उमाशङकर द्विवेदी
दशैंको धुमधाम सिद्धिएपछि दीपावलीको रमझम सुरू हुन्छ। पहाडको गाउँठाउँमा सरसफाइ तथा रङगरोगन दशैंभन्दा पहिले नै भइसकेको हुन्छ भने तराईका गाउँहरूमा सो काम दशैंपछि र तिहारभन्दा पहिले मात्र हुन्छ। तराईका गाउँहरूमा पक्की घरमा रङगरोगनको, सरसफाइको काम सुरु हुन्छ भने कच्ची घरहरूको लिपपोत तथा वरिपरिका घाँस, खरको सफाइको काम सुरु हुन्छ। धेरै वर्षात् हुने नक्षत्रहरू हालै सिद्धिएको हुनाले वर्षाको कारण बिग्रिए– भत्किएका फूसका पर्खाल–टाटी) मा माटो लिप्ने–पोत्ने काम आवश्यक हुन्छ। फूसको टाटीमा बान्हा चलाएर दुरुस्त पारिन्छ। मटखोनाबाट माटो ओसार्ने काममा गाउँघरका आइमाई, युवती तथा किशोरीहरूलाइ भ्याइ न भ्याइ भइरहेको हुन्छ। माटो ओसारेर त्यसमा पराल वा गहुँको भुस मिसाई पानी हालेर (काँदो) हिलो तयार पारिन्छ र त्यही कादोले फूसको पर्खाल (टाटी) लिप्ने काम हुन्छ । त्यो लेवार (तह) सुकेपछि गोबर र माटोको मसिनो लेदो बनाएर छेवछल
(सम्याउने) गरिन्छ। त्यसपछि पहेंलो माटोको झोल बनाएर पोत्ने काम हुन्छ । यस प्रकार पुरानो घर पनि नयाँ जस्तो देखिन्छ।
कार्तिक महिनाको कृष्ण पक्षको तेरस तिथिदेखि यमपञ्चक सुरु हुन्छ। तेरसको दिनलाई धनतेरस भन्दछन् र यस दिन सुन, चाँदी, पित्तल, ताम्बा, स्टील वा अल्युमुनियम जस्ता गच्छेअनुसारको धातुको भाँडो वा गरगहना घरमा भित्र्याउँदा शुभ हुन्छ भन्ने जनविश्वास रहेको छ। चतुर्दशी तिथिलाई नरक चतुर्दशी वा जमदियरी भन्दछन्। यस दिन रात्रिको समयमा खानपिन पछि एउटा सिङगो दियो बालेर गोबरको मान (थुप्रो)माथि अक्षता फूल तथा सिक्का राखिन्छ। भोलिपल्ट बिहानै कसैले नदेख्ने गरी त्यो पैसा टिपेर खल्तीमा राखी जुवा खेल्न गए हारिंदैन भने अन्धविश्वास रहेको छ। तेस्रो दिन लक्ष्मीपूजा हुन्छ। साँझपख घर–घरमा पाकेको माटोको दियो घरको कुना–काप्चा तथा कौसीमाथि लहरै बालिन्छ। गच्छेअनुसार विभिन्न किसिमका पटाका, छुरछुरी, बम तथा राकेट उडाएर मनोरञ्जन हुन्छ। प्रत्येक गृहस्थको घरमा दाल, भात, दही तथा विभिन्न मिसिमका तरुवा, पकौडी, पापड, अचारजस्तो परिकार तयार हुन्छ जसलाई सबैभन्दा पहिले गाईगोरुलाई ख्वाएर मात्र घरका मानिसले खान्छन्। गृहस्थहरूको हली आएर गाईगोरुको सिङमा तेल लगाइदिन्छ। यसै बेला कुनै गोठबाट भोजपुरी गीतको आवाज घन्किन्छ–भइया रे...केकर खोनावल हउंअे सागर पोखरवा, केकर बन्हावल हउंअे आँट रे..