प्रस, वीरगंज, १२ मङ्सिर/
वीरगंज उद्योग वाणिज्य सङ्घले उद्योग, व्यापार, पर्यटन, सेवा, प्रविधि र कृषिसम्बन्धी बृहत् मेला तथा प्रदर्शनीको आयोजना गर्ने बताएको छ।
सङ्घमा आज आयोजित पत्रकार सम्मेलनमा नेक्स्पो–२०११ अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना वीरगंजमा गरिने बताइयो। वीरगंज उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने मेला तथा प्रदर्शनीमा नेपाल उद्योग वाणिज्य महाङ्घ, नेपाल सरकार, उद्योग मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग विकास बोर्डसमेत आयोजक रहने र मेलामा करिब ८ करोडको व्यापार हुने वीउवासङ्घले दाबी गरेको छ।
सङ्घका अध्यक्ष अशोक टेमानीले वीरगंजको आदर्शनगर रङगशालामा पुस ८ देखि १७ गतेसम्म आयोजना गरिने नेक्स्पो–२०११ अन्तर्राष्ट्रिय व्यापार मेलालाई करिब ३ लाखले अवलोकन गर्ने अनुमान गरिएको बताए। उनले उद्योग र व्यापारको प्रवद्र्धनको लागि सङ्घले २०५७ सालदेखि मेलाको आयोजना गर्दै आइरहेको र २०६३ सालमा राष्ट्रियस्तरको उद्योग, व्यापार, पर्यटन, सेवा, प्रविधि र कृषिसम्बन्धी बृहत् मेला नेक्स्पो वीरगंजको सफलतापूर्वक आयोजना गरिसकेको बताउँदै नेक्स्पो–२०११ लाई सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
खुल्ला बजार र सञ्चारको सर्वसुलभताको कारण बर्सेनि हजारौं उत्पादनहरू बजारमा भित्रिरहेको सन्दर्भमा उत्पादक तथा आमग्राहकको चाहनाअनुरूप नेपालमा भित्रिएको तथा भित्रिने क्रममा रहेका वस्तु र सेवाहरूलाई एउटै छानामुनि अवलोकन गर्ने उद्देश्यले नेक्स्पो–२०११ को आयोजना गर्न लागेको सञ्चार व्यवस्थापन समितिका संयोजक मनोजकुमार उपाध्यायले बताए।