सत्तारूढ एनेकपा माओवादीभित्र देखिएको विवादले मुलुकवासीलाई अन्योलमा पारेको छ। एमाओवादीको गुट, फुट र अन्योल मुलुकको अग्रगतिमा बाधक बनेको छ। सैद्धान्तिक विवाद नभएर माओवादीभित्र स्वार्थको विवाद छ। स्वार्थको विवाद सिद्धान्तले समाधान हुन सक्दैन। डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको मोहन वैद्यपक्षले नै हो। वैद्य र भट्टराई पक्ष एक भएर डा. भट्टराईलाई प्रम बनाउने तयारी गरेपछि एक्लो परेका प्रचण्डले पनि डा. भट्टराईलाई नै प्रधानमन्त्री बनाउन समर्थन दिएका हुन्। प्रचण्डले पनि डा. भट्टराईलाई प्रधानमन्त्री बनाउन साथ दिने भएपछि वैद्य पक्षधरहरू डा. भट्टराईको पक्षबाट टाढा हुन थाले। आज आएर भट्टराई नेतृत्व सरकारको मुख्य बाधक र चुनौती आफ्नै पार्टीभित्रका वैद्य पक्षधर बनेका छन्। हिजो प्रचण्ड र वैद्य एकतर्फ थिए। डा. भट्टराई एक्लो परेका थिए। त्यतिबेला वैद्यलाई नजिक पार्न प्रचण्डले आफ्नो हेयरस्टाइलसमेत चेन्ज गरेको चर्चा चलेको थियो । त्यसैगरी डा. भट्टराई र वैद्य एक हुँदा प्रचण्ड एक्लो परेका थिए भने आज प्रचण्ड र भट्टराई एक छन्, वैद्य एक्लो परेका छन्।
सैद्धान्तिक मदभेद हो भने ३ महिना, ६ महिनामा परिवर्तन हुँदैन। स्वार्थको लडाइँ स्वार्थपूर्ति भएकै दिन विश्राम लिन्छ। त्यो विश्राम दीर्घकालीन हुँदैन। जुनबेला स्वार्थ जाग्छ फेरि लडाइँ सुरु हुन्छ । हो माओवादीभित्रको त्रिपक्षीय लडाइँ त्यही स्वार्थको लडाइँ हो। स्वार्थको लडाइँले पार्टीलाई ‘न मरि जानु, न गरि खानुको’ अवस्थामा पुर्याएको छ। आन्तरिकरूपमा चिरा परिसकेको भए तापनि ‘हामी फुट्यौंै’ भनेर घोषणा गर्न चाहिँ कसैले हिम्मत गर्न सकेको छैन। किनभने पार्टी फुटेको घोषणा गर्ने पक्ष कहिल्यै पनि उँभो लाग्न सकेको छैन। त्यो दुर्गति भोग्न नपरोस् भनेर नै फुटेको आधिकारिक घोषणा गर्न उनीहरू डराएका हुन्।
‘बैरी हिंडेको बाटै बाङगो’ भनेझैं एमाओवादीभित्रका परस्परविरोधी समूहहरू एकले हिंडेको बाटोमा अर्कोले पाइलै नटेक्ने भएका छन् । सरकार गठन, सेना समायोजन, घरजग्गा फिर्ता र राज्य पुनर्संरचना आयोग गठनलगायतका विषयहरूमा माओवादी एकमत देखिएन । अन्य दलहरूबीच सहमति भए पनि माओवादीभित्रका गुटहरूबीच सहमति नहुँदा विलम्ब, ढिलासुस्ती तथा अवरोध सृजना भइरहेको छ। एउटा दलभित्रका स्वार्थपूर्ण झगडाका कारण सिङगो मुलुकलाई अनिर्णयको बन्दी बनाउनुभन्दा कि त फुट्नु नत्र जुट्नु। होइन दुवै अवस्था नरहे अगुवा नेताहरूले विश्राम लिएर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरी मुलुकलाई निकास दिनु बुद्धिमता ठहर्ने छ।