प्रस, वीरगंज, १३ कात्तिक/
वीरगंजको प्रसिद्ध पर्यटकियस्थल घडिअर्वा पोखरीमा छठ पुजा व्यवस्थित रूपमा सम्पन्न गर्न लाग्ने अनुमानित आय–व्यय आज सार्वजनिक गरिएको छ। छठ पुजा व्यवस्थापन समिति घडिअर्वाले आज पोखरी परिसरमै आयोजना गरेको पत्रकार सम्मेलनमा व्यवस्थित रूपमा पुजा सम्पन्न गर्न टेन्ट, विजुली बत्ति तथा फुल सजावटमा ६ लाख २१ हजार, भिडियोग्राफिमा १८ हजार, साउण्ड सर्भिसमा २५ हजार, सरसफाईमा १५ हजार, सुरक्षा खर्चमा ४० हजार, प्रचार प्रसारमा ३५ हजार, पुरस्कारमा ४ लाख, स्टेशनरिमा ५ हजार, अफिस सञ्चालनका लागि ५० हजार, चैत्य छठ पुजाका लागि २५ हजार गरी कुल १२ लाख १५ हजार खर्च लाग्ने जनाएको छ। यसै गरी समितिले पुजाका अवसरमा टिकट विक्रिबाट ९ लाख ६० हजार, दाताबाट २ लाख ४० हजार, दानपेटिकाबाट १२ हजार गरी १२ लाख १५ हजार आम्दानि हुने अनुमान पनि लिएको छ। पत्रकार सम्मेलनमा पुजा व्यवस्थापनका लागि गठन गरीएका विभिन्न उपसमितिहरूलाई दिईएको जिम्मेवारी पुजाको दिन पुरा गर्नका लागि उपसमिती तयारी अवस्थामा रहेको समितिका उपाध्यक्ष हिरालालप्रसाद कानुले बताए । पुजा अवधिभर पोखरी परिसरमा रहेको चारवटै गेटमा सिसि क्यामेरा जडान गरीने उपाध्क्ष कानुले बताए। पत्रकार सम्मेलनमा पर्साका प्रहरी उपरिक्षक उपरीक्षक रमेश खरेलले सुरक्षाको प्रबन्ध प्रहरीले गरिसकेको जानकारी दिदै सो दिन करिब २ सयको संंंख्यामा नेपाल प्रहरी मात्र खट्ने बताए । पत्रकार सम्मेलनमा सशस्त्र प्रहरीका नायव उपरिक्षक भरत बहादुर कार्की, पर्साका टूाफिक प्रहरी प्रमुख एकेन्द्र बहादुर खड्का, लगायत समितीका पदाधिकारीहरूको उपस्थिती थियो। यसैबीच प्रत्येक वर्षझै यसवर्षपनि घडीअर्वा पोखरी, परिसरको छठ घाटमा आज बिहान नेपाली सेनाका जवानहरूले सरसफाइ गरेको छ। वीरगंजस्थित श्री बरख गणका सेनानी सगुन
बस्नेतको नेतृत्वमा रहेको सेनाका जवानहरूले घडीअर्वा पोखरीमा सफाई गरेका थिए । उनिहरूले पोखरीको पानी समेतको सफाइ कार्य गरेको घडीअर्वा स्पोटर्स क्लबका अध्यक्ष सुशिल गुप्ताले बताए। सेनाका जवानहरूले कोदालो, कुचो र डस्टबिन बोकेर छठ घाटको सरसफाई गर्दा बिहान उल्लेख्य सङ्ख्यामा मानिसहरू सो दृश्य हेर्नका लागि जम्मा भएका थिए।