–कुमार रुपाखेती
उत्साह र उमङगको चाड मानिन्छ दशैं। हिन्दूहरूको यो महान् चाडलाई नेपालीहरू उत्साहपूर्वक मनाउँछन्। हुनेखानेहरूका लागि ‘फेसन’ र भए खानेहरूका लागि ‘दशा’ साबित हुँदै गएको छ दशैं। दशैका लागि तिब्बतबाट भेंडा, च्याङ्ग्रा, हङकङे लुगा, कपडा, विदेशबाट रक्सी आए पनि सरकारले हिमालपारिका दुर्गम जिल्लाहरूमा दशैं मान्न त परै जाओस् टीकाका दिनमा अक्षताका लागि समेत चामलको गेंडा पठाउन सकेन तर पनि राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूले अनि पूर्वराजा समेतले देशवासीमा ‘मङगलमय दशैं’ को शुभकामना दिए। हेरौं यसपालिको दशैंमा के–के भयो मुलुकमा।
१) रक्सौल आऊ–जाऊ झन्झटिलो भएकोले यसपालिको दशैंमा वीरगंजका कपडा पसलहरूमा झिनो रौनक थियो। मनग्गे तलब बढेकोले कर्मचारीहरूले दिल फुकाएर किनमेल गरे।
२) दशैं अगावै सुलसुलेझैं कृत्रिम अभाव र महँगी बढ्दै गयो। वीरगंज उद्योग वाणिज्य सङ्घले दशैंको अवसरमा यसपल्ट ‘सस्तो बजार’ खोल्न सकेन।
३) यात्रुवाहक गाडीहरूले सवारी भाडामा लुट मच्चाए। कोचाकोच मान्छे राखे। तर दुर्घटनाको प्रमुख कारण मदिरा बन्यो । यसपटक दशैंमा पूर्वाञ्चलमा बढी दुर्घटना र क्षति भयो।
४) भारतीय सीमा कटेर दशैं धान्न घर फर्कने थुप्रै नेपालीहरूलाई भारतीय प्रहरी र भारतीय जनताले निकै सास्ती दिए, लुटे। पूर्वाञ्चलका दुई पत्रकारहरूसमेत पटनामा लुटिए।
५) नवरथादेखि लाग्ने गहवामाई मेलामा यसपालि त्यत्तिको रौनिक देखिएन। कमसल, डेट–एक्स्पायर र ड्यामेज पुराना सामान खपाउन मोतीहारी बिहारसम्मका व्यापारी सक्रिय देखिए।
६) वडादशैंका ग्रामीण क्षेत्रमा नाटक देखाइन्छ। वीरगंजका पुस्तक पसलहरूमा नाटकको किताब खोज्न यसपालि धेरै आए। लामो दशैं बिदा किताब पढेर बिताउन चाहनेहरूको सङ्ख्या पनि यसपल्ट उल्लेख्य वृद्धि भएको देखियो।
७) यसपालि अष्टमी गहवामेला व्यवस्थित देखियो। बलि कम चढ्यो। बलि क्षेत्र साँघुरो देखियो। ध्वनि प्रदूषण वर्णन गरी नसक्नु थियो।
८) दशैंको परिचय दिने चङगा र लिङगे पिङको नामोनिशान थिएन वीरगंजमा। पिङ खेलेर भुइँ छोड्नुपर्ने दशैंको पुरानो परम्परा हो।
९) विगतमा झैं यसपल्ट पनि खसी मासु र तासको राम्रै खपत भयो। तर सडकमा जथाभावी तीनतासे, लङ्गुर बुर्जा र जनता ठग्ने सरेआम जुवा नियन्त्रित थियो ।
१०) अष्टमीका दिन जिउँदै चढाइएका परेवा लुट्ने गिरोह गहवामाईमा सक्रिय थियो। काटिएको चङगा लुट्न हारालुछ भएझैं परेवा लुट्ने सक्रिय थिए।
११) सुरक्षा सक्रियताले गर्दा पारीबाट आएका पाकेटमारहरूको बिगबिगी न्यून थियो। यसपल्ट आइमाईका गरगहनासमेत अष्टमीका दिन लुछिएन।
१२) मारवाडी समुदाय अष्टमी मेलामा निश्शुल्क नास्ता ख्वाएर धर्म कमाउन होडबाजी गर्दै थिए। हुनेखाने मारवाडीभन्दा नहुने मारवाडीहरू निश्शुल्क नास्ता वितरणमा आकर्षित देखिए।
१३) भनिन्छ, यसपालि पर्सेली पत्रकारहरूको दशैंमा ग्रहण लाग्यो रे।
१४) मेलामा थुप्रिएको फोहर उठाउन निष्क्रिय नगरपालिका, अस्थायी पसलेसँग पैसा उठाउन सक्रिय थियो। अष्टमी मेलामा दादागिरी पाराले रकम असुलेको पनि देखियो।
