प्रस, बारा, १३ कात्तिक/
कलैया बास्केट बल क्लबको आयोजनामा बारा सदरमुकाम कलैयामा सञ्चालित नगरस्तरीय बास्केट बल प्रतियोगिताको उपाधि दबङग ट्राभल्स कलैया बास्केट बल क्लबले हासिल गरेको छ। शनिवार सम्पन्न फाइनल खेलमा दबङग ट्राभल्सले तरुण दल बारा सिद्घेश्वर बास्केट क्लबलाई ८ अङकको विरुद्ध १२ अङकले पराजित गरी विजयी भएको हो । दबङग ट्राभल्सका लागि म्यान अफ दि म्याच घोषित उमेश पटेलले ६, अशेष मैनालीले ४ र शिव जैसवारले ३ अङकको योगदान दिएका थिए। तरुण दल बाराका लागि प्रतीक उपाध्याय र विवेक तिवारीले ४–४ अङकको योगदान दिए। प्रतियोगितामा १६ अङकको योगदान दिएबापत तरुण दल बाराका सञ्जय कुमार गुप्ता म्यान अफ दि सिरीज घोषित भए। प्रतियोगितामा विजेता तथा उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि एवं बारा प्रहरी प्रमुख सुरेश विक्रम शाहले पुरस्कार वितरण गरेका थिए ।
उक्त अवसरमा अच्युत मैनाली, मुक्तिप्रसाद यादव, श्यामबाबूप्रसाद गुप्ता, लुकेश सिंह, फुल महम्मद मंसुर, बैजु दास, माधवप्रसाद साहलगायतले बास्केट बललाई लोकप्रिय बनाउन जोड दिएका थिए। कार्यक्रमको सञ्चालन अजयकुमारले गरेका थिए।