गाँजा बरामद भएको तथा गाँजासहित मानिस पक्राउ परेका समाचारहरू स्थानीय पत्रपत्रिकाहरूमा आज भोलि दिनहुँ आउने गरेका छन्। पर्सा जिल्लामा हाल कार्यरत प्रहरी उपरीक्षक रमेश खरेलले कार्यभार सम्हालेपछि आयोजित एक सार्वजनिक कार्यक्रममा आफ्नो कार्यकालमा पर्साबाट गाँजा उल्मूलन गर्ने घोषणा गरेका थिए। खरेलभन्दा अघिल्लो प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठको पालोमा नियन्त्रणमा आएको गाँजाखेती खरेलको समयमा पुनरावृत्ति हुन्छ र नियन्त्रण हुन सक्दैन भन्ने टीका–टिप्पणीहरू पनि नभएका होइनन्। ती टीका–टिप्पणीहरूलाई गलत साबित गर्दै प्रउ खरेलले अभियानलाई अझ अगाडि बढाउन सफल भएका छन्। गाँजाको ओसारपसार तथा कारोबार धेरै नियन्त्रणमा आएको छ। ग्रामीण क्षेत्रका कृषकहरूले पनि प्रहरीको गाँजा उल्मूलन अभियानलाई साथ दिएका छन्। कतिपय गाउँ, टोल, बस्तीहरूमा स्थानीय कृषकहरूले आफ्नो गाँजा आफैंले नष्ट गर्ने कार्य गरिरहेका छन् भने प्रहरीहरूको छापामारीमा पनि प्रत्यक्ष वा परोक्षरूपमा स्थानीयको सहयोग र समर्थन प्राप्त छ।
केही वर्ष पहिलेसम्म प्रहरी र स्थानीय प्रशासनका व्यक्तिहरू आफैं गाउँ टोलमा पुगेर कृषकहरूलाई गाँजाखेती गर्न सुझाउँथे। कृषकहरूको गाँजाको सुरक्षा गर्ने जिम्मेवारी वहन गर्थे। जिम्मेवारीबापत केही अंश जिल्ला प्रहरी हुँदै झण्डावाला कुर्सीसम्म पुग्ने गथ्र्यो। मानौं त्यतिबेला कतिपयले त गाँजा अवैध वस्तु हो भन्ने कुरा पनि बिर्सिसकेका थिए। गाँजा लुकाएर होइन देखाएर राखिन्थ्यो। जसको घरमा धेरै गाँजा उसको ठूलो सान, गाँजा लगाउन नसक्नेहरू हुतिहारा र कमजोरमा दरिन्थ्यो। कट्ठा होइन बिघामा गाँजा रोप्न सक्नेहरू मात्र समाजमा अगुवा पङ्क्तिमा गनिन्थ्यो । धेरै दिन भएको छैन, भर्खरको कुरा हो, अझै पर्सेली समाज त्यो मानसिकताबाट पूर्णरूपमा मुक्त भइसकेको छैन। वर्षौदेखि चल्दै आएको प्रणालीमा आंशिक परिवर्तन भएको छ तर आमूल परिवर्तन हुन समय लाग्छ। कुनै पनि वस्तुलाई एकैपटक नुगाउन खोजियो भने भाँचिन सक्छ, विकृति पैदा हुन सक्छ।
प्रहरीले गाँजा छापामारी गर्ने क्रममा पनि विकृति देखापर्न थालिसकेको छ। पहिलो कुरा त समाजमा प्रहरीको काम गाँजा छापामारी गर्नुबाहेक अरू कुनै कामै छैन कि भन्ने प्रश्न उठिसकेको छ। अर्कोतर्फ प्रहरीले गाँजा उन्मूलन गर्ने नै हो भने किन रातको समयमा छापामारी गर्नुपर्यो, दिनमा गएर छापामारी गर्नु झन् सजिलो। कसैले गाँजा अन्यत्र लुकाउन खोज्यो भने पनि सजिलै देख्न सकिने, काम गर्न पनि सहज। प्रहरीले रातविरात छापामारी गर्ने गरेपछि एउटा आतङक सृजना भएको छ। जिल्लाको ग्रामीण क्षेत्रमा कोही पाहुना आएमा राति घरमा सुताउन र आफू घर छोडेर अन्यत्र जानसमेत समस्या भइसकेको छ। प्रहरीले गाँजा बरामद गरिरहेको बेला नजिकमा भेटेको वा छापामारीको क्रममा फेला पर्ने निर्दोष व्यक्तिहरू पनि कारबाईमा पर्न थालेका छन्। अनाहकमा फसेकाहरूको सूची दिनानुदिन बढ्ने क्रम जारी छ। सयजना दोषी छुट्नुभन्दा पनि ठूलो अपराध एकजना निर्दोष फस्नुमा हुन्छ। निर्दोष व्यक्ति, पाहुना लागेका व्यक्तिहरूसमेत प्रहरीको हिरासतमा पर्दा समाज अनि जिल्लाकैे इज्जत र प्रतिष्ठामा समेत आँच आउने छ। विकृति बढ्दै गयो भने त्यसले भोलि ठूलो रूप लिन्छ अनि चिनी पनि तीतो हुन सक्छ।