१५) अष्टमी मेलामा टेन्ट गाड्नेहरूले बिना रोकटोक राम्रैसित बाटोमा समेत प्वाल पारे। यसपटक मेलामा स्थानीयहरू बासिन्दाको उपस्थिति पातलो थियो।
१६) बहुचर्चित वीरगंजे अष्टमी मेला, पुरानै ढर्राको नीरस र नौलोपन नभएको थियो। सरकारी अनुगमन नहुँदा महँगो, दूषित र अखाद्य वस्तुको राम्रो खपत भयो।
१७) मनग्गे आर्थिक सहयोग आउँदासमेत गहवामाई मन्दिर समयमा निर्माण नहुँदा भक्तजन निराश थिए। स्मरणीय छ नयाँ स्वरूपको मन्दिर निर्माणका लागि
हीरा गिरीले २०६४ सालमा शिलान्यास गरेका थिए।
१८) मन्दिर सञ्चालक समितिको कमजोरीले गर्दा मन्दिरको मूलढोकाका दायाँबायाँ लामो समयदेखि झिँगा भन्किएको प्रदूषित मिठाइ पसल, पानपराग र गुटखा पसल ‘धडल्ले के साथ’ चल्दा करोडौंको लागतमा निर्माणाधीन मन्दिरको शान घटाएको कुरूप बनाएको भक्तजनको आरोप छ।
१९) यसपटक गहवामाईबाहेक बौधीमाई, बिर्तामाई र विन्ध्यवासिनीमा पनि बलि कमै चढ्यो। गढीमाईमा बलि नै चढाइएन । मन्दिरहरूमा धर्म र राजनीति सँगसँगै जान थालेको छ।
२०) प्राय: राजनैतिक शून्यता रहने वीरगंजमा झनै राजनैतिक शून्यता महसुस गरियो। काशी तिवारी हत्याकाण्ड चर्चामा रह्यो। राजनीतिक ‘लिपापोती’ जारी छ।
२१) वीरगंजमा थुप्रै जीवित मेयरहरूमध्ये जनतालाई दशैं भोज खुवाएर रमाउने पूर्वमेयर विमल श्रीवास्तवलाई जनताले विमल श्रीवास्तव ‘भोज’ भन्न थालेका छन्।
२२) एकताका वीरगंजको नवरात्रिमा युवाहरूको सङ्ख्या धेरै थियो भने आजकाल केटाकेटी, आइमाई र ग्रामीण जनताको हुल ठूलो देखिन्छ।
२३) दशैं अवसरमा उपहार, छुटको सुनौलो मौकाभन्दा ग्राहक लोभ्याउने काममा पसलेदेखि पत्रिकासम्म सक्रिय देखिए।
२५) पत्रपत्रिकाको सरकारी श्रेणी विभाजनमा रजत वर्ष मनाएको प्रतीकले ‘क’ श्रेणीको दर्जा पाएर यस क्षेत्रकै प्रथम भएकोमा धेरैले रजत वर्ष र क श्रेणीको दशैं शुभकामना दिए प्रतीकलाई । र मेरो पनि मङगलमय शुभकामना।
२५) नलागेको रोगको घिनलाग्दो खत, घाउ, चिह्न शरीरमा बनाएर, आफूलाई घिनलाग्दो र दीनहीन बनाएर बीच सडकमा बसेर भीख माग्ने भारतीय माग्नेहरूले नौलो भीखमाग्ने कला प्रस्तुत गरे वीरगंजमा।
२६) २६ अगस्त र १५ जनवरी अर्थात् भारतीय गणतन्त्र दिवस र स्वतन्त्रता दिवसपछि सबैभन्दा बढी बिहारीहरू अष्टमी मेला भर्न वीरगंज बस्छन्।
२७) यसपल्ट दशैंमा नक्कली घरेलु रक्सी, सिलपैक रक्सी समेत स्वादविहीन भएको बताउँछन् पारखीहरू। त्यस्तै बिरामी चौपायाको मासु पनि दशैंमा खुब खपत भयो।
२८) गहवामाई मन्दिर वरपर सीसी क्यामरा जडान गरिएको छ, सबैको अनुहार क्यामरामा देखिन्छ। त्यसैले पाकेट नमार्नु, गहना नखोस्नु, परेवा नलुट्नु भनी माइकमा कर्कस ध्वनिमा हिन्दीमा पटक–पटक दोहोर्याइँदै थियो। तर मेलामा पर्सा प्रहरीले स्तरीय सेवा सुरक्षा दिएको थियो।
२९) अष्टमी मेलामा समेत छाडा गाई वस्तु, साँढेहरूले दर्शनार्थीहरूमा दगुरादगुरी मचाएको थियो।
३०) कुनै बेला ठूलो हर्ष बढाइँ गरी भित्र्याइने वीरगंजे फूलपातीको रौनक अब वीरगंजमा घट्दो छ।
३१) बडादशैंको अवसरमा वीरगंजबाट हराइएका पुराना र चर्चित अनुहारहरू चोक र गल्लीहरूमा देखिएका थिए।
३२) वडादशैंको अवसरमा नेपाली पत्रपत्रिकाहरूले लामै बिदा असोज १७ देखि २१ गतेसम्म दिए। तर धेरै पत्रिका निर्धारित बिदापछि समेत प्रकाशन भएनन् ।
३३) वीरगंजको घण्टाघरको रङगरोगनसमेत दशैंमा सकिएन। नगरपालिकाले बन्द घण्टाघरलाई झनै कुरूप बनाए।
३४) टीकाका दिन १०:३५ को टीका साइतपछि वीरगंजमा रातो टीका र जमरा लगाएर आफन्तका टीका थाप्न जानेहरूको झुन्डका झुन्ड देखिए।
३५) यसपटकको दशैंमा नेपाल राष्ट्र बैंकले ३० अर्बको नयाँ नोट बजारमा ल्यायो। तर जनताले २५ अर्बको मात्र नयाँ नोट साटे। टीकाको थालदेखि जुवाको खालसम्म छ्याप्छ्याप्ती नयाँ नोट पाइए ।
३६) श्रीपुर विद्यापीठको ९ दिने महायज्ञ नवमीका दिन सम्पन्न भयो। रु. ८३ लाख चन्दा सङकलन भएछ।
३७) यसपटक मासुको दाम बढेन। खसीभन्दा बोका महँगो थियो। हाँस, परेवा छोइ नसक्नु थियो। जाबो कुभिन्डो समेत ५०–५० रु.मा बिक्री भयो।
३८) दशैं भोज, रमजानको दावत होस् अथवा होली मिलन यी सबैमा धर्म र राजनीतिको तालमेल देखिन थालेको छ ।
३९) एसएमएस (मोबाइलबाट गरिने छोटो सन्देश) यसपालिको बडादशैंमा रु. १ करोड ५० लाखको भएछ। सबैभन्दा बढी अष्टमी र नवमीका दिन दशैं–तिहारको शुभकामना दिने गरिएको रहेछ ।
४०) यसपालि बडादशैंमा विदेश जाने नेपाली वायु सेवा निगमको जहाजले आशा गरेजति यात्रु पाएन। विगतमा मुसाले बदनाम भएको निगमका जहाज हङकङ सुरक्षाकर्मीको छड्के जाँचमा बदनाम भयो। जहाजमा सिट नराम्रो, लामखुट्टेको औषधि नछर्ने गरेको, साङ्लो र झिङगाको औषधि नछर्ने, सरसफाइको कमी हङकङ सुरक्षाकर्मीले औंल्याएका थिए।
४१) यसपल्ट दशैंमा शेयरको स्थिति खराब रह्यो तर डलर र सुन महँगो भयो। यसपटक दशैंमा सुनको बिक्रीमा र्हास आयो।
४२) काठमाडौं सस्तो बजारमा दशैंमा खाद्य संस्थानले एक हप्तामा २ हजार क्विन्टल रु. ९० लाखको चामल बेचेछ। ४३) एकादशीका दिन प्रचण्डका पिता मुक्तिरामको निधन भयो। प्रचण्डले यसपटक दशैंमा टीका लगाएनन्। ब्राह्मणले हलो जोत्नु हुन्न भन्ने मान्यता तोड्ने कवि केवलपुरे शनिवार राति १०:०० बजे स्वर्गवास भए।
४४) जथाभावी खाएर दशैंमा बिरामी परेकाहरूलाई कतिपय वीरगंज औषधि पसलेले आफैं डाक्टर बनेर औषधि दिएको नौलो दृश्य देखियो।
४५) गुरुकुल काठमाडौंले यसपालि रङगकर्मीहरूलाई कोजाग्रत पूर्णिमाका दिन मङगलवार टीका लगाइदियो।
४६) वीरगंजका अपाङगहरूले सहयोगमा पाएको हाते रिक्सा रक्सौल–वीरगंज गर्दै दशैंमा खुब सदुपयोग गरे।
४७) स्वास्थ्यमन्त्री राजेन्द्र महतो दशैंमा रणचण्डी बने। मधेसमा औंला उठाउनेको औंला काट्छु भने। स्वास्थ्यमन्त्रीले यसरी धम्काउन सुहाउँछ र ? औंला काटिनेको स्वास्थ्य उपचार पनि महतोले नै गर्नेहोला। मन्त्रीलाई सजाय कसले दिने ?
४८) दशैंपछि सरकारी कार्यालय खुले तर सुनसान छ।
४९) दशैंको मौका छोपेर लागू औषध पनि खुबै नेपाल भित्रियो। खाते बालकलाई हतियार बनाए तस्करहरूले।
५०) घटस्थापनादेखि सुरु भएको दशैं मङगलवारको कोजाग्रत पूर्णिमादेखि समाप्त भएको छ।
दशैंको स्वागतपछि अब नेपालीहरू दोस्रो महान् चाड तिहारको पर्खाइमा छन्। यसपटकको दशैंमा यति नै। अस्तु ।