बाजन बोल..। गीतको कडी सुनिसकेपछि अर्को गोठबाट जवाफ आउँछ– भइया रे.. आरे भाइ... राजाके खोनावल हउंअे सागर पोखरवा, रानी के बन्हावल हउंअे आँट रे.. बाजन बोल। यस प्रकारले घन्टौं प्रश्नोत्तर भइरहन्छ। अन्त्यमा हली, हलीका छोरा, नातिहरू गृहस्थकै घरमा साथैमा खाना खान्छन् र घरका आइमाइहरूका लागि खाना लिएर घर जान्छन्। हलीले ल्याएको तेलको भाँडोबाट गृहस्थको कपालमा तेल लगाउन अनिवार्य हुन्छ किनकि त्यसो गर्दा शुभ हुन्छ।
रात्रि प्रहर वा शुभ साइतमा लक्ष्मी माताको श्रद्धा र विश्वासका साथ पूजा अराधना हुन्छ। तराईमा रहेको विश्वास अनुसार माता लक्ष्मीको यस प्रकारले पूजा आराधना गर्दा लक्ष्मीजीका साथै उनकी बहिनी दरिद्रा पनि आइपुग्दछिन् । लक्ष्मीपूजाको रातभरि दुवै दिदी बहिनीलाई घरमैं बास गराएर रात्रिको तेस्रो प्रहर दरिद्रालाई घरबाट धपाइन्छ । यस कामको लागि घरमुली आइमाई
(गृहस्थिन) नाङ्लोलाई उल्टो पारेर हँसियाले ठोकी ठटाएर– इशर रहस, दलिदर भागस... इशर रहस, दलिदर भागस... इशर रहस, दलिदर भागस... भन्दै र नाङ्लो ठटाउँदै घरको कुना काप्चा चहार्दै अन्त्यमा लगेर गोबरको मान (थुप्रो)मा हँसिया छिराएपछि दरिद्राको प्रभावबाट कल्याण हुन्छ भन्ने जनविश्वास रहेको पाइन्छ।
चौथो दिन गोवर्धन पूजा हुन्छ। घरको द्वारमा घर मुलीले, घरमा रहेका गाइगोरु, बेर्ही (भखारी), सिलौटो–जाँतो, आदिको प्रतीकको रूपमा गाईको गोबरले आकृति बनाउँछन्, सिन्दुर अक्षताले पूजा गर्छन्। त्यही दिन कुनै कुनै गाउँमा डाढ (भर्खर ब्याएको गाई वा भैंसीको बाच्छा–बाच्छी वा पाडापाडी सुँगुरको अगिल्तिर राखिदिएर गाई वा भैंसीले त्यसलाई शत्रु ठानेर मार्ने खेल) खेलाउँछन् । सुङगुरको पूजा गर्ने बेलामा भोजपुरीको लग्न सुरु हुन्छ–सगुनी से सगुनी सगुनी सऽऽरा ..हिने, .. सगुनिया भल पावल, लगनिया अगुताइल हे...। ताहि सगुनी चलेलन ब्रह्म बाबा... बिहसत पइसिने आवास.. सगुनिया भल पावल ..., लगनिया अगुताइल हो...। चौथो दिन बिहानै गोधन कुट्ने काम हुन्छ। गाउँभरि गोबरको आकृतिलाई उखेलेर एक ठाउँमा ल्याएर हलोले कुटिन्छ। नानाथरि गीत गाउँछन्, भाइलाइ, दाइलाइ सराप्छन्, जिभ्रोमा काँढा रोप्छन् र पुन: आशीर्वाद दिन्छन् । पाँचौं दिन बजडी ख्वाएर भाइ–टीका र यम पञ्चक समाप्त हुन्छ।
यसपालिको दीपावलीलाई स्वागत गर्दै हामी पनि माता लक्ष्मीको प्रार्थना गरौं–
त्वं ज्योतिस्तवं रविश्चन्द्रो विद्युदग्निश्च तारका:।
सर्वेषां ज्योतिषां ज्योतिर्दीपावल्यै नमो नम:।।