाख, जेठ अनि भदौको गर्मी थेग्न सकिने हो कि होइन चर्चाको विषय बनेको छ। दुई सातासम्म एकनासे बढ्दो शीत लहर र जाडोका कारण तराईका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहालगायत जिल्लामा दुई दर्जनभन्दा बढी मानिसको कठयाङ्ग्रिएर ज्यान गएको छ।
सरकारले जाडो पीडित परिवारहरूलाई तत्कालै राहत र सहयोग नगरेकोमा विरोध जनाउदै नारा जुलुस समेत प्रदर्शन गरेको पाइयो। पुसजस्तो जाडो महिनामा विगतमा घाम लाग्दै नलाग्ने होइन् तर पारिलो घाम लाग्थ्यो । यसपटक त चिट्चिट् पसिना नै आउने गरी घाम लाग्यो– निजगढ–८ का ८३ वर्षीय नारायणप्रसाद धिताल भन्छन्। पुसमा यस्तो अचाक्ली गर्मी भएको भने, शायद पहिलो नै हो। उनीजस्तै गाउँबस्तीका धेरैजना बूढापाकाहरू यस्तै सुनाउँछन्। जाडोपनि मुटु कँपाउने ररगत जम्ने गरी हुने र गर्मीपनि उस्तै बढ्दै गएको अर्का वृद्ध हरिप्रसाद अधिकारीले बताए। पुस महिनामा दिउँसो यताउति जाँदा–आउँदा छाता ओढेर घाम छल्नुपर्ने भएको छ। वन विनाश, बिग्रँदो पर्यावरण, प्राकृतिक स्रोत–साधनको अप्राकृतिक दोहनकै कारण प्रतिकूल असर नजिकिंदै आएको जानकारहरू दाबी गर्छन् ।
विकसित मुलुकहरूमा बढ्दो आधुनिक कल–कारखाना, उद्योग–धन्दा लगागत कारणले जलवायु प्रदूषण हुन गएको विज्ञहरू भन्छन्। तर नखाएको विष लागेझैं बढ्दो पर्यावरणीय प्रतिकूकलताको मार विश्वका हामी र हाम्रोजस्ता विकासोन्मुख राष्ट्रले जानी–नजानी भोग्नुपरेको छ। यसरी बढ्दै गएको जलवायु परिवर्तनलाई ठ्याक्कै रोक्न नसकेपनि न्यूनीकरणतर्फ हाम्रै मुलुक बेलैमा लाग्नुपर्ने देखिएपनि विभिन्न स्थानमा विभिन्न नाममा वन विनाश बढ्दो, कलकारखाना, क्रसर, उद्योगहरूका प्रदूषण न्यूनीकरण गर्न गराउन सम्बन्धित निकाय अग्रसर भएको देखिंदैन। प्राकृतिक स्रोत साधनको दोहन, अव्यवस्थित कल–कारखाना, उद्योग धन्दा, वन विनासलाई न्यूनीकरणका लागि बेलैमा जनता पनि नलाग्ने हो भने, भयावह अवस्था नआउँला भन्न सकिन्न । पुस महिनामा चर्को घाम लाग्नु, वर्षामा प्रर्याप्त पानी नपर्नु, विभिन्न किसिमका छाला सम्बन्धी रोग लाग्नु वा लक्षण देखिनु वातावरण बिग्रँदै गएको सङकेत हुन सक्ने जानकारहरू बताउँछन